ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री कार्कीले खानेपानी मन्त्रालयको कार्यभार श्रममन्त्रीलाई दिइन्

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हाल्दै आएको खानेपानीमन्त्रीको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई दिएकी छिन्।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह...

कञ्चनपुरको कारागारमा कैदीबन्दीबीच झडप, ४ घाइते

४ मिनेट अघि   सेतोपाटी

कञ्चनपुरको कारागारमा कैदीबन्दीबीच झडप भएको छ। शुक्रबार दिउँसो कारागारमा कैदीहरू बीच झगडा हुँदा ४ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका एसपी खड्ग खत्रीले जानकारी दिए। 'उनीहरूको अवस्था सामान्य छ,' एसपी खत्रीले भने। उनका...

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२, जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। बिहिवार सरकारले उक्त अध्यादेश...

सरकार-जेनजी बीच भएको सम्झौताविरूद्ध रिटमा कारण देखाऊ आदेश

१६ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता विरूद्धको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। रिट निवेदक अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता सुदीप...

चुनाव लड्न पाए पनि सांसद र मन्त्रीका रूपमा काम गर्न पाउने छैनन् रवि लामिछानेले

२४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा आज धरौटीमा थुनामुक्त हुँदै छन्। थुनामुक्त भएसँगै उनलाई फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बाटो खुल्नेछ। प्रतिनिधिसभा निर्वाचन ऐनले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई चुनाव उठ्न रोक लगाएको छैन।...

ओलम्पिक कमिटीले १४ जना खेलाडीलाई दियो छात्रवृत्ति

२६ मिनेट अघि   सेतोपाटी

नेपाल ‌ओलम्पिक कमिटीले १४ जना खेलाडीलाई विभिन्न तीन प्रतियोगिताका लागि छात्रवृत्ति प्रदान गरेको छ।  सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने एलए ओलम्पिकका लागि ८ जनालाई छात्रवृत्ति दिइएको छ।  ओलम्पिक कमिटीका अनुसार यो छात्रवृत्ति पाउने खेलाडीले मासिक ११ सय २५...

राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण र टर्च हस्तान्तरण

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औँ किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च आज हस्तान्तरण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च...

भारत सरकारले बनाइदियो धनुषामा स्कूल

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित तुल्सीयाहीमा रहेको वैद्यनाथ देवनारायण जनता नमूना माविको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणा र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका...

अमेरिकालाई डिभी कार्यक्रम रोक्ने निर्णयमा पुर्‍याएको त्यो गोलीकाण्ड

२९ मिनेट अघि   सेतोपाटी

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति नियुक्त भएयता ३८९ वटा गोलीकाण्डका घटना भएका छन्। गन भायलेन्स अर्काइभका अनुसार अघिल्लो वर्षभरि अमेरिकामा  ५०० वटा गोलीकाण्डका घटना भएका थिए। विशेषगरी विद्यालय तथा कलेजहरूमा यस्ता घटना भएका छन्। त्यस्ता गोलीकाण्डमा विदेशीसँगै अमेरिकी नागरिकहरूको...

ओलम्पिक कमिटीले १४ जना खेलाडीलाई दियो छात्रवृत्ति

३१ मिनेट अघि   सेतोपाटी

नेपाल ‌ओलम्पिक कमिटीले १४ जना खेलाडीलाई विभिन्न तीन प्रतियोगिताका लागि छात्रवृत्ति प्रदान गरेको छ।  सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने एलए ओलम्पिकका लागि ८ जनालाई छात्रवृत्ति दिइएको छ।  ओलम्पिक कमिटीका अनुसार यो छात्रवृत्ति पाउने खेलाडीले मासिक ११ सय २५...

रिहा हुनसाथ रवि लामिछाने रास्वपाकाे मुल जिम्मेवारीमा फर्कने

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा भएलगत्तै जिम्मेवारीमा फर्किने भएका छन् । कार्यवाहक सभापति डिपी अर्यालले विज्ञप्ति जारी गर्दै रिहा हुनसाथ लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन्।  विज्ञप्तिमार्फत कावा सभापति अर्यालले लामिछानेमाथि लगाइएका झुटा...

सह-महामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छु : सुनिल शर्मा

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता डां.सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा आफू सहमहामन्त्री सशक्त दाबेदार रहेको बताएका छन्। शुक्रवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दावी गर्ने बताए। उनले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा...

राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो : मुख्यमन्त्री बानिया

४३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन्। शुक्रवार काठमाडौँमा आयोजित बागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री बानियाले विकास, निर्माणको कार्यलाई अघि बढाउने...

