ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ : परराष्ट्रसचिव

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पेनको सेभियामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागिता र त्यसक्रममा भएका उच्चस्तरीय भेटघाटले स्पेनसहितका राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको स्पष्ट परेको छ। प्रधानमन्त्री ओली  स्वदेश फर्किएपछि...

बिपी राजमार्गको काभ्रे खण्डमा राति यातायात सञ्चालनमा रोक

१ घण्टा अघि   थाहाखबर

काभ्रेपलाञ्चोक : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतवारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६:३० देखि बिहान ५:०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो।...

ज्वरो आएर वीरमा भर्ना भएका स्वास्थ्यमन्त्री पौडेल एक सातापछि डिस्चार्ज

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्किएका अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माले जानकारी दिए। अस्पतालका निर्देशक प्राडा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो। ...

सर्वोच्चको फैसलामा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको टिप्पणी

१ घण्टा अघि   सेतोपाटी

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाबारे अहिले विभिन्न टीका–टिप्पणी भइरहेका छन्। असार १८ गते, मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोज कुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले ५२ पदाधिकारीको नियुक्ति प्रक्रिया ठीक रहेको...

अदालतको आदेशविरुद्ध आन्दोलनमा नेपाल चिकित्सक संघ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपभोक्ता अदालतले विभिन्न अस्पताल र चिकित्सकमाथि गरेको आदेशविरुद्ध नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ। संघले आज विभिन्न सरोकारवाला संघ संस्थासँगको छलफलपछि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। आन्दोलनको तालिकाअनुसार पर्सि २२ गते आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा...

एनआइसी एसिया बैंक र एनसिएचएलबीच अलीपे प्लस अन्तर्देशीय भुक्तानी सम्झौता

२ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बीच विश्वका विभिन्न देशहरूबाट नेपालमा आएका अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ। यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे प्लसमा जोडिएका...

जब उनले भाडामा दिएको आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाइन्

२ घण्टा अघि   सेतोपाटी

जसलाई आफ्नो जग्गा भाडामा उपयोग गर्न दिएको हो, उसैले जालसाजी गरेर अर्कैलाई बेचिदियो भने ती जग्गाधनीको हालत के होला? घोराही उपमहानगरपालिका– १४, सरस्वती टोलकी ६६ वर्षीया एकल महिला मुलजिता रोका अहिले यही समस्याबाट गुज्रिँदै छिन्। उनी न्याय पाऊँ भन्दै जिल्ला प्रहरी कार्यालयदेखि...

१५ दिनपछि भेरी नदीमा भेटियो भौतिक पूर्वाधार मन्त्रालय सुर्खेतका सवारी चालकको शव

२ घण्टा अघि   सेतोपाटी

भेरी नदीको किनारामा भेटिएको पुरूषको शव भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतका सवारी चालक हिम बहादुर विष्ट भएको प्रहरी अनुसन्धानमा खुलेको छ।  शुक्रबार पौने ४ बजे अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको टोलीले बराहताल गाउँपालिका-४ साजघाट रिङाउस्थित नदीको किनारामा एक पुरूषको शव फेला परेको थियो।  उक्त...

संकटले थिचिएपछि ‘पार्टी एकता आवश्यक’ ठान्दै माधव नेपाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : झन्डै चार वर्षअघि नेकपा एमालेबाट विद्रोह गरेर नयाँ यात्रा सुरु गरेका माधव नेपाल एकपछि अर्को संकटले थिचिएपछि गल्दै गएका छन्। जीवनको उत्तरार्धमा नेकपा एकीकृत समाजवादीमार्फत फरक बाटो हिँडेका उनी यात्रा क्रमशः कठिन हुँदै गएपछि ‘पार्टी एकता’को पक्षमा उभिएका छन्।  पूर्वप्रधानमन्त्रीसमेत...

सिटिजन्स बैंकले गर्‍यो हुम्लास्थित सर्केगाड गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

२ घण्टा अघि   सेतोपाटी

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत हुम्ला जिल्ला सर्केगाड गाँउपालिका वडा नं ३ उनापानीमा भएको आगलागीमा परेका ८ वटा घर पीडितहरूलाई आवश्यक राहत स्वरुप खाद्यान्न सामग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ। घर जलेर घरबारबिहीन भएका परिवारहरूलाई...

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता : राष्ट्रपति पौडेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन्। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता...

हतियार आपूर्ति रोकेकोबारे जेलेन्स्कीले ट्रम्पसँग कुरा गर्ने

२ घण्टा अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले हतियारको आपूर्ति रोकेकोबारे अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग कुरा गर्ने बताएका छन्। ट्रम्पले जेलेन्स्कीसँग केही दिनभित्र कुरा गर्ने अपेक्षा गरिएको छ। जो बाइडेन सरकारले दिने निर्णय गरेको सटिक निशाना लाग्ने प्याट्रियट एअर-डिफेन्स सिस्टम अन्तर्गतका रक्षात्मक मिसाइल...

गोविन्द भट्टराईले कांग्रेस केन्द्रीय समितिमा भने- राजनीतिमा पनि कुलिङ पिरियड राखौं

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले राजनीतिमा पनि कुलिङ पिरियड राख्नुपर्ने बताएका छन्। शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले निजामती कर्मचारीमा मात्र नभई राजनीतिमा पनि कुलिङ पिरियड राख्नुपर्ने बताएका हुन्। नेपालीले नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ नागरिकता...

