ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बालेन शाहको घरको गेट तोडफोड, चोरीको आशंका

९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको घरमा तोडफोड भएको छ। गएराति अज्ञात समूहले बालेन शाहको काठमाडौंस्थित घरको गेटमा तोडफोड गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले शाहको घरको गेटमा ग्रील फुटाइएको पाइएको जानकारी दिए। घरमा कोही नबस्ने...

साँगामा यसरी बन्दैछ १ हजार ११० मिटर लामो अन्डरपास (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अन्डरपास निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले निर्माण गरिरहेको अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ। अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ...

साफ महिला च्याम्पियनसिपमा भारतसँग भिड्दै नेपाल

१ घण्टा अघि   सेतोपाटी

देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ। पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२  बजे भिड्दैछन्। यसैगरी घरेलु टोली नेपालले पनि आजै भारतसँग पहिलो खेल खेल्दैछ। नेपाल...

बुढासुब्बा गोल्डकप- धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

१ घण्टा अघि   सेतोपाटी

बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ। प्रत्येक वर्ष आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकपले खेलकुद प्रवर्द्धन मात्र नभई धरानको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै...

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

१ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ। सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावका कारण तराई झर्ने क्रम नरोकिएको हो। नगरपालिकाको सूचना तथा प्रविधि...

बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

१ घण्टा अघि   सेतोपाटी

यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ। यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि...

जेफ्री एपस्टिनसँग सम्बन्धित ३० लाख पृष्ठको गोप्य फाइल सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित ३० लाख भन्दा बढी पृष्ठ बराबरका गोप्य कागजात सार्वजनिक भएको छ। अमेरिकी न्याय मन्त्रालयले शुक्रबार उक्त दस्तावेज सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। दस्तावेजमा १ लाख ८० हजार तस्बिर र...

मध्यक्रमका जोडदार ब्याटर सन्दीप जोरा

२ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप २०२६ विशेष सन्दीप जोराका लागि समय आएको छ, मध्यक्रममा जोडदार ब्याटिङ गरेर आफूलाई प्रमाणित गर्ने। त्यो अवसर हुनेछ, आइसिसी टी-२० विश्वकप २०२६। भारतको मुम्बईमा नेपालले समूहका आफ्ना चार खेल खेल्दा मध्यक्रममा जोराले अवसर पाउन टोलीमा रहेका अरू ब्याटरसँग...

अमेरिकाको मिनियापोलिसमा हजारौं मानिसहरू किन निस्किए सडकमा?

३ घण्टा अघि   सेतोपाटी

अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा हजारौं मानिसहरूले सडकमा निस्किएर प्रदर्शन गरेका छन्। मिनेसोटामा संघीय आप्रवासन अधिकारीहरूले गोली हानेर दुई अमेरिकी नागरिकको हत्या गरेपछि त्यसको विरोधमा प्रदर्शन हुँदै आएको छ। शुक्रबार भने अन्य दिनको तुलनामा प्रदर्शनकारीहरूको संख्या ठूलो रहेको भनेर अन्तर्राष्ट्रिय...

मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १०ः०० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय...

वीरगन्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात

४ घण्टा अघि   सेतोपाटी

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको...

आज कति छ अमेरिकी डलर र युरोको भाउ?

४ घण्टा अघि   सेतोपाटी

‍नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र...

यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना

४ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा...

आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ जनालाई सोधियो स्पष्टीकरण

४ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले आचारसंहिता उल्लंघनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ। आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले...

मधुमेहका मुख्य ४ लक्षण (भिडिओ)

५ घण्टा अघि   सेतोपाटी

संसारभरी ५८ करोड मानिसलाई मधुमेहको समस्या भएको सन् २०२५ को तथ्यांक छ। त्यसमध्ये भारत, नेपाल लगायतका देशमा मात्र १० करोडलाई यो समस्या छ। संसारमा ५ जनामध्ये एक जनामा मधुमेह भएको देखिन्छ। मधुमेहको एउटा कारण गर्भावस्थामा भिटामिन बी-१२ को कमी हुनु...

