ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

केन्द्रीय समितिमा बिपीलाई सम्झँदै यसो भने गगनले

५२ सेकेन्ड अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार केन्द्रीय समिति बैठकमा १५औं महाधिवेशनको प्रस्ताव पेस गर्दा बिपी कोइरालाको एउटा भनाइ स्मरण गरेका छन्। २०१५ सालमा प्रथम जननिर्वाचित सरकारको नेतृत्व गरिरहेका बेला बिपीले कांग्रेसको सातौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि भनेको कुरा महामन्त्री थापाले उद्धृत गरेका...

सुडानको एक अन्त्येष्टि समारोहमा ड्रोन आक्रमण‚ ४० जनाको मृत्यु

१५ मिनेट अघि   थाहाखबर

खार्तुम : सुडानमा एक अन्त्येष्टि समारोहमा ड्रोन आक्रमण  हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ। सेनाको नियन्त्रणमा रहेको अल–ओबेद शहर नजिकै भएको उक्त हमलामा सयौँ घाइते भएको बिबीसीले जनाएको छ। मानवअधिकारवादीहरूका अनुसार अल–लुवैब गाउँमा शोकसभाका लागि मानिसहरू पालमा जम्मा भइरहेका वेला...

पूर्वराष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको भेट

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन्। गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर उनीसँग भेटवार्ता गरेका गृहमन्त्रीको सचिवालयले जनाएको छ।   प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न...

काभा महिला यू-१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित

२२ मिनेट अघि   सेतोपाटी

श्रीलंकामा सुरु भएको काभा महिला यू-१९ च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ।  पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग ३-२ को सेटमा पराजय भोगेको हो। पहिलो सेटमा नेपाल २५-२२ ले विजयी भयो। तर दोस्रो सेटमा नेपाल २५ -१४ ले पराजित भयो। तेस्रो...

फिल्म 'परान' लाई सकारात्मक 'वर्ड अफ माउथ' को साथ, बढ्यो शो संख्या

२६ मिनेट अघि   सेतोपाटी

प्रदर्शनरत फिल्म 'परान' लाई सकारात्मक 'वर्ड अफ माउथ' को साथ मिलेको छ। जसका कारण फिल्मको शो संख्यामा वृद्धि भएको छ। कार्तिक १४ गते रिलिज हुँदा ६४ शो पाएको 'परान' ले बुधबार शो संख्या झन्डै दोब्बर पुर्‍याएको छ। खल्ती एपमा यो समाचार तयार पार्दासम्म...

राहदानी अभाव हुन नदिन वैकल्पिक योजनासहित अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

२८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छन्। मंगलबार प्रधानमन्त्री कार्कीले मन्त्रालय र विभागका अधिकारीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी लिएकी हुन्। प्रधानमन्त्री कार्कीले राहदानी अभाव हुने अवस्था आउन...

सरकारले निर्वाचन नै गराउन चाहेको छैन: विष्णु पौडेल

३५ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अन्तरिम सरकार निर्वाचन गराउने पक्षमा नभएको बताएका छन्। निर्वाचनको प्रमुख कार्यभार बोकेर गठन भएको सरकार निर्वाचनको तयारीमा लाग्नुभन्दा राजनीतिक दलहरूमाथि प्रतिशोध साध्ने कार्यमा केन्द्रित भएको भन्दै उनले उक्त कुरा बताएका हुन्।  उनले जेन जी आन्दोलनको...

फुटबल ए डिभिजन लिग गर्न नसकेको भन्दै नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा

३६ मिनेट अघि   सेतोपाटी

नेपाल जेनजी फ्रन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको राजीनामा माग गरेको छ। एन्फाले ए डिभिजन लिग गर्न नसकेको भन्दै मंगलबार नेपाल जेनजी फ्रन्टका सूचना सञ्चार समितिका यतिष ओझाले विज्ञप्ति जारी गर्दै नेतृत्वले राजीनामा दिनुपर्ने बताएका हुन्। ‘नेपाली फुटबललाई निरन्तर...

जेनजी आन्दोलन व्यवस्था र संविधानविरुद्धको षड्‌यन्त्र थियो : विष्णु पौडेल

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन व्यवस्था र संविधानविरुद्धको षड्‌यन्त्र भएको दावी गरेका छन्। मंगलवार रूपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले उक्त आन्दोलन लोकतान्त्रिक व्यवस्था र...

गृहमन्त्री अर्यालले भेटे पूर्वराष्ट्रपति रामवरण यादव

४२ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति रामवरण यादवसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षहरूसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले आज यादवसँग भेटवार्ता गरेका हुन्। गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति यादवको ललितपुरको बागडोलस्थित निवासमै पुगेर उनको...

यी हुन् सहिद घोषणा भएका ४५ जना, कसले कसरी गुमाए ज्यान?

५३ मिनेट अघि   सेतोपाटी

सरकारले सोमबार ४५ जनालाई सहिद घोषणा गरी नाम सार्वजनिक गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका छन्। यसरी ज्यान गुमाएको करिब दुई महिना हुँदा सरकारले ४५ जनालाई सहिद घोषणा गरेको हो। सहिद घोषणा...

२१ वर्षे जवानीमा रेडियो चोरेका लालबहादुर ६८ वर्षे वृद्धावस्थामा जेल परेपछि...

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : विसं २०३५ सालताका रेडियोको महत्व धेरै ठूलो थियो। केहीका घरमा रेडियो बज्थे। रेडियो नभएकाहरू रेडियो भएकाका घरमा समाचार सुन्न जान्थे। जसको घरमा रेडियो हुन्थ्यो त्यो घरको शान नै बेग्लै। रेडियो भएका घरका व्यक्ति भद्रभलाद्‍मी गनिन्थे। त्यसैगरी रेडियो बजाउने शोख...

नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ

५६ मिनेट अघि   सेतोपाटी

प्रहरीले नक्कली बीमा दाबी गर्ने छ जनालाई पक्राउ गरेको छ।  सोमबार ललितपुर गोदावरी नगरपालिका- १४ का ३६ वर्षीय सुनिल महर्जन, ३३  विकेश कुँवर, काठमाडौं महानगरपालिका- १२ का ५१ बिनोद डंगोल, सर्लाही इश्वरपुर नगरपालिका- ३ का ३९ सुनिल सापकोटा, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-...

बहुविवाह मुद्दामा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

१ घण्टा अघि   सेतोपाटी

बहुविवाह मुद्दामा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए। फैसला कार्यान्वयन लागि उनलाई केही समय अघि पक्राउ गरेको हो।  उनीविरूद्ध बहुविवाह सम्बन्धी मुद्दामा १ वर्ष जेल...

सेन्सर बोर्डले 'जेरी अन टप' लाई सोध्यो स्पष्टीकरण, कारण के?

१ घण्टा अघि   सेतोपाटी

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन नियम उल्लंघन गरेको भन्दै फिल्म 'जेरी अन टप' लाई स्पष्टीकरण सोधेको छ भने अर्को फिल्म 'कोशेढुंगा' को सार्वजनिक प्रदर्शन रोक्ने निर्णय गरेको छ। समितिका अनुसार, फिल्म 'जेरी अन टप' विरूद्ध केही गुनासो आएपछि अनुगमन गर्दा...

कार्यवाहक सभापतिले रोकेर भने- सिटौलाजी, शब्द फिर्ता लिनुस्

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापाबीच नोकझोक भएको छ। सामाजिक सञ्जालमा केही समयदेखि आफूविरूद्ध गाली आएको र त्यसमा महामन्त्री थापाको सचिवालयको भूमिका रहेको कुरा नेता सिटौलाले राखेका थिए। हामीले आजको केन्द्रीय...

पुराना अनुहारलाई अब जनताले पत्याउँदैनन् : काँग्रेस नेता चालिसे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसको नेतृत्व नसुध्रिएर पुरानै अनुहारलाई अब जनताले नपत्याउने नेता देवराज चालिसेले स्पष्ट पारेका छन्। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर उनले केन्द्रीय समितिमा रहेका फोहर नहटाए जनतासामु जान नसकिने स्पष्ट पारेका हुन्। पार्टी सुध्रिएर जान सके मात्रै...

गजामा संयुक्त राष्ट्र संघले दुई वर्षका लागि अन्तर्राष्ट्रिय सुरक्षा फौज खटाउनुपर्ने अमेरिकी प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

गजामा शान्ति स्थापना गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले दुई वर्षका लागि अन्तर्राष्ट्रिय सुरक्षा फौज खटाउनुपर्ने अमेरिकाले प्रस्ताव गरेको छ। सुरक्षा परिषदका धेरै सदस्यहरूलाई अमेरिकाले सोमबार पठाएको एउटा मस्यौदाले कम्तीमा दुई वर्ष खटिने गरी लागि अन्तर्राष्ट्रिय सेना स्थापना गर्ने प्रस्ताव...

माओवादी केन्द्रले गर्‍यो पार्टी एकता प्रस्ताव अनुमोदन, एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादी सहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ।  मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार एकतापछि पार्टीको...

जनार्दनलाई प्रचण्डको अनुरोध : निर्णयमा पुनर्विचार गर्नुस्, पार्टीमा फर्कनुस्

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताएका छन्। कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी...

जेनजीको माग कांग्रेसले पूरा गर्ने हो भने मलाई सभापति बनाउनुहोस्: कुन्दनराज काफ्ले

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जेनजी पुस्ताको आन्दोलनको भावना कांग्रेसले सम्बोधन गर्ने हो भने आफूलाई सभापति बनाउन आग्रह गरेका छन्।  आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै काफ्लेले २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा आफू...

पाँच कुने तारा कुनै पनि दललाई चुनाव चिह्न नदिन जसपाले गर्‍यो निर्वाचन आयोगको ध्यानाकर्षण

२ घण्टा अघि   सेतोपाटी

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफ्नो दलको झण्डामा भएको पाँच कुने तारा अन्य राजनीतिक दललाई चुनाव चिह्नका रूपमा प्रयोग गर्ने अनुमति नदिन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले विज्ञप्ति जारी गर्दै पाँच कुने तारालाई अन्य...

'कुनै घुम्तीमा भेटौंला' भन्दै छुट्टिएका प्रचण्ड-प्रभाकर जीवनको कुन घुम्तीमा भेटिएका थिए?

२ घण्टा अघि   सेतोपाटी

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता जनार्दन शर्मा 'प्रभाकर' ले ४२ वर्षभन्दा लामो राजनीतिक सहकार्यमा पूर्णविराम लगाएका छन्। प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित आठ वाम घटक मिलाएर एकीकृत पार्टीको संयोजक बन्दै छन्। यो एकता अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बसिरहेको छ। त्यसपछि प्रचण्डसँग माओवाद र गोलाकारभित्रको हँसिया हथौडा अंकित चुनाव चिह्न...

पूर्वसांसद योगेन्द्र मण्डल अलग्गै पार्टी खोल्दै

२ घण्टा अघि   सेतोपाटी

विघटित प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले पनि राजनीतिक दल दर्ता गर्ने भएका छन्।  निर्वाचन आयोगमा दल दर्ताको तयारी चलिरहेको र सम्भवतः बुधबार आयोग जाने तयारी गरिएको मण्डलले जानकारी दिए।  ‘राष्ट्रिय ऊर्जाशील पार्टी दर्ताको तयारी चलिरहेको छ, सम्भवतः भोलि निर्वाचन आयोग...