ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपाको समानुपातिक उम्मेदवार ब्लुप्रिन्ट र शून्य समय प्रस्तुति (तस्बिरहरू)

८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि ३८० जनाले आवेदन दिएका छन्। ती आकांक्षीहरूबाट उम्मेदवार छान्नका लागि रास्वपाले विभिन्न कार्यक्रम गरेको छ।  ३८० जनाभन्दा बढी आकांक्षीहरूसहित जिल्ला समिति, निर्वाचन क्षेत्र, पालिका र वडा तहका नेता–कार्यकर्ता समावेश गरेर समूह–समूहमा विभाजन गर्दै...

'परिवर्तन' मा समावेश गीत 'पाकेको चिउरी' सार्वजनिक (भिडिओ)

२० मिनेट अघि   सेतोपाटी

फिल्म 'परिवर्तन' मा समावेश गीत 'पाकेको चिउरी' सार्वजनिक गरिएको छ। बिहीबार क्रिसमसको अवसर पारेर यो गीत युट्युबमा सार्वजनिक गरिएको हो।  लोकलयको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर छ। मौसम अर्यालको शब्द रहेको गीतको संगीत निर्देशक एसडी योगी हुन्। गीतको भिडिओमा फिल्मका...

सरकारले चुनावको वातावरण बनाओस्, हामी बहुमत ल्याउँछौं: ओली

२१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अहिलेसम्म चुनावको वातावरण नबनाएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रपति कार्यालय शीतल निवासमा दल र प्रधानमन्त्रीसहित छलफल हुँदा पनि परिस्थितिमा फेरबदल नआएको बताएका छन्। ‘अस्ति प्रधानमन्त्रीजीसँग कुराकानी भएपछि पनि कुनै...

रवि लामिछाने र बालेनलाई नमिलेसम्म बाहिर आउने होइन भनेर ढोकामा चुकुल लगाइदिएको छु : सुदन गुरुङ

२४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वत्नत्र पार्टी का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच अहिले कुपन्डोलमा छलफल भइरहेको छ।  बालेनका सहयोगी कुमार ब्यजनकारको निवासमा दुईजनाबीच एक्लाएक्लै कुराकानी भइरहेको छ। भेटका लागि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद असिम शाह कुपन्डोल...

बालेनले भने– म अब राजनीतिमा आएँ, हामी मिलेर चुनावमा जाऊँ

४५ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग मिलेर नयाँ राजनीतिक समीकरण बनाउने कार्यलाई तीव्रता दिएका छन्। आफ्नानिकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुर कुपण्डोलस्थित निवासमा पछिल्लो दुई दिनदेखि 'म्याराथन मिटिङ'...

२३औं वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको 'लाइफटाइम फ्री क्रेडिट कार्ड' अफर

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकले २३औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ।  उक्त अफर पुस १० गतेदेखि माघ ९ गतेसम्म (३० दिन) सञ्चालन रहनेछ जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क...

जेनजीहरूलाई एकजुट बनाउन बालेनले दिए रक्षा बमलाई 'जिम्मेवारी'

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरूलाई एकजुट गर्न रक्षा बमलाई जिम्मेवारी दिएका छन्। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जेनजीहरूलाई पनि सहभागी गराउन नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई मेयर शाहले जिम्मेवारी दिएका हुन्। बुधबार बालेनले आफ्ना सहयोगी कुमार...

यी हुन् ६६ अर्ब रूपैयाँ विदेशी मुद्रा भित्र्याउने १० वस्तु

१ घण्टा अघि   सेतोपाटी

साउदेखि मंसिर महिनासम्मको अवधिमा नेपालबाट एक खर्ब १६ अर्ब रूपैयाँ बराबरको सामान विदेशी बजारमा बिक्री गरिएको छ। एक खर्ब १६ अर्ब रूपैयाँको विदेशी मुद्रा भित्र्याउने क्रममा १० वटा वस्तुको मात्रै हिस्सा ५७ प्रतिशत देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार ४६ अर्ब...

१७ वर्षपछि बंगलादेश फर्किए पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा

१ घण्टा अघि   सेतोपाटी

बंगलादेश नेसनल पार्टीका कार्यवाहक अध्यक्ष रहेका तारिक रहमान स्वदेश फर्किएका छन्। बिहीबार स्थानीय समयअनुसार बिहान ११:४० बजे तारिक ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको ढाकाबाट प्रकाशित हुने अनलाइन ढाका ट्रिब्युनले जनाएको छ। उनी बिहान ९:५६ बजे सिलेटस्थित उसमानी अन्तर्राष्ट्रिय...

रवि र बालेनबीच भेटवार्ता हुँदै

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ। ललितपुरको कुपण्डोल स्थित बालेन शाहका सहयोगी कुमार व्यजनकारको निवासमा दुईबीच भेटवार्ता हुन लागेको हो। दुईबीच भेटवार्ता हुने तय भएको बालेन शाह निकट एक नेताले...

पर्दामा थलापति विजय र बबी देओलको भिडन्त, जनवरी ९ मा आउँदैछ 'जन नेता'

२ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय सुपरस्टार थलापति विजय राजनीतिक एक्सन फिल्ममार्फत छिट्टै दर्शकमाझ आउँदैछन्। विजय अभिनीत तमिल फिल्म 'जन नायगन' जनवरी ९ (पुस २५) मा रिलिज हुँदैछ। निर्माण घोषणादेखि चर्चामा रहेको यो फिल्मको हिन्दी संस्करण 'जन नेता' नाममा प्रदर्शन हुनेछ। फिल्मको कथामा राजनीतिक शक्ति संघर्ष,...

बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ। घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत...

बंगलादेशमा हादीको हत्या घटना नसेलाउँदै बम विस्फोटमा मारिए अर्का युवक

२ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा बम विस्फोट हुँदा एक युवकको मृत्यु भएको छ। सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेको विद्यार्थी आन्दोलनको 'फ्रन्टलाइनर' उसमान हादीको हत्या भएको घटना नसेलाउँदै बम विस्फोटको घटनामा अर्का एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा सायम नाम...

रास्वपाले यसरी छान्दै छ ११० जना उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गतेको चुनाव आउन अझै २ महिना १० दिन बाँकी छ। राजनीतिक दलले उम्मेदवार चयन गरिसकेका छैनन्। प्रत्यक्षतर्फ माघ ६ गतेलाई उम्मेदवारी दर्ताको दिन तोकिएको छ। समानुपातिकतर्फ यही पुस १३ र १४ गते ६ क्लस्टरमा ११० जना उम्मेदवारको सूची...

नेपालगन्जका मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयता

२ घण्टा अघि   सेतोपाटी

नेपालगन्जका मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयतामा नेपालबाट सूचीकृत हुने सबैभन्दा बढी उमेरका एकमात्र धावक बनेका छन्। गत मंसिर २२ गते सम्पन्न ११औँ धारा नेपालगन्ज म्याराथनमा भेटेरानतर्फ ४२.१९५ किमी दूरी चार घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि...

क्रिसमसको अवसर पारेर फिल्म 'मुगलान' प्रदर्शनमा

३ घण्टा अघि   सेतोपाटी

फिल्म 'मुगलान' प्रदर्शनमा आएको छ। प्रभात पाल र स्मारिका ढकाल अभिनीत फिल्म क्रिसमस-डेको अवसर पारेर बिहीबार रिलिज भएको हो। आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गर्छ। फिल्ममा...

रेकड मूल्यबाट घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो। आज सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबारको...

मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेटर मीनश थापाको निधन

३ घण्टा अघि   सेतोपाटी

मोटरसाइकल दुर्घटनमा परी राष्ट्रिय क्रिकेटर मीनश थापाको निधन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले थापाको मृत्युको पुष्टि गर्दै दु:ख व्यक्त गरेका छन्।  ‘कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मीनश थापाको दुर्घटनामा परी असामयिक...

२० बुँदे शान्ति योजनामा जेलेन्स्की सहमत, एउटा विषयमा ट्रम्पसँग भेटेरै छलफल गर्ने चाहना

३ घण्टा अघि   सेतोपाटी

रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले दुवै देशसँग छलफल गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरमार्फत दुवै देशका प्रतिनिधिहरूसँग शान्ति सम्झौताबारे  छलफल व्यापक पारेका छन्। ट्रम्पले क्रिशमशअघि नै दुई देशबीच शान्ति सम्झौता हुने दाबी...

चुनावी घोषणापत्रमा जेनजीका मुद्दा उठाउन राजनीतिक दलहरूलाई आह्वान

४ घण्टा अघि   सेतोपाटी

जेन फोर्स समूहले जेनजीका मुद्दा उठाउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ। उक्त समूहले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन २१ गते हुन लागेको निर्वाचनमा जेनजीका मुद्दालाई आफ्नो घोषणपत्रमार्फत उठाइदिन राजनीतिक दलहरूलाई आह्वान गरेको हो। ठूला दलहरूले जेनजीका मुद्दा उठाउँदा आवाज बलियो...

डाक्टर पढ्न रसिया गएका किशन, बने उज्बेकिस्तानी विश्वविद्यालयका डिन

४ घण्टा अघि   सेतोपाटी

सन् २००९ मा रसिया जाँदै गर्दा काठमाडौंका किशन भण्डारीलाई डाक्टर बनेर फर्किन्छु भन्ने लागेको थियो। सानैदेखि डाक्टर बन्ने रहर गरेका किशनले कक्षा १२ पास गर्नासाथ छात्रवृत्तिमा रसिया जाने अवसर पाएका थिए। 'मेरो पढाइ राम्रो थियो। रसियन कल्चरमार्फत रसियामा डाक्टरी पढ्ने...

कर्नाटकमा बस र लरी ठोक्किँदा ११ जनाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो। दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ। ठक्करपछि...

जनादेश पार्टी छाडेर एलिजा लागिन् आम जनता पार्टीमा

५ घण्टा अघि   सेतोपाटी

जनादेश पार्टीकी संस्थापक सदस्य एवम् उपाध्यक्ष एलिजा गौतमले दल गठनको एक महिना नबित्दै उक्त पार्टी छाडेकी छन्। गौतम प्रभु साह नेतृत्वको आम जनता पार्टी प्रवेश गरेर उपाध्यक्ष बनेको उनैले सार्वजनिक गरेकी हुन्। ‘म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत...

बाइसधारा नजिक टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

५ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बालाजुस्थित बाइसधारा नजिकै टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बुधबार राति साढे १० बजे बाइसधारा मन्दिर नजिक सडक खण्डमा बा.प्र ०१-००६ ख ३४५४ नम्बरको टिपर र लु ५९ प ७०६४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार...