ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सलिनमानको कमब्याक, ल्याए 'युनिभर्सिटी अफ गुन्डाज' को टिजर

२ मिनेट अघि   सेतोपाटी

अभिनेता सलिनमान बानियाँ लामो समयपछि फिल्ममा फर्किएका छन्। उनले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर आफू अभिनित फिल्म 'युनिभर्सिटी अफ गुन्डाज'को टिजर सार्वजनिक गरेका छन्।  ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक टिजर एक्सनप्रधान छ। १ मिनेट १२ सेकेन्डको टिजरमा सलिनमानको एक्सन दृश्य...

भूमि आयोग निस्क्रिय पारेर अध्यादेशबाट ल्याइयो नयाँ समिति वा कार्यदल गठनको व्यवस्था

७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भूमिसम्बन्धी ऐन २०२१ का केही दफा खारेज गरेको उल्लेख गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले भूमि ऐनका ती दफा दीर्घकालीन समस्या समाधानमा अवरोधका रूपमा रहेका बताएका...

राष्ट्रिय खेलकुद परिषदका १९ जना बोर्ड सदस्य पदमुक्त

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसहित १९ जना पदमुक्त भएका छन्।  युवा तथा खेलकुद मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता मनिता श्रेष्ठका अनुसार खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आर्चायसहित १९...

सहकारी पीडितले ३३ वर्षदेखिको रकम फिर्ता पाउन बाँकी, सरकारले कसरी गर्दैछ फिर्ता?

३१ मिनेट अघि   सेतोपाटी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आगामी जेठ पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरू गर्ने भएको छ। हाल यस्तो समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रूपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ।  समितिले बचत फिर्ताको लागि...

'महाराजधिराज' मा ८० भन्दा बढी कलाकारको सहभागितामा, गरियो मुहूर्त

३५ मिनेट अघि   सेतोपाटी

फिल्म 'महाराजधिराज'को मंगलबार बिहान शुभमुहूर्त गरिएको छ।  बंगलामुखी मन्दिरमा शंखध्वनि र पञ्चेबाजासहित पूजा आयोजना गर्दै गरिएको मुहूर्तमा फिल्मका निर्देशक, मुख्य कलाकारहरूसहित निर्माण टिमको उपस्थिति रह्यो। पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत कलाकारहरू मुहूर्तमा सहभागी थिए। परिच्छेद सेनको निर्देशनमा...

थपक्क पन्थ मारेर बस!

४५ मिनेट अघि   सेतोपाटी

हामी कति जनालाई याद छ, हाम्रा बा-आमाले हामीलाई केटाकेटीहरू चले भनेर ‘थपक्क पन्थ मारेर बस’ अर्थात् थपक्क पलेटी कसेर बस भनेर सम्झाएको। त्यति बेला गुन्द्री र सुकुल हुन्थ्यो, घरमा नै बनाइन्थ्यो। बस्न, सजिलो, परालबाट बन्ने त्यही सुकुल घरको पिँडीमा राखेर...

आसिफको ९४ रन र गुल्सनको ५ विकेटमा ओमानमाथि नेपालको सानदार जित

१ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र  ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले चारमध्ये तीन खेलमा जित निकाल्न सफल भएको छ। मंगलबार ओमानमाथि ८१ रनको जित निकालेसँगै नेपालले सिरिजमा तेस्रो जित निकालेको हो। यसअघि नेपालले युएईविरूद्ध दुवै खेलमा जित निकालेको थियो।...

शेखर गोल्छालाई हिरासतमा राख्न जिल्ला अदालतले दिएन अनुमति

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ। मंगलबार न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिए। ‘सर्वोच्च अदालतकै आदेश अनुसार धरौटी लिइसकेको र...

एक हप्ताभित्र मूल्य समायोजनको निर्णय नभए आयोजना निर्माण स्वतः बन्द हुन्छ- निर्माण व्यवसायी महासंघ

१ घण्टा अघि   सेतोपाटी

नेपाल निर्माण व्यवसायी महासंघले पूर्वाधार आयोजनाको मूल्य समायोजन गर्नको लागि सरकारलाई आग्रह गरेको छ। इन्धन सहित निर्माण सामाग्रीहरूमा अत्यधिक र अप्रत्यासित मूल्यवृद्धि भएको भन्दै महासंघले यथासक्य छिटो मूल्य समायोजन गर्न भनेको हो। मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस...

प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलंकामा

१ घण्टा अघि   सेतोपाटी

नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलंकामा आफ्नो सेवा विस्तार गरेको छ । यसक्रमा श्रीलंकामा इफेक्टिभ सोलुशनसँग व्यवसाहिक सञ्चार प्रणालीका लागि एआइमा आधारित सेवा दिने सम्झौता गरेको छ। इफेक्टिभ सोलुशनले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधिहरू प्रयोग गर्न चाहनेलाई सेवा दिॅंदै...

डोजर चलेपछि यस्तो देखियो कपनको धोबीखोला करिडोर (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

कपन क्षेत्रअन्तर्गत पर्ने धोबीखोला करिडोरमा अवैध संरचना हटाउन डोजर चलाएपछि सो क्षेत्रको सरकारी जग्गा अहिले भग्नावशेषमा परिणत भएको छ। स्थानीय तह र सम्बन्धित निकायको संयुक्त पहलमा नदी किनार अतिक्रमण गरी बनाइएका घरटहरा, टहरा तथा अन्य संरचनाहरू हटाइएको हो। डोजर चलेसँगै...

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

१ घण्टा अघि   सेतोपाटी

सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख...

मन्त्रिपरिषद बैठक जारी

१ घण्टा अघि   सेतोपाटी

सरकारको मन्त्रिपरिषदको बैठक जारी छ। मंगलबार प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्। उक्त बैठक ३ बजेका लागि बोलाइएको थियो। सोमबार पनि मन्त्रिपरिषदको बैठक बसेको थियो। उक्त बैठकले संवैधानिक परिषदसम्बन्धि अध्यादेश राष्ट्रपति समक्ष पुन: पठाउने निर्णय गरेको थियो। मंगलबार राष्ट्रपति...

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

२ घण्टा अघि   सेतोपाटी

मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा बन्द भएको छ। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ४ अर्ब २६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ४३ करोड...

गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको हक नलाग्ने फैसला

२ घण्टा अघि   सेतोपाटी

पशुपति धर्मशालाको जग्गा-जमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने भएको छ। सोमबार उच्च अदालत पाटनका न्यायाधीशहरू खडकबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले पशुपति क्षेत्रको कित्ता नम्बर ८३ र ८५ को जग्गा र संरचनामा समितिको हक नलाग्ने फैसला गरेको हो। उच्च...

सुकुम्बासीलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा नेविसंघको अनुगमन

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरको अनुगमन गरेको छ। थापाथली, सिनामंगललगायत क्षेत्रका सुकुम्बासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरको आज नेविसंघ नेता भुवन भट्टसहितले अनुगमन गरेका हुन्। सुकुम्बासीका सन्तानलाई शिक्षाबाट बन्चित गरिएको भन्दै नेविसंघले सरकारको खबरदारीसमेत गरेको...

बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडक खण्ड साँझ ५ देखि बिहान ५ बजेसम्म बन्द

२ घण्टा अघि   सेतोपाटी

काभ्रे जिल्ला प्रशासन कार्यालयले बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकेको छ। मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन, काभ्रे र सिन्धुलीका प्रमुख जिल्लाहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा...

समस्याग्रस्त सहकारीको बचत फिर्ता जेठदेखि सुरू, कर्जा असुलीमा कडाइ

२ घण्टा अघि   सेतोपाटी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठको पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरु गर्ने भएको छ। समितिले मिति २०८३ वैशाख ९ गतेदेखि कार्य प्रारम्भ गर्दै करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको जनाएको छ। समितिका अनुसार...

लालीबजारको अल्पकालीन अन्तरिम आदेशले पायो निरन्तरता, भोलि दुई पक्षबीच छलफल हुने

२ घण्टा अघि   सेतोपाटी

उच्च अदालत पाटनले चलचित्र लालीबजारलाई रोक्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ। न्यायाधीश गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो। यसअघि वैशाख १५ गते उच्च अदालतले अल्पकालीन...

विपद प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवगमन कडाइपूर्वक बन्द गराउनू

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडक मार्गमा सवारी आवगमन कडाइपूर्वक बन्द गराउन निर्देशन दिएको छ। जोखिम देखिएका सडक खण्डमा यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।  प्राधिकरणले...

सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणको समस्या समाधान गर्दैन

३ घण्टा अघि   सेतोपाटी

सरकारले शासकीय सुधारका १०० कार्यसूचीमा सार्वजनिक खरिदमा सुशासन कायम गर्न यससँग सम्बन्धित कानुन संशोधन गर्छु भनेको थियो। त्यसै क्रममा सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन अध्यादेश ल्याएको छ। हामीले पनि निर्माण व्यवसायीलाई न्याय हुने गरी सार्वजनिक खरिदसम्बन्धी कानुन...

महाधिवेशन नगरेका तरूण दललगायत कांग्रेस भ्रातृ संस्थाहरू विघटन

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका नेपाल तरूण दललगायत भ्रातृ संस्थाहरू विघटन गरेको छ। तोकिएको समयमा महाधिवेशन गर्न नसकेको र अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएको भन्दै कांग्रेसले त्यस्ता सबै भ्रातृ संस्थाहरू विघटन गरेको छ। तरूण दल अध्यक्ष विद्वान गुरूङले हालै र...

लोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले खोला किनाराका सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले संवेदनाहीन ढङ्गले क्रुरतापूर्वक धम्क्याएर, बलपूर्वक निष्कासन र नियन्त्रण गरी लखेट्ने एवं गुम्बा, मन्दिर र विद्यालयसमेत भत्काउने कार्य भएकोमा पार्टीलाई स्तब्ध बनाएको बताएको छ। सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेका निर्णयमा उल्लेख छ, ‘खोला...

शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रन

३ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले २५६ रन जोडेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम बल खेल्न बाँकी छदा २५६ रनमा अलआउट भयो।  नेपालका लागि ओपनर आसिफ शेखले ९४ रनको योगदान गरे। उनले...