ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जापानमा किन चाहिन्छ नेपाल हाउस?

५ मिनेट अघि   सेतोपाटी

ग्लोबल नेपाली जापानमा बस्ने नेपालीका लागि नेपाल हाउस धार्मिक, सामाजिक र सांस्कृतिक आवश्यकता हो। हिजोका दिनमा जापानमा  सानो संख्यामा नेपाली रहँदा यसको जरूरी थिएन। अहिले नेपालीको संख्या बढेर साढे २ लाख पुगिसकेको छ। अहिले जापानमै नयाँ पुस्ता हुर्किँदै गर्दा उनीहरूलाई नेपाल चिनाउनका...

कमलपोखरीमा यसरी हुँदै छ छठको तयारी

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँका विभिन्न स्थानमा आसन्न छठ पर्वको तयारी भइरहेको छ। कमलपोखरीमा समेत छठ घाट बनाउने काम धमाधम चलिरहेको छ। खासगरी तराईमा मनाइने छठ पर्व अहिले काठमाडौँ उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ। यो पर्वमा नदी, तालतलैया र पोखरीको...

उफ्! दाउन्नेको सडक भन्नेहरूलाई 'मिस्टिक ट्रयांगल'

४२ मिनेट अघि   सेतोपाटी

पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेहरू जो कोहीले पनि दाउन्ने खण्डको सडकको जाम सम्झिएर लामो सास फेर्ने दिन अब बिस्तारै हराउने भएको छ। उक्त सडक खण्ड स्तरोन्नति गरी तीन लेनको सडक निर्माण अन्तिम चरणमा पुगिरहेको छ। उक्त सडक खण्डमा जब सरर गाडीहरू जाम नलागी कुद्न...

कम्युनिस्टहरूबीचकाे एकताकबारे विप्लवले अघि सारे ५ बुँदे धारणा

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्टहरूबीचको एकताबारे पाँचबुँदे धारणा सार्वजनिक गरेका छन्। कम्युनिष्ट एकताकाे आवश्यकता झनै बढेकाे बताउँदै उनले यसबारे आफ्नाे पार्टीकाे धारणा सार्वजनिक गरेका हुन्।  समाजवादी मोर्चामा आबद्ध दलहरूबीच पार्टी एकताको चर्चा चलिराखेका बेला महासचिव विप्लवले आफ्नो पार्टीको ५ बुँदे धारणा...

मधेशमा छठघाट निर्माण तीव्र

१ घण्टा अघि   थाहाखबर

गौर : सूर्य देवताको आराधना र पारिवारिक सुख समृद्धिको कामना गर्दै चार दिनसम्म मनाइने छठ पर्व आजबाट शुरु भएको छ। रौतहटसहित मधेशका जिल्लामा भव्य तयारी भइरहेको हो। नदी, पोखरी र जलाशयमा छठघाट निर्माण तथा सजावटको काम अहिले अन्तिम चरणमा पुगेको छ। स्थानीय समितिहरूका अनुसार...

मन्त्री घिसिङले गरे निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम नसके जरिबाना तिराउने चेतावनी

१ घण्टा अघि   सेतोपाटी

सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद भवन निरीक्षण गरेका छन्।  शनिबार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन्। आगामी निर्वाचन फागुन २१ मा हुँदैछ। फागुन २१ मा निर्वाचन भई प्रतिनिधि सभा सदस्यहरूले नयाँ संसद भवनबाट कार्य सञ्चालन...

यात्रा कर्णालीको, सम्झनामा डिड्या र मनपुरा

१ घण्टा अघि   सेतोपाटी

गाविसमा पत्राचार भइसकेको रहेछ। कार्यक्रम गर्ने मिति र स्थान पनि तय भइसकेको सामाजिक परिचालक धनराज शाहीले फोनबाटै जानकारी गराए। कार्यक्रममा उपस्थितिका लागि धनराज भाइले आतिथ्यतापूर्ण अनुरोध गरे। घुम्ने साइत नजुरेर हो कि मुगुका लागि म नयाँ भएर हो कुन्नि!  गमगढीभन्दा...

त्रिपाल टाँगेर एमालेले सुरू गर्‍यो केन्द्रीय कार्यालय सञ्चालन

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन सुरू गरेको छ। शनिबारदेखि त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन गर्न थालिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार चमेना गृहको अगाडिपट्टिको भागमा अहिले त्रिपाल टाँगिएको छ। त्यहीँबाट केन्द्रीय कार्यालयको नियमित काम...

गौशालाको माछा बजारमा युवकको शव फेला

२ घण्टा अघि   सेतोपाटी

गौशाला बजारमा एक पुरूषको शव बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीय माछा बजारमा आज बिहान एक २५ वर्षीय युवकको शव फेला परेको हो। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल...

सम्पत्ति शुद्धीकरण मामिलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ। शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका प्रयास जारी राखेपनि अझै...

यलुङ बेस क्याम्प पुग्ने सपना

२ घण्टा अघि   सेतोपाटी

धेरै पटक सुनेको थिएँ— 'यलुङ बेस क्याम्प।' तर त्यो नाम सुन्नासाथ मनमा डर र जिज्ञासा दुबै जाग्थे। बेस क्याम्प भन्नेबित्तिकै लाग्थ्यो, धेरै उचाइमा होला, हिउँले ढाकिएको कठोर भू–भाग होला, र त्यहाँ त विदेशी पर्यटक मात्र पुग्ने ठाउँ हो। तर, त्यो...

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

२ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि सञ्चारकर्मीसँग उनले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पारे। 'राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ। संवादमा आउनुपर्यो। संवाद गर्न...

प्रिन्सिपललाई पत्र

२ घण्टा अघि   सेतोपाटी

प्रिय प्रिन्सिपलज्यू, यो पत्र प्राप्त गर्दाका बखत आराम हुनुहुन्छ भन्ने आशा एवं कामना गर्दछौं। जापानको दुई वर्षको अविष्मरणीय बसाइँ सकेर नेपाल फर्कँदैछौं। सम्झनाका अनगिन्ती कोसेली बोकेर जाँदैछौं। यादहरूका चाङ छन्। किताब र कथामा पढेका सुनेका कुराहरू आफ्नै आँखाले देख्दाका क्षणहरू साथै लाँदैछौं।...

‘बेइमान विज्ञापन’ प्रकरणपछि ट्रम्पद्वारा क्यानाडा भेट अस्वीकार

२ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्नु अघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई भेट्ने कुनै योजना नभएको स्पष्ट पारेका छन्। पत्रकारहरूले “के तपाईं एसियामा प्रधानमन्त्री कार्नीसँग वार्ता गर्नुहुन्छ ?” भनेर सोध्दा राष्ट्रपति ट्रम्पले उत्तर दिए, “होइन, मेरो...

नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आइइइइ नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा गर्ने भएको छ। आयोजक संस्था आइइइइ नेपाल सेक्सनले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिस्पर्धा आइइइइ एक्स्ट्रिम १९.० को आयोजना गर्न लागेको जानकारी दिएको...

एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

३ घण्टा अघि   थाहाखबर

मुस्ताङ : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा...

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

३ घण्टा अघि   सेतोपाटी

गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितुको उपचार क्रममा शुक्रबार निधन भएको थियो।  नितुको पार्थिव शरिरमा सांगीतिक क्षेत्रका कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए।  नितुले गत शनिबार दिउँसो...

गौरीघाटमा छठ पर्वको तयारी शुरु

३ घण्टा अघि   थाहाखबर

काठमाडाैं : काठमाडौंको गौरीघाटमा मैथिली समुदायले मनाउनले छठ पर्वको तयारी शुरु भएको छ। छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई तथा सजावटको कार्य शुरु भएको छ। बागमती नदीमा रहेका पोलहरुमा प्रकाशको लागि लाइट जडान, सजावट लगायतका कार्य थालिएको हो। विशेष गरी...

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै ब्रम्हस्थान

४ घण्टा अघि   थाहाखबर

नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ। ​ब्रम्हस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो। ...

बिहारमा ७४ वर्षका नितिश कुमारलाई टक्कर दिँदै छन् ३५ वर्षका तेजस्वी यादव

४ घण्टा अघि   सेतोपाटी

सीमावर्ति भारतीय राज्य बिहारमा अबको १० दिनपछि विधानसभा निर्वाचन हुँदैछ। २४३ सदस्यीय बिहार विधानसभा निर्वाचन दुई चरणमा हुनेछ। पहिलो चरणको मतदान नोभेम्बर ६ (कात्तिक २० गते) मा र दोस्रो चरणको मतदान नोभेम्बर ११ (कात्तिक २५) मा हुनेछ। मतगणना नोभेम्बर १४...

छठ पर्वले बजारमा केराको माग बढ्यो, मूल्य बढ्याे

४ घण्टा अघि   थाहाखबर

धनुषा : छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ। बजारमा केराको कारोबार बढेको छ। छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्। छठ पर्वमा भगवान् सूर्यलाई अघ्र्य...

छठ मनाउन काठमाडौं महानगरले तोक्यो ८ स्थान

४ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ।  काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्। उनकाअनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र...

नदी किनारमा महिलाको शव फेला

४ घण्टा अघि   सेतोपाटी

सल्यानमा नदी किनारमा एक महिलाको शव फेला परेको छ।  शारदा नगरपालिका–१२ को गाइनेटास्थित शारदा नदी किनारमा शनिबार एक जना महिलाको शव फेला परेको हो।  जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

मनसुनी वर्षा बाहिरिएसँगै नेपाल भित्रिए बसाइँसराइ गर्ने चराहरू (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाकाे सिरेटो सुरू भएको छ। यो चिसो माैसमसँगै आएका छन् बसाइँ सर्ने चराहरू। बसाइँसराइ गरी बर्सेनि १०० भन्दा बढी प्रजातिका चराहरू नेपाल आउने गर्छन्। त्यसमा पनि धेरैजसो पानी चरा र हाँसहरू हुन्छन्। चिल, बाज, फिस्टे, गिद्ध जस्ता अरू चराहरू पनि उपयुक्त मौसमको खोजीमा...