ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राप्रपाले गर्‍यो बागमती प्रदेशसभाको बैठक बहिष्कार

४ मिनेट अघि   थाहाखबर

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशसभाको बैठक बहिष्कार गरेको छ।  बिहीवार बसेको प्रदेशसभाको बैठक राप्रपाका सांसदहरुले बहिष्कार गरेका हुन्। प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणमा त्रुटि भएको भन्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले त्रुटि...

जलमग्न वनस्थली खरिबोट (तस्बिरहरू)

४ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका खरिबोट, वनस्थली जलमग्न भएको छ। सडक जलमग्न भएसँगै यात्रा गर्ने सर्वसाधारण र स्थानीयले सास्ती भोग्नु परेको छ। ढल व्यवस्थापनको काम राम्रोसँग नहुँदा र पानीको निकास रोकिँदा सो सडक जलमग्न भएको हो। तस्बिरहरू: ...

अवहेलना मुद्दामा जवाफ दिन मेडिकल काउन्सिल महासचिवलाई उच्च अदालतको आदेश

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उच्च अदालत पाटनले नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. सञ्जीव तिवारीलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ। न्यायाधीशहरू श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले अवहेलनाजन्य क्रियाकलाप गरेकोमा उजुरी परेको भन्दै अवहेलना नगरेको भए लिखित...

प्रधानमन्त्री ओलीले गरे स्पेनस्थित नेपाली दूतावासको अवलोकन

२५ मिनेट अघि   थाहाखबर

स्पेन : प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गरेका छन्। प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे अवगत गराएका थिए। स्पेनमा हाल करिब १५ हजार नेपाली विभिन्न पेसा व्यवसायमा कार्यरत छन्।...

आफूलाई हानि हुने शंकामा चीनले गर्‍यो अमेरिका-भियतनाम व्यापार सम्झौताको विरोध

२७ मिनेट अघि   सेतोपाटी

चीनले अमेरिका र भियतनामले बुधबार गरेको व्यापार सम्झौताको विरोध गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू देशसँगको व्यापार सम्झौतालाई चीनविरूद्ध हतियारको रूपमा प्रयोग गर्ने भनेर चीन पहिल्यैदेखि चिन्तित छ। मे महिनामा अमेरिका र बेलायतले गरेको सम्झौतामा स्टिल र औषधिहरूका लागि...

गरिमा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध

३८ मिनेट अघि   सेतोपाटी

गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसिएचएलबीच एनपिएस–एनसिएस तथा डमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र...

यस्तो छ बलिउड फिल्म 'रामायण' को पहिलो झलक (भिडिओ)

४१ मिनेट अघि   सेतोपाटी

बलिउड फिल्म 'रामायण' को पहिलो झलक युट्युबमा सार्वजनिक भएको छ।  रणवीर कपूरको मुख्य अभिनय रहेको फिल्मको टिमले बिहीबार एक भिडिओ ल्याउँदै कलाकारहरूको भूमिकाबारे जानकारी दिएको हो।  सार्वजनिक भिडिओमा भिएफएक्सको प्रयोग ज्यादा छ। भिएफएक्समार्फत पात्रहरूको लुक्स देखाउँदै भूमिकाबारे जानकारी दिइएको छ।  यो फिल्ममा रणवीर...

पत्रकार दिलभूषणसँग अदालतले माग्यो २५ हजार धरौटी

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकसँग २५ हजार धरौटी माग गरेको छ। साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन्। न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो। बहसपछि इजलासले...

'स्याहार श्रमिक सम्बन्धी छुट्टै कानुन चाहिन्छ'

५३ मिनेट अघि   सेतोपाटी

सरोकारवालाहरूले स्याहार तथा घरेलु श्रमिक सम्बन्धी छुट्टै कानुन बनाउन जोड दिएका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा देशभित्रै काम गर्ने र वैदेशिक रोजगारीमा जाने स्याहार श्रमिकका लागि छुट्टै कानुन बनाउनुपर्ने विषय उठेको हो। कानुनविद् निलाम्बर बडालले श्रम, रोजगार सम्बन्धी नीति तथा...

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सहरी विकास मन्त्रालयले काठमाडौँको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने बताएको हो।  अविरल वर्षाका बेला चोभार गल्छी...

स्मार्ट च्वाईस टेक्नोलोजिज र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

१ घण्टा अघि   सेतोपाटी

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससिटी–युपिआई कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ। गत असार १२ गते सांग्रिला डेभलपमेन्ट बैंकको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सांग्रिला डेभलपमेन्ट बैंकका...