रास्वपा संघीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूची)

४८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय नेतृत्व मञ्चमा १७ जना नेताहरू मनोनीत भएका छन्। रास्वपाको शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा पहिलो चरणमा १७ जनालाई मनोनीत गर्ने निर्णय गरेको हो।  विवेकशील साझाबाट रास्वपामा गएका नेताहरूलाई संघीय नेतृत्व मञ्च सदस्य बनाउने सहमति...

शैक्षिक प्रमाणपत्र शुल्कबारे अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन

५० मिनेट अघि   थाहाखबर

काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयले शैक्षिक प्रमाणपत्र शुल्कबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। विकास केन्द्रले आज एक सूचना जारी गरी सामुदायिक विद्यालयहरूले विद्यार्थीसँग शैक्षिक प्रमाणपत्र लिँदा चर्को शुल्क असुल गरिरहेको गुनासो आएको भन्दै सबै शिक्षा...

जेनजी आन्दोलनमा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले दिन्छ : सञ्चारमन्त्री खरेल

५० मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।  शुक्रवार घाइते पत्रकारलाई नगदसहित सम्मान गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो घोषणा गरेका...

एमालेकाे दाेस्राे केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने

५४ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेकपा एमालेकाे दाेस्राे केन्द्रीय कमिटी बैठकले मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने भएकाे छ। दाेस्राे केन्द्रीय कमिटी बैठक पुस २६ देखि २८ गते बस्ने तय भएकाे छ।  ११औँ महाधिवेशनपछि शुक्रबार बसेको पहिलो बैठकले दाेस्राे बैठककाे मिति तय...

नेपालमा खुल्यो पहिलो आधिकारिक माइडिया प्रो शप

५६ मिनेट अघि   सेतोपाटी

माइडिया एसीको आधिकारिक वितरक एयर एक्सपर्ट्सले नेपालमा पहिलो आधिकारिक माइडिया प्रो शप सुरुवात गरेको छ। माइडिया प्रो शपको उद्घाटन प्रमुख अतिथि नेपाल क्रिकेट टिमका कप्तान रोहित पौडेलले गरे। ३ हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो नेपालकै सबैभन्दा ठूलो एसी अनुभव केन्द्र हो।...

एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइन- ओली

५८ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन्।  शुक्रवार ११ औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन्। अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, साँचो कम्युनिस्ट...

कानुनी र प्रशासनिक प्रक्रियापछि सभापति लामिछाने तत्काल पार्टी जिम्मेवारीमा फर्कनुहुन्छ: डिपी अर्याल

५९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने बताएका छन्। सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो। अदालती प्रक्रिया पूरा...

कुलमानले निर्माण व्यवसायीको मान-मर्दन गरे : अध्यक्ष सिंह

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरूको मानमर्दन गरेको आरोप लगाए छ।  बागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका छन्। उनले जेन–जी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय...

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ गतेदेखि सुरू हुने

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको अर्को केन्द्रीय कमिटी बैठक पुस २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा बस्ने भएको छ।  ११ औं महाधिवेशनपछि आज पहिलो पटक केन्द्रीय कमिटी बैठक बसेको थियो। यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को बैठकको मितिसमेत तय गरेका हुन्। उनले सम्बोधनकै क्रममा तीन...

नर्वेको विश्वविद्यालयमा जमेका नेपाली डाक्टर

१ घण्टा अघि   सेतोपाटी

नवलपरासीमा जन्मिएका दीपक सापकोटा नर्वेमा प्राध्यापक छन्। उनी युनिभर्सिटी अफ ओस्लोको फ्याकल्टी अफ डेन्टिस्ट्रीमा प्रोफेसर अफ ओरल प्याथोलोजी (दन्त स्वास्थ्य सम्बन्धी) हुन्। उनको करिब ५० प्रतिशत समय मेडिकल र डेन्टलका विद्यार्थी पढाउनमा बित्छ। बाँकी समय अनुसन्धान र सुपरिवेक्षणमा दिइरहेका छन्। 'अहिले म मुखको क्यान्सरबारे अनुसन्धान गरिरहेको छु। मुखको क्यान्सर...

फेसबुकको त्यो अनौठो नाम!

१ घण्टा अघि   सेतोपाटी

दिनहुँजसो बिहान निद्राबाट जाग्ने बित्तिकै फेसबुक खोल्ने बानी मेरो। त्यो दिन पनि त्यस्तै थियो। बिहान करिब सात बजेको थियो होला, फेसबुकको नोटिफिकेसनमा थियो- फ्रिडा टोल एसेप्ट योर फ्रेन्ड रिक्वेस्ट। अचम्म लाग्यो कस्तो नाम! कहिले पठाएँ रिक्वेस्ट मैले? किन एसेप्ट भयो?...