भू-स्वर्ग 'उपल्लो डोल्पा'को यात्रा!

२ घण्टा अघि   सेतोपाटी

प्रकृतिको समीपमा मानिसले धेरै नबिगारिसकेको प्राकृतिक अवस्थितिमा पदयात्रा गर्न पाउनु मेरो लागि सबैभन्दा सन्तुष्टिको क्षण हो। कर्णालीमै जन्मे हुर्केको भए पनि म यहाँका धेरै प्राकृतिक छटाहरूमा पुग्न अझैँ बाँकी छ। अवस्था अनुकूल म प्रायः छोटो छोटो पदयात्रा गरिरहन्छु, ती मध्ये...

एमालेभित्रको राजनीतिक चलखेलले नेपालमा फेरि कम्युनिष्ट एकता हुन सक्छ: गोविन्दराज पोखरेल

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले नेकपा (एमाले) भित्र देखिएको राजनीतिक चलखेलले नेपालमा फेरि कम्युनिष्ट एकता हुन सक्ने बताएका छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य पोखरेलले भने, ‘नेपालमा अचम्म तरिकाले कम्युनिष्ट पार्टीहरू बलियो हुँदै गए विगतमा। अहिले नेकपा (एमाले)...

निको विलियम्सले एथ्लेटिक बिल्बाओसँग गरे नयाँ सम्झौता

२ घण्टा अघि   सेतोपाटी

स्पेनका विंगर निको विलियम्सले एथ्लेटिक बिल्बाओसँग १० वर्षे नयाँ सम्झौता हस्ताक्षर गरेका छन्। २२ वर्षीय विलियम्स यसअघि अर्को स्पेनिस क्लब बार्सिलोना जाने चर्चा चलो थियो। जर्मन क्लब बायर्न म्युनिख पनि उनलाई भित्र्याउन इच्छुक थियो।  उनको बिल्बाओसँगको सम्झौता सन् २०२७ मा...

स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा गएका थिए। प्रधानमन्त्री ओली शुक्रबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन्। विमानस्थलमा प्रधानमन्त्री ओलीले पत्रकारहरूसँग कुराकानी गरेनन्। प्रधानमन्त्री ओलीको...

बिपी राजमार्गमा थप एक महिना राति यात्रुबाहक गाडी चलाउन रोक

३ घण्टा अघि   सेतोपाटी

बीपी राजमार्गमा थप एक महिना राति यात्रुबाहक सवारी साधन चलाउन रोक लगाइएको छ।   बिपी राजमार्गको काभ्रेभञ्जाङ-भकुण्डे हुँदै सिन्धुली जाने यात्रुबाहक सवारी साधनलाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म चल्न रोक लगाइएको हो।  बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै असार २२ गतेदेखि थप एक महिनाका...

प्रधानमन्त्री ओली स्पेनमा भएको राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिइ स्वदेश फिर्ता

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग  लिई आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी...

राजनीति र माफिया गठबन्धनको नतिजा, हेर्नुहोस् युट्युबमा

३ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा दक्षिण भारतीय फिल्म हेर्नुहुन्छ भने मोहनलाललाई नचिन्ने कमै हुनुहुन्छ। अजय देवगनको 'दृश्यम' हेर्नुभएको छ भने थाहा पाइराख्नुहोस्, यो मोहनलालकै मलयालम भाषामा बनेको 'दृश्यम' को रिमेक हो। त्यस्तै बलिउड फिल्म 'कम्पनी' मा पुलिस कमिसनरको भूमिकामा प्रभावशाली छाप छोड्न...

हकप्रदमा गरिन लागिएको नयाँ व्यवस्थाले हुन्छ कसलाई लाभ?

३ घण्टा अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्डमा धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्ने विषयमा पछिल्लो समय छलफल भइरहेको छ। छलफलको क्रममा हकप्रदमा नयाँ व्यवस्था हुनुपर्ने विषयले समेत प्राथमिकता पाएको छ। विशेषगरी अहिलेको नियमावली अनुसार हकप्रद सेयर निष्कासन खुला भएपछि सबै सेयर बिक्री नभएमा...

आज राति यी ठाउँमा भारी वर्षाकाे सम्भावना

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राति विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम...

महाधिवेशन प्रतिवेदनका विषयमा असारभित्रै सुझाव पठाउन एमालेको निर्देशन

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनका सम्बन्धका आवश्यक सुझावसहितको प्रतिवेदन पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवशेनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनका सम्बन्धमा लिखित सुझावसहितको प्रतिवेदन पठाउन...

सरकारको नाम रकम वितरण केन्द्र राख्नुहोस् : सांसद प्रभात तामाङ

३ घण्टा अघि   थाहाखबर

हेटौँडा : बागमती प्रदेश सरकारको नाम रकम वितरण केन्द्र राख्न कांग्रेस सांसद प्रभात तामाङले सुझाएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा बोल्दै उनले प्रभावकारी बजेट बनाउन नसकिने प्रदेश सरकार नभएको भन्दै सरकारको नाम...