मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति
मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोड रूपैयाँभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ। मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ। ...