ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चोटलाई जितेर मैदान फर्किएका गुल्सनको करिअरकै उत्कृष्ट बलिङ

१० मिनेट अघि   सेतोपाटी

नेपाली क्रिकेट टोलीका गुल्सन झा अलराउन्डरको रूपमा स्थापित छन्। पछिल्लो समय उनको ब्याटिङ हेर्न नेपाली समर्थक आतुर हुन्छन्।  विश्वकप छनोटमा गुल्सनले उत्कृष्ट इनिङ खेल्दा नेपालले आइसिसी टी-२० विश्वकप २०२६ मा स्थान बनाएको थियो। त्यसअघि उनले नेपाल प्रिमियर लिगमा पनि राम्रो...

भारतको एकमात्र कम्युनिस्ट राज्य केरलमा कंग्रेस गठबन्धनको ऐतिहासिक जित

१ घण्टा अघि   सेतोपाटी

केरल विधानसभा चुनावमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) नेतृत्वको 'लेफ्ट डेमोक्रेटिक फ्रन्ट' (एलडिएफ) को हारले धेरैलाई आश्चर्यमा पारेको छ। सन् २०२१ मा ९९ सिट जितेको भारतीय कम्युनिस्ट पार्टी यसपटक २६ सिटमा झरेको छ, जुन करिब २५ प्रतिशत मात्र हो। यहाँ २१...

३६ जना चिकित्सकको लाइसेन्स खारेज गरेकोमा एनआरएनएको आपत्ति

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ एनआरएनएले विदेशमा रहेका ३६ जना नेपाली चिकित्सहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका प्रवक्ता सोमनाथ सापकोटाले मंगलबार एक प्रेस विज्ञप्ति प्रकासित गरेर विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका नेपाली चिकित्सकहरूको...

संसदीय समितिमा पत्रकारको पहुँच सीमित गर्नेबारे सभामुख र समिति सभापतिबीच छलफल

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिमा पत्रकारहरूको पहुँच सीमित गर्ने विषयमा समितिका सभापतिहरूसँग छलफल गरेका छन्।  सभामुख अर्यालले सोमबार समिति सभापतिहरूसँग पत्रकारहरूको पहुँच सीमित गर्ने विषयमा छलफल गरेका हुन्।  नेपालमा संसदीय समितिहरूमा पत्रकारको प्रवेश खुला रहँदै आएको छ। प्रतिनिधि सभाको सार्वजनिक...

दलीयकरण विरूद्ध रास्वपाको कदम

२ घण्टा अघि   सेतोपाटी

अहिले कतिपय पाठकहरूले मेरो सन् २०२१ नोभेम्बरको एउटा ट्विट (पोस्ट) मलाई मेन्सन गरेर सोधिरहनुभएको छ — तपाईंको धारणा अहिले पनि यही, कि बदलिसक्यो? त्यो पोस्टमा मैले लेखेको थिएँ — डिजिटल 'फुटप्रिन्ट' को दुनियाँमा हामीले एक पटक बोलेका वा लेखेका कुरा हराउँदैनन्।...

भाजपाले कसलाई बनाउला पश्चिम बंगालका मुख्यमन्त्री? यी हुन् ६ दाबेदार

२ घण्टा अघि   सेतोपाटी

पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) को ऐतिहासिक जितपछि अब राज्यको नयाँ मुख्यमन्त्री को बन्ने भन्ने प्रश्न राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। विधानसभाका २९४ सिटमध्ये दुई-तिहाइ बहुमत ल्याएको भाजपाले अझैसम्म मुख्यमन्त्रीको नाम सार्वजनिक गरिसकेको छैन। तर विभिन्न नेताको नाम सम्भावित दाबेदारका रूपमा...

बैठक सुरू भएको आधा घण्टामै सांसदको हाजिरी सार्वजनिक गर्ने सभामुखको तयारी

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको बैठक सुरू भएको आधा घण्टाभित्रै अब सांसदहरूको हाजिरी सार्वजनिक गरिने भएको छ।  सभामुख डोलप्रसाद अर्यालले वैशाख २८ गतेबाट सुरू हुने संसद बैठकमा विद्युतीय हाजिरीको व्यवस्था गर्न लागेका हुन्। यसअघि नयाँ बानेश्वरस्थित संसद भवनमा पनि विद्युतीय हाजिरीको व्यवस्था गरिएको थियो। २०८२...

संसदीय समितिहरूले अब छुट्टाछुट्टै उजुरी नलिने

२ घण्टा अघि   सेतोपाटी

संसदीय समितिहरूले अब छुट्टाछुट्टै उजुरी नलिने भएका छन्।  विगतमा संसदीय समितिहरूले उजुरी लिने र त्यसउपर छलफल गर्ने गरेका थिए। समितिहरूले प्राप्त हुने उजुरी उपर छानबिन र जाँचबुझ गर्न उपसमिति समेत गठन गर्ने गरेका थिए।  प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सर्वसाधारणले...

आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

२ घण्टा अघि   सेतोपाटी

आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशक पदको जिम्मेवारी सह-सचिव रमेश अर्याललाई तोकिएको छ। यो विभागमा दुई साता अघिबाट महानिर्देशक रिक्त रहेको छ। अर्थ मन्त्रालयको मंगलबारको निर्णयबाट अर्याललाई निमित्तको जिम्मेवारी दिइएको हो। उनी यसअघि विभागको उप-महानिर्देशकमा कार्यारत थिए। बजेटको मुखमा विभागका तत्कालीन महानिर्देशक मदन दाहाललाई...

राष्ट्रपतिले आह्वान गरे संसद अधिवेशन

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसाे २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गरेसँगै राष्ट्रपतिले आह्वान गरेका हुन्।

तमिलनाडुको राजनीतिमा सिनेमाका सुपरस्टारको 'कनेक्सन'

३ घण्टा अघि   सेतोपाटी

भारतको तमिलनाडुमा भर्खरै सम्पन्न विधानसभा निर्वाचनमा तमिल सुपरस्टार थालापती विजयको पार्टी विजयी भएको छ। कुल २३४ सिट भएको विधानसभामा १०८ सिट जितेर उनले दुई वर्षअघि मात्र स्थापना गरेको 'तमिझगा वेत्री कजगम' (टिभिके) सबभन्दा ठूलो दल बनेको छ। पछिल्ला वर्षहरूमा राज्य...

पश्चिम बंगालमा पहिलो पटक भाजपाले बहुमत ल्याउनुका यी चार कारण

३ घण्टा अघि   सेतोपाटी

पश्चिम बंगाल विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ। भारतीय जनता पार्टी (भाजपा) २९४ मध्ये २०६ सिट जित्दै पश्चिम बंगालबाट पहिलो पटक सरकार गठन गर्न गइरहेको छ। ममता बनर्जीको तृणमूल कांग्रेस (टिएमसी) भने १५ वर्षको शासनपछि घटेर ८० सिटमा सीमित भएको...

शिवपुरी जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं टोखा नगरपालिका-१ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र एक महिलाको शव भेटिएको छ। मंगलबार शिवपुरी जंगलमा हत्या गरी गाडेको अवस्थामा तारकेश्वर नगरपालिका-३ तीनपिप्ले घर भएकी ४५ वर्षीया सरिता तिवारीको शव भेटिएको हो। उनी वैशाख ११ गते बिहान साढे ११ बजेतिर घरबाट निस्केकी...

खानदानी सुकुम्बासी बन्न नपरोस्!

३ घण्टा अघि   सेतोपाटी

‎फेसबुक स्क्रोल गर्दा कहिलेकाहीँ हिन्दी फिल्म 'हिन्दी मिडियम' को एउटा दृश्य अगाडि आउँछ। दृश्षमा दीपक डोबरियालले इरफान खानलाई गरिब हुन सिकाउँदै भन्छन् —  हामी खानदानी गरिब हौं। बाजे गरिब, जिजुबाजे गरिब...। ‎अस्तिसम्म यो भिडिओ हेर्दा खुब हाँसो लाग्थ्यो। अचेल त्यही दृश्यले...

सवारी लाइसेन्सको परीक्षाफल प्रकाशन गर्दा नागरिकता नम्बर सार्वजनिक नगर्न परमादेश

३ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले सवारी लाइसेन्सको परीक्षाफल प्रकाशन गर्दा नागरिकता नम्बर सार्वजनिक नगर्न परमादेश जारी गरेको छ। माघ १८ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले गरेको परमादेशको पूर्णपाठ सार्वजनिक भएको हो।  सवारी चालक अनुमति लिँदा दिइने परीक्षाफलको प्रकाशन गर्दा यातायात...

सलिनमानको कमब्याक, ल्याए 'युनिभर्सिटी अफ गुन्डाज' को टिजर

४ घण्टा अघि   सेतोपाटी

अभिनेता सलिनमान बानियाँ लामो समयपछि फिल्ममा फर्किएका छन्। उनले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर आफू अभिनित फिल्म 'युनिभर्सिटी अफ गुन्डाज'को टिजर सार्वजनिक गरेका छन्।  ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक टिजर एक्सनप्रधान छ। १ मिनेट १२ सेकेन्डको टिजरमा सलिनमानको एक्सन दृश्य...

भूमि आयोग निस्क्रिय पारेर अध्यादेशबाट ल्याइयो नयाँ समिति वा कार्यदल गठनको व्यवस्था

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न भूमिसम्बन्धी ऐन २०२१ का केही दफा खारेज गरेको उल्लेख गरेका छन्। सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले भूमि ऐनका ती दफा दीर्घकालीन समस्या समाधानमा अवरोधका रूपमा रहेका बताएका...

राष्ट्रिय खेलकुद परिषदका १९ जना बोर्ड सदस्य पदमुक्त

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसहित १९ जना पदमुक्त भएका छन्।  युवा तथा खेलकुद मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता मनिता श्रेष्ठका अनुसार खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आर्चायसहित १९...

सहकारी पीडितले ३३ वर्षदेखिको रकम फिर्ता पाउन बाँकी, सरकारले कसरी गर्दैछ फिर्ता?

४ घण्टा अघि   सेतोपाटी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आगामी जेठ पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरू गर्ने भएको छ। हाल यस्तो समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रूपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले उल्लेख गरेको छ।  समितिले बचत फिर्ताको लागि...

'महाराजधिराज' मा ८० भन्दा बढी कलाकारको सहभागितामा, गरियो मुहूर्त

४ घण्टा अघि   सेतोपाटी

फिल्म 'महाराजधिराज'को मंगलबार बिहान शुभमुहूर्त गरिएको छ।  बंगलामुखी मन्दिरमा शंखध्वनि र पञ्चेबाजासहित पूजा आयोजना गर्दै गरिएको मुहूर्तमा फिल्मका निर्देशक, मुख्य कलाकारहरूसहित निर्माण टिमको उपस्थिति रह्यो। पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत कलाकारहरू मुहूर्तमा सहभागी थिए। परिच्छेद सेनको निर्देशनमा...

थपक्क पन्थ मारेर बस!

४ घण्टा अघि   सेतोपाटी

हामी कति जनालाई याद छ, हाम्रा बा-आमाले हामीलाई केटाकेटीहरू चले भनेर ‘थपक्क पन्थ मारेर बस’ अर्थात् थपक्क पलेटी कसेर बस भनेर सम्झाएको। त्यति बेला गुन्द्री र सुकुल हुन्थ्यो, घरमा नै बनाइन्थ्यो। बस्न, सजिलो, परालबाट बन्ने त्यही सुकुल घरको पिँडीमा राखेर...

आसिफको ९४ रन र गुल्सनको ५ विकेटमा ओमानमाथि नेपालको सानदार जित

५ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र  ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले चारमध्ये तीन खेलमा जित निकाल्न सफल भएको छ। मंगलबार ओमानमाथि ८१ रनको जित निकालेसँगै नेपालले सिरिजमा तेस्रो जित निकालेको हो। यसअघि नेपालले युएईविरूद्ध दुवै खेलमा जित निकालेको थियो।...

शेखर गोल्छालाई हिरासतमा राख्न जिल्ला अदालतले दिएन अनुमति

५ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ। मंगलबार न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिए। ‘सर्वोच्च अदालतकै आदेश अनुसार धरौटी लिइसकेको र...

एक हप्ताभित्र मूल्य समायोजनको निर्णय नभए आयोजना निर्माण स्वतः बन्द हुन्छ- निर्माण व्यवसायी महासंघ

५ घण्टा अघि   सेतोपाटी

नेपाल निर्माण व्यवसायी महासंघले पूर्वाधार आयोजनाको मूल्य समायोजन गर्नको लागि सरकारलाई आग्रह गरेको छ। इन्धन सहित निर्माण सामाग्रीहरूमा अत्यधिक र अप्रत्यासित मूल्यवृद्धि भएको भन्दै महासंघले यथासक्य छिटो मूल्य समायोजन गर्न भनेको हो। मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस...