विधेयक सम्बन्धी प्रतिवेदनमा पहिलो पटक सांसदहरूलाई पनि गराइयो हस्ताक्षर
प्रतिनिधि सभाको अर्थ समितिले विधेयकको प्रतिवेदनमा सांसदहरूले पनि हस्ताक्षर गर्ने प्रचलन सुरू गरेको छ। समितिले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न विधेयकमा समितिका सांसदहरूलाई हस्ताक्षर गराएको हो। यसअघि समितिको प्रतिवेदनमा सभापति र समिति सचिवले मात्र हस्ताक्षर गर्ने प्रचलन रहेको थियो। ...