वडाध्यक्षमाथि भएको दुर्व्यवहारको विरोधमा शुक्रवार हेटौँडा उपमहानगरले सेवा नदिने
हेटौँडा : जनप्रतिनिधीहरूमाथि लगातार दुर्व्यवहार भएको भन्दै हेटौँडा उपमहानगरपालिकाले शुक्रवार सेवा प्रवाह स्थगित गर्ने निर्णय गरेको छ। नगरकार्यपालिकाको बैठकले शुक्रबार सेवा प्रवाह अवरोध हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। गत असार ४ गते हेटौँडा उपमहानगरपालिका वडानम्बर १ का अध्यक्ष...