रूसमा फसेका नेपालीलाई फिर्ता गर्ने प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्री पुष्षकमल दाहाल 'प्रचण्ड' ले रूसमा फसेका नेपालीलाई फिर्ता गर्ने आश्वासन दिएका छन्। मंगलबार रूसी सेनामा आवद्ध भएका नेपालीका परिवारले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने बताएको रूसी सेना आवद्ध नेपालीको जीवन...