ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चुनावले सुनसान बनेको काठमाडौंका सडक (तस्बिरहरू)

३ मिनेट अघि   सेतोपाटी

बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार मध्यरातदेखि मौन अवधि लागू भएको छ।  मौन अवधिमा भौतिकदेखि डिजिटल कुनै पनि माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न पाइँदैन। मौन अवधिमा काठमाडौंका सडकमा सवारी साधनको आवागमन पनि पातलो छ।  काठमाडौंबाट हजारौं मानिसहरू चुनावका लागि...

सार्वजनिक बिदाका दिन पनि चल्नेछन् यी सरकारी सेवा

५६ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। फागुपूर्णिमा...

टी-२० विश्वकपमा आजदेखि सेमिफाइनल, भिड्दैछन् न्युजिल्याण्ड र दक्षिण अफ्रिका

५७ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्। सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन्। कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ। दक्षिण अफ्रिका सुपर-८ बाट समूह 'ए'को विजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेको थियो। सुपर-८ को...

आजका लागि कति छ विदेशी मुद्राको विनिमयदर?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न मन्त्रालयको आग्रह

१ घण्टा अघि   सेतोपाटी

मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन्। नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

१ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्चचापीय प्रणालीको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको र ती भू–भागलगायत बाँकी भू–भागहरूमा तुँवालो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानहरूमा आज...

'मेरो कामलाई अरूले जेसुकै भनोस्, म गर्व गर्छु'

१ घण्टा अघि   सेतोपाटी

नीरबहादुर मोक्तानलाई उनको नामबाट कसैले चिन्दैनन्। धेरैले उनलाई 'ढल सफा गर्ने दाइ' भनेर बोलाउँछन्। परिवार, कार्यालय र नजिकका आफन्तबाहेक अरूको निम्ति नीरको काम नै उनको पहिचान हो। उनले आफ्नो पहिचान विरासतमा पाएका होइनन्, दु:खले बनाएका हुन्। काठमाडौंमा २२ वर्षको अथक परिश्रमबाट बनेको हो,...

के नेपालको बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले जोखिम निम्त्याइरहेको छ?

१२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बाहिर तर्कवितर्क भइरहे जस्तो नेपाल 'लिक्विडिटी ट्रयाप' अर्थात् अधिक तरलताको जोखिममा नरहेको स्पष्ट पारेको छ।  राष्ट्र बैंकले माइक्रोइकोनोमिक रिपोर्ट २०२६ सार्वजनिक गर्दै यस्तो बताएको हो।    राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, 'केहीले नेपाल 'लिक्विडिटी ट्रयाप' को अवस्थामा...

मतगणना स्थलको सुरक्षाको लागि १० फिटको तारजाली

१२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको मतगणना स्थल सुरक्षित गर्नको लागि रूपन्देहीमा १० फिट अग्लो तार जाली लगाइएको छ।   रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा मतपत्र जोगाउनको लागि १० फिट अग्लो तार जाली लगाएर मतगणनालाई व्यवस्थित...

'छोराको अनुहार हेरेर बाँचेकी थिएँ, अब एक्लै गाह्रो भयो'

१२ घण्टा अघि   सेतोपाटी

सहिदको कथा भगवती बलामी श्रेष्ठको दिन घरधन्दा र खेतबारीमा काम गरेर बित्छ। जब रात पर्छ, छोरा शुभराज बलामी कतैबाट टुप्लुक्क आइपुग्छन् कि भनेर बाटो हेरेर बस्छिन्। दिनभर जहाँ पुगे पनि राति आठ/नौ बजेसम्म शुभराज घर फर्किन्थे। त्यही झझल्को भगवतीलाई आज...

ललितपुरमा गस्तीमा खटिएको प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा चार जना पक्राउ

१३ घण्टा अघि   सेतोपाटी

ललितपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–२ स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्ने २०...

यस्तो छ निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

१३ घण्टा अघि   सेतोपाटी

निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूह सम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा...

जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्षमाथि कुटपिट

१३ घण्टा अघि   सेतोपाटी

जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलमाथि कुटपिट भएको छ। सोमबार साँझ ५ बजे लिताकोटस्थित घरमा छिमेकीहरूले कुटपिट गरेको उपाध्यक्ष रेवती रावलले जानकारी दिइन्। उनका अनुसार एक छिमेकी परिवारले लेनदेनको विषयमा सबै कुरा नबुझी आएर आफूमाथि कुटपिट गरेको हो। 'उनीहरूसँग लेनदेनको कुरा थियो जुन सकिसकेको थियो,'...