'अब छोराछोरीलाई पैसा होइन, पानी जोगाइदिए काम लाग्ने अवस्था भएको छ'

१३ घण्टा अघि   सेतोपाटी

मधेस साहित्य महोत्सवको दोस्रो दिन पानी संकटको चर्चा भएको छ। 'गाउँ विकास भर्सेस विनाश' शीर्षकको छलफलमा बोल्ने वक्ताहरूले पानी संकटबारे चर्चा गरेका हुन्। मनसुन सुरू हुन ढिलाइ भएपछि यस वर्ष मधेस प्रदेशले चरम पानी संकटको सामना गर्नुपरेको थियो। सहरी क्षेत्रमा...

खगेन्द्र सुनारको अभिव्यक्तिमा रास्वपाले दियो स्पष्टीकरण

१४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके-३ का आफ्ना उम्मेदवार खगेन्द्र सुनारको एक विवादित अभिव्यक्तिलाई लिएर सचेत गराएको छ। भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण पनि गराएको रास्वपाले जनाएको छ। सुनारले अन्य पशुपन्छीजस्तै...

जेनजी आन्दोलनमा फरार कैदी पर्सामा पक्राउ

१५ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट भागेको एक कैदी पर्सामा पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा टोल बस्ने २३ वर्षीय प्रविन चौरसिया पक्राउ परेका हुन्।  जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र मातहत प्रहरी चौकी बसपार्कबाट...

त्यो हातको इसारा नै अन्तिम कुराकानी बन्यो पार्वती र देवको

१६ घण्टा अघि   सेतोपाटी

सहिद परिवार पार्वती अधिकारीका आँखा चार महिनादेखि ओभानो छैनन्। हरेक दिन घाम ढल्दै जाँदा उनलाई रात कसरी कटाउने होला भन्ने पीर हुन्छ। ९ वर्षकी छोरी साथमा हुँदा त छोरीको मुख हेरेर जसोतसो हाँस्न खोज्छिन्, तर राति छोरी सुतेपछि श्रीमानलाई सम्झिएर...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१६ घण्टा अघि   सेतोपाटी

सर्लाहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। उखु लोड गरिएको ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको हो भने मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्रीको मृत्यु भएको छ। उखु लोड गरिएको ट्याक्टरको ट्रलीबाट झरेर शुक्रबार रौतहट राजदेवी नगरपालिका...

विचार के हो थाहा छैन, चौतारीमा भेटेर एक ठाउँ जम्मा भएको छ, नयाँ पार्टी भनेको छ- पुन

१६ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन 'अनन्त' ले नयाँ दलको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विचारविहीनहरूको चौतारीजस्तो भएको टिप्पणी गरेका छन्।  पार्टीको ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को चुनाव परिचालन तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पुनले...

ब्लकबस्टर बनेको उत्कृष्ट कोरियन थ्रिलर फिल्म, हेर्नुस् युट्युबमा

१७ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा पछिल्ला दशकमा कोरियाली सिनेमा संसारभर फैलिइसकेको छ। कोरियाली निर्देशक बोङ जोन हु निर्देशित 'प्यारासाइट' ले कान र अस्करमा प्रमुख विधाका अवार्ड जितेपछि यो झनै व्यापक भयो।  थ्रिलर विधामा कोरियन फिल्म उत्कृष्ट मानिन्छन्। रहस्य, सस्पेन्स र कथामा आउने रोचक मोडका कारण...

स्क्रोलले हराउँदै लगेको हाम्रो सम्बन्ध!

१७ घण्टा अघि   सेतोपाटी

ऊ मध्यरातमा झल्याँस्स निन्द्राबाट बिउँझिन्छ। सिरानीकै छेउमा मोबाइल हुन्छ। आँखा खुल्ने बित्तिकै हात मोबाइलतिर जान्छ अनि हतार-हतार मोबाइल अनलक गर्छ, फेसबुक खोल्छ अनि टिकटकमा स्क्रोल सुरु हुन्छ। कसैको पोस्ट आउँछ तर पढ्ने फुर्सद छैन, लाइक, कमेन्ट गर्न उसलाई हतार हुन्छ।...

आइसिसी एसिया क्षेत्रीय सम्मेलन २०२६ काठमाडौंमा हुने

१७ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एसिया क्षेत्रको २०२६ को सम्मेलन नेपालमा हुने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीको २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने शुक्रबार जानकारीदिएको हो।  यो सम्मेलन आगामी वैशाख १६ र १७ गते काठमाडौंमा हुनेभ...