११औं महाधिवेशनसम्म आइपुग्दा एमालेले हिँडेको बाटो
एघारौं महाधिवेशनको मुखमा रहेको नेकपा एमालेको मूल जरा खोज्दै जाने हो भने १०४ वर्षीय निरंकुश राणा शासन बेला स्थापना भएको 'नेपाल कम्युनिस्ट पार्टी' (नेकपा) सम्म पुग्छ। हुन त सबै कम्युनिस्ट घटकले आफूलाई त्यही पार्टीसँग जोड्छन् र त्यसैको उत्तराधिकारी मान्छन्। तर नेकपाको मूल लिगेसी एमालेसँगै छ। नेकपाको स्थापना २००६ वैशाख १० गते भएको थियो। राणा शासनमा राजनीतिक दलहरू खोल्न त के; जनतालाई...