लिखित जबाफ सहित दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

१३ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ। मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जबाफ पेस गरी बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो। ‘...म्याद सूचना पाएको मितिले...

हुवावेको कनेक्टिभिटी विस्तार: विश्वभर १७ करोड मानिस डिजिटल सञ्जालमा जोडिए

१३ घण्टा अघि   सेतोपाटी

हुवावेले ८० भन्दा बढी देशका दुर्गम क्षेत्रका १७ करोड मानिससम्म डिजिटल कनेक्टिभिटी पुर्‍याउँदै इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) को पार्टनरटुकनेक्ट डिजिटल कोएलिसन (पिटुसी) अन्तर्गत गरेको प्रतिबद्धता लक्ष्यलाई पार गरेको छ। यो घोषणा हुवावे आइसिटी बिजीका सिइओ याङ चाओबिनले बार्सिलोनामा आयोजित कम्पनीको...

मतदान केन्द्रमा खटिएका अधिकृत अचानक बेहोस, उपचार क्रममा मृत्यु

१४ घण्टा अघि   सेतोपाटी

सर्लाहीको पर्सा गाउँपालिकास्थित एक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसो करिब २ बजे पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतो...

नैकाप र सुकेधारामा गाडीमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ

१४ घण्टा अघि   सेतोपाटी

काठमाडौंको नैकाप र सुकेधारामा गाडीमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ का ५५ वर्षीय कृष्ण मिजार...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

१५ घण्टा अघि   सेतोपाटी

महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ। बर्दिबास नगरपालिका-१ रातो पुलमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको हो। पुलमा रातो कपडामा पोको पारेर राखिएको देखिएपछि नेपाली सेनालाई बोलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए। 'सेनाको बम डिस्पोजल टोलीले डिस्पोज...

धनुषा-१ मा रास्वपाका किशोरी साहको उम्मेदवारी किन भयो खारेज?

१५ घण्टा अघि   सेतोपाटी

धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमल कालोसूचीमा परेपछि उम्मेदवारी खारेज भएको खुलेको छ। मंगलबार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पुष्टि गरे। आयोगका अनुसार बैंक तथा वित्तीय...

हर्मुज मार्गमा अवरोधले तेल आयातमा कुन देशलाई कति पर्छ असर?

१५ घण्टा अघि   सेतोपाटी

इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेसँगै विश्व ऊर्जा बजारमा ठूलो हलचल ल्याएको छ र यसको सबैभन्दा ठूलो असर एसियामा पर्ने देखिएको छ। इरानको रिभोल्युसनरी गार्डका एक वरिष्ठ कमाण्डरले सोमबार स्ट्रेट अफ हर्मुज बन्द गरिएको र त्यो समुन्द्री बाटो पार गर्न...

नियन्त्रणमा आयो दाउरा थकालीमा लागेको आगो (तस्बिरहरू)

१५ घण्टा अघि   सेतोपाटी

ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ। मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी सुरू भएको थियो। दमकलहरू पुगेर आगलागी नियन्त्रणमा लिइसकेका छन्। घटनामा मानवीय क्षति भएको छैन। भौतिक क्षतिको आँकडा आइसकेको छैन। तस्बिरहरू: ...

निर्वाचनका लागि रूपन्देहीमा खटिए ४ हजार जना कर्मचारी

१५ घण्टा अघि   सेतोपाटी

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ७ सय ३६ जना मतदान अधिकृत र त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन्।  जिल्ला निर्वाचन कार्यालयका...

पञ्च वर्षीय नतिजा!

१५ घण्टा अघि   सेतोपाटी

न पाइन्छन् उपन्यासका पानाहरूमा  न भेटिन्छन् कविताका पङ्क्तिहरूमा  न त गुन्जिन्छन् गीतका अन्तराहरूमै  यो त शासकहरूको नजर नपुगेको सवाल हो  जुन प्रकाशित हुन्छ पाँच-पाँच वर्षमा  देशको नतिजा बनेर! खै कसले देख्यो र? त्यो पोसाकभन्दा पनि निलो भएर जमेका पसिनाका दहहरूमा...

सेतोपाटीसँग सम्बन्धित दुबै रिटमा जारी भएन अन्तरिम आदेश

१५ घण्टा अघि   सेतोपाटी

सेतोपाटीसँग सम्बन्धित दुई वटै रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। मंगलबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको इजलासले सेतोपाटीसँग सम्बन्धित दुई वटै रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। निर्वाचन पूर्वप्रकाशन गर्ने निर्वाचन विश्लेषणविरूद्ध प्रेस...