चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य ४७ सेकेन्ड अघि थाहाखबर काठमाडौं : नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको खेलमा लुम्बिनी लायन्सले १४३ रनको लक्ष्य पाएको छ। टस हारेर ब्याटिङमा उत्रिएको चितवन राइनोजले ७ विकेट गुमाएर १४२ बनाएको थियो।
निर्माणाधीन संसद भवन समयमै सम्पन्न गर्न सभामुखको निर्देशन ४ मिनेट अघि थाहाखबर काठमाडौँ : सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। बिहीवार राष्ट्रियसभाअध्यक्षसहित निर्माणाधिन भवन निरीक्षणमा पुगेका सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन्। उनले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिए। उनले...
बोपराको अर्धशतकमा चितवनले लुम्बिनीविरूद्ध जोड्यो १४२ रन ५ मिनेट अघि सेतोपाटी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजले बिहीबार लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ ओभरमा १४२ रन बनायो। चितवनका लागि रवी बोपाराले अर्धशतक...
२४ घण्टाभित्र दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश ९ मिनेट अघि सेतोपाटी राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंसहित विपक्षीहरू उपस्थित हुन आदेश दिएको हो। ‘कारण देखाऊ आदेश र २४ घण्टाभित्र बन्दीसहित उपस्थित हुन भनिएको छ,’ सहरजिस्ट्रार...
फेरिँदै पैसा राख्ने ठाउँ! तपाईं कहाँ राख्नुहुन्छ? १२ मिनेट अघि सेतोपाटी तपाईं पैसा कहाँ राख्नुहुन्छ? यो प्रश्न किन पनि गर्नु परेको हो भने अहिले नेपालीहरूको पैसा राख्ने ठाउँ फेरिँदै गएको छ। पहिले कुरा गरौं, पैसा कहाँ-कहाँ राखिन्छ? सामान्यतया बजारमा रहेको पैसालाई दुई तरिकाले बुझ्न सकिन्छ। चलनचल्तीमा रहेको पैसा र अर्को निक्षेपको...
मंसिरभित्रै राष्ट्रियसभाको अधिवेशन आह्वान हुन्छ : अध्यक्ष दाहाल १४ मिनेट अघि थाहाखबर काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्ने बताएका छन्। बिहीवार निर्माणाधिन संसद भवनको निरिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताए। उनले आगामी अधिवेशन नयाँ संसद भवनबाट...
फिल्म निर्माता दिलिप पौडेलको निधन १६ मिनेट अघि सेतोपाटी 'ज्वाला', 'जीवन संघर्ष' जस्ता फिल्मका निर्माता दिलिप पौडेलको निधन भएको छ। उनको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राती ११ बजेर १६ मिनेटमा निधन भएको हो। उनले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना,...
चौधरी समूहले बुझायो २५ अर्ब कर, अर्थमन्त्री खनालले गरे चर्चा २१ मिनेट अघि सेतोपाटी चौधरी समूहअन्तर्गतका संस्थाले सरकारलाई गत आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब ५९ करोड रूपैयाँ कर बुझाएको छ। यो रकम सरकारले पाएको कुल राजस्वको २.३५ प्रतिशत हो। सरकाले सो वर्ष १० खर्ब १९ अर्ब राजस्व संकलन गरेको थियो। हालै काठमाडौंमा भएको...
लुम्बिनीविरुद्ध चितवनका बोपराको अर्धशतक २२ मिनेट अघि थाहाखबर काठमाडौं : चितवन राइनोजका अलराउण्डर रवी बोपराले लुम्बिनी लायन्सविरूद्ध अर्धशतक प्रहार गरेका छन्। काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा ४५ बलमा ५२ रन बनाएर खेलिरहेका छन्। यसअगाडि उनले कर्णाली याक्सविरुद्ध उनले अर्धशतक हानेका थिए। नेपाल क्रिकेट सङ्घको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आठ...
बञ्चरेडाँडावासी र सरकार सहमति नजिक, मन्त्रालयमा हुँदैछ हस्ताक्षरको तयारी २४ मिनेट अघि सेतोपाटी सरकारका र फोहोर व्यवस्थापनमा अवरोध गरिरहेका धादिङ धुनीबेसी र नुवाकोट सिसडोल क्षेत्रका स्थानीयवासीबीच सहरी विकास मन्त्रालयमा वार्ता जारी छ। उक्त वार्ता सहमति नजिक पुगेको स्थानीय विश्वास ढुंगानाले जानकारी दिए। ‘हामी सहमतिको नजिक छौं। सहमति मस्यौदा भएर सम्पादन भइरहेको छ। केही...
३७ जना नेपालीको थाइल्याण्डबाट उद्धार २५ मिनेट अघि सेतोपाटी थाइल्याण्डमा रहेका ३७ जना नेपालीको थाइल्याण्डबाट उद्धार भएको छ। अनलाइन स्क्यामका लागि म्यानमारमा फसेका नेपाली नागरिकहरूलाई सरकारले उद्धार गरेको हो। अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ, क्रिप्टो करेन्सी लगायतका काममा लगाइएका नेपालीहरूको उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। म्यानमारमा सुरक्षाकर्मीले...
पहिलो पटक बनेको हिमपात पूर्वतयारी प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा के छ? २८ मिनेट अघि सेतोपाटी सरकारले पहिलोपटक हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पारी कार्ययोजनामा ल्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्ययोजना तयार पारेको हो। यसअघि प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउने गरेको थियो। यसपटकदेखि हिमपात पूर्वतयारी र प्रतिकार्य...
प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ ३६ मिनेट अघि सेतोपाटी प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनीमाथि प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र...
अस्मिता अधिकारीको स्वरमा 'पहिलो हाँसो, पहिलो बोली' ४१ मिनेट अघि सेतोपाटी पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको गीत 'पहिलो हाँसो, पहिलो बोली' अस्मिता अधिकारीको स्वरमा सार्वजनिक भएको छ। 'अस्मिता अधिकारी भर्सन' भनिएको गीत 'जीबी चिरन' युट्युबबाट सार्वजनिक गरिएको हो। शब्दमा भीम पौडेल र भावन लिम्बु (योङहाङ)को नाम उल्लेख छ। संगीत विश्वास नेपाल र पुस्कर...
दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश ४२ मिनेट अघि थाहाखबर काठमाडौँ : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थिति गराउन आदेश दिएको छ। प्रसाईंका छोरा निराजनले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण माग्दै प्रसाईंलाई उपस्थिति गराउन आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ। प्रशासनले अनुमति नदिँदा पनि...
चक्रपथ र मुख्य राजमार्गमा ट्रली बस सञ्चालन गर्ने कुलमानको तयारी ५२ मिनेट अघि सेतोपाटी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन्। एडिबी नेपाल आवासीय नियोग...
प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन राष्ट्रपतिसँग जेनजीको माग ५३ मिनेट अघि थाहाखबर काठमाडौं : जेनजी युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन माग गरेका छन्। विभिन्न २३ वट जेनजी समूहले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। ‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीका न्यूनतम अपेक्षा पूरा गर्नुको साटो सबै अपेक्षालाई बेवास्ता...
वीरगञ्ज रक्सौल नाकामा संयुक्त सुरक्षा बिट राख्ने तयारी ५८ मिनेट अघि सेतोपाटी वीरगञ्ज रक्सौल नाकामा संयुक्त सुरक्षा बिट राख्ने तयारी थालिएको छ। त्यसका लागि बिट निर्माणको काम सुरू भएको छ। मिलेरी पुल नजिक वीरगञ्ज महानगरपालिका वडा नं १६ मा बिहीबार संयुक्त सीमा सुरक्षा बिटको शिलान्यास गरिएको हो। शौचालय सहितको दुई कोठे बिट निर्माण...
नमस्ते पेले सुरु गर्यो बस टिकटिङ सेवा १ घण्टा अघि सेतोपाटी डिजिटल भुक्तानी सेवा प्रदायकमध्ये एक नमस्ते पेले बस टिकटिङ सेवा औपचारिक रूपमा सुरु गरेको छ। यो सुविधा कात्तिक २४ गतेबाट एन्ड्रोइड र आइओएस दुवै संस्करणमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ। अब प्रयोगकर्ताले देशभरका विभिन्न मार्गमा चल्ने बस तथा हाइएसका...
भ्याइनभ्याइ हुन्छ अस्ट्रेलियाका 'फुल–टाइम' पण्डित प्रकाशलाई १ घण्टा अघि सेतोपाटी ग्लोबल नेपाली ललितपुरका प्रकाश ढोडारी सन् २००९ मा श्रीमती प्रतिमासँगै अस्ट्रेलिया गए। त्यसअघि उनी पण्डित काम गर्थे। पण्डित काम गर्नु उनको पारिवारिक पेसा जस्तै हो। प्रकाशले शास्त्री पढेका पनि हुन्। अस्ट्रेलिया जाने बेलासम्म उनलाई उता गएर के काम गर्ने होला भन्ने अन्योल थियो। किनभने, पण्डित...
सिमरा प्रदर्शन : जेनजी समूहलाई प्रशासनले वार्तामा बोलायो १ घण्टा अघि थाहाखबर काठमाडौँ : सिमरामा प्रदर्शनमा उत्रिएका जेन-जी युवाहरूलाई बारा प्रशासनले वार्तामा बोलाएको छ। जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। जेनजी समूहका जिल्ला संयोजक सम्राट उपाध्याले आफूहरूमाथि...
रक्षा बम भन्छिन्– धेरै विध्वंश देखिसक्यौं, अब संयम र धैर्य राखौं १ घण्टा अघि सेतोपाटी बाराको सिमरामा बुधबारदेखि जारी तनावपूर्ण स्थितिमाथि टिप्पणी गर्दै नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले धैर्य र संयमित रहन आग्रह गरेकी छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उक्त आग्रह गरेकी हुन्। 'हामीले धेरै विध्वंश देखिसक्यौं, नरसंहार भोगिसक्यौं। अब यो...
सिमरामा अश्रुग्यास र हवाई फायर १ घण्टा अघि सेतोपाटी बारामा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। बिहीबार दिउँसो प्रदर्शनको क्रममा एक ब्ल्यांक राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। उनका अनुसार एक राउन्ड अश्रुग्यास सेल पनि प्रहार भएको छ। अहिले स्थिति नियन्त्रणमा आउने क्रममा...
त्रिविले भन्यो- एनपिएलको पार्किङ्ग सम्बन्धमा कुनै संस्थासँग सम्झौता भएको छैन १ घण्टा अघि थाहाखबर काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले एनपिएलको पार्किङ सम्बन्धी कुनै पनि संघसंस्थासँग सम्झौता नगरेको जनाएको छ। त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले आज(बिहिबार) सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। त्रिविले पार्किङको लागि अनुमति पनि नदिएको जनाएको छ। पछिल्लो समय त्यहाँ...