'सेवा–सुविधा राम्रो छ, केही वर्ष यतै बस्छु'

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली नवलपरासीका शमशुल अन्सारी युएई (युनाइटेड अरब इमिरेट्स) को 'हाइअर कलेज अफ टेक्नोलोजी' मा उपप्राध्यापक छन्। उनले त्यहाँ पढाएको तीन वर्ष पूरा हुन लाग्यो। सन् २०२२ को अगस्टमा युएई पुगेका शमशुल ब्याचरल (स्नातक) तहमा नर्सिङ, ल्याब र फार्मेसीका विद्यार्थी...

गायिका एलिनालाई अभद्र कमेन्ट गरेका गुन्जन राईमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

१ घण्टा अघि   सेतोपाटी

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अभद्र कमेन्ट गरेको आरोपमा पक्राउ परेका गुन्जन राईको म्याद थप भएको छ।  बिहीबार काठमाडौं जिल्ला अदालतको उनीमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको हो। चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय राईलाई प्रहरीले बिहीबार नै...

नेपाली बजारमा सार्वजनिक भयो 'एमजी विन्डसर इभी'

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर इभी सार्वजनिक गरेको छ। एमजी विन्डसर इभीको सार्वजनिक कार्यक्रम एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि रहेको कम्पनीको भनाइ छ। भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र...

सर्वहाराको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन : प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका...

उड्ने हेलिकप्टरलाई किन गुडाएर ल्यइयो ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ।  कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो।  चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ। हेलिकप्टरलाई ४० फिटे...

पहिलो पटक स्वदेशी लगानीमा बन्यो ३६ सय किलोलिटर क्षमताको हवाई इन्धन डिपो

१ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह (डिपो) निर्माण कार्य सम्पन्न गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकको पोखरा भ्रमणको बढ्दो क्रमलाई मध्यनजर गर्दै उक्त डिपो निर्माण गरिएको हो।  निगमले पहिलो पटक स्वदेशी सीप र पुँजीमा...

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

१ घण्टा अघि   सेतोपाटी

पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पत्रकार पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। पत्रकार पाठकले आजै धरौटी बुझाउने तयारी गरेका छन्। पत्रकार पाठकले केही समयअघि ‘टफ टक...

न्यूरोडमा फेरि सडकमै पार्किङ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरूको मोटरसाइकलमा ह्विल लक गरेको विरूद्धमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर सो क्षेत्रमा फेरि पार्किंङ सुरू गरिएको छ।  नगर प्रहरीले मोटरसाइकलमा लक लगाएपछि विरोध स्वरूप सटर बन्द गरिएको थियो। सो क्षेत्रमा पार्किंङ निषेध गरी सुन्धारामा पार्किङको व्यवस्था गरिए पनि न्यूरोड...

कांग्रेस केन्द्रीय समिति र आमचुनावमा युवाको प्रतिनिधित्व सुनिश्चित गरौं: उर्मिला थपलिया

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले कांग्रेस केन्द्रीय समिति र आमचुनावमा युवालाई कम्तीमा २० प्रतिशत स्थान दिनुपर्ने बताएकी छन्। पार्टी केन्द्रीय समिति र आमचुनावमा टिकट दिँदा ४० वर्षमुनिकालाई २० प्रतिशत स्थान दिन उनले प्रस्ताव गरेकी हुन्। बिहीबार सानेपामा बसेको केन्द्रीय...

जोटालाई श्रद्धाञ्जली दिँदै रोनाल्डोले लेखे, ' विश्राम गर डियागो र आन्द्रे '

१ घण्टा अघि   थाहाखबर

इलाम : पोर्चुगिज राष्ट्रिय टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले कार दुर्घटनामा निधन भएका डिएगो जोटालाई श्रद्धाञ्जली दिएका छन्। अफिसियल फेसबुक पेजमा श्रध्दाञ्जलि दिँदै रोनाल्डोले संगै विताएका समय यादगार रहने बताए। उनले लेखेका छन्, 'अर्थ नै लाग्दैन अहिलेसम्म हामी राष्ट्रिय टिममा सँगै थियौँ,...

कुलिङ पिरियड हेरफेरबारे छानबिन समिति बनाउन सभामुखले थाले छलफल

२ घण्टा अघि   सेतोपाटी

संघीय निजामती सेवा विधेयक २०८० मा व्यवस्था गरिएको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपराह्न सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार...

अबदेखि जुनसुकै विषय पढेका व्यक्ति ‘शिक्षक’ बन्न पाउने !

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने घोषणा गरेको दुई वर्षपछि अन्ततः लागू हुने भएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिले असार १५ गते भएको शिक्षा विधेयकमाथिको छलफलमा ‘विद्यालय तहको...

टाटाले ल्यायो नयाँ अफर

२ घण्टा अघि   सेतोपाटी

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले असार १९ देखि २३ गतेसम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्दैछ। यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका प्यासेन्जर श्रेणीअन्तर्गत नेपालमा रूचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ...