भद्रकालीमा सवारीसाधनको पूजा- तस्विर ३ मिनेट अघि थाहाखबर काठमाडौँ : सवारीसाधन, कलकारखाना तथा मेसिनरी सामग्रीको पूजा गरी बुधबार विश्वकर्मापूजा मनाइँदैछ। यसै अवसरमा काठमाडौँस्थित भद्रकाली देवीको मन्दिरमा आफ्ना सवारीसाधन पूजा गर्नेको घुइँचो लागेको छ। हेर्नुहोस् तस्विर-
जेन–जीको अब समझदारी र खबरदारी ७ मिनेट अघि सेतोपाटी कर्मकल्चर जेन–जी आन्दोलनले देशमा रातारात आकाश–जमिन फर्काइदिएझैं परिस्थिति बदलिएसँगै हाम्रो गाउँमा एउटा सानो छलफल चल्दै थियो। एउटा निर्माण कार्यका लागि समिति बनाउँदा को–कोलाई राख्ने भन्नेबारे सल्लाह हुन थाल्यो। सुरूमा त देशभरका पुराना पार्टी र नेताहरूको के–कस्तो बिजोग भयो भन्ने एकले अर्कोलाई...
रियल र आर्सनलको विजयी सुरुवात २१ मिनेट अघि थाहाखबर काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड र आर्सनलले विजयी सुरुवात गरेका छन्। आफ्नो पहिलो खेलमा दुवै टोलीले आ–आफ्नो मैदानमा जित हासिल गरे।आर्सनलले एथलेटिक क्लबलाई २–० ले पराजित गरेको छ भने रियलले १० खेलाडीका बाबजुत मार्सेलीलाई २–१ ले हराएको...
कर्णाली राजमार्ग अवरुद्ध २७ मिनेट अघि थाहाखबर जुम्ला : कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाले खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए। पहिरो पन्छाउन समय लाग्ने भएको...
नारायणगढ-मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन दुई घण्टा लाग्ने ४४ मिनेट अघि थाहाखबर काठमाडौँ : चितवनको इच्छाकामना गाउँपालिका- ५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो। मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको हो। मंगलबार साँझ ८ः५० बजेको समयमा इच्छाकामना गाउँपालिका-५ तुइनखोला स्थित...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना ५७ मिनेट अघि थाहाखबर काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती र लुम्बिनी...
सेनाका २२ जना सवार ट्रक दुर्घटना १ घण्टा अघि सेतोपाटी नेपाली सेनाका २२ जना सवार ट्रक दुर्घटना भएको छ। मंगलबार दिउँसो २:५० बजे मकवानवपुरको हेटौंडा उपमहानगरपालिका-१५ र बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ को सिमाना पर्ने चुरियामाइमा सेनाका जवान लगायतका कर्मचारी सवार ट्रक दुर्घटना भएको हो। मकवानपुर प्रहरीका अनुसार प्रधानसेनापती ब्यानर प्रतियोगिताको...
पाल्पा र नवलपरासीमा भारी वर्षा १ घण्टा अघि सेतोपाटी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा नवलपरासी र पाल्पामा भारी वर्षा भएको छ। महाशाखाका अनुसार नवलपरासीको देउरालीमा पछिल्लो २४ घन्टामा १२७.२, पाल्पाको जाल्पामा १२६.६ मिलिमिटर वर्षाभएको छ। २४ घन्टामा सय मिलिमिटरभन्दा माथिको वर्षालाई भारी...
ढुङ्गा खसेर लाग्दा बसका यात्रुको मृत्यु १ घण्टा अघि थाहाखबर चितवन : नारायणगढ-मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक यात्रुको मृत्यु भएको छ। तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका- ६ नाम्सीखोला पुलमा सडकमाथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्य कामी...
शिल्पीहरूले आज मनाउँदै छन् विश्वकर्मापूजा १ घण्टा अघि थाहाखबर काठमाडौँ असोज सङ्क्रान्ति अर्थात् विश्वकर्मापूजा। प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले बुधबार विश्वकर्माको पूजा–आराधना गर्दैछन्। सनातन धर्ममा विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन्। यो दिन विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ। प्रविधि...
बंगलादेशले अफगानिस्तानलाई हरायो १ घण्टा अघि थाहाखबर काठमाडौं : एसिया कप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ। अन्तिम ओभरसम्म निकै रोमाञ्चक बनेको खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो। बंगलादेशले टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको हो। यो जितसँगै बंगलादेशले शीर्ष ४ को सम्भावना...
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै १ घण्टा अघि सेतोपाटी आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरिन्छ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई...
आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा १ घण्टा अघि थाहाखबर काठमाडौं : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो। जारी विज्ञप्तिमा...
अरब सागर तथा बंगाल खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, यी स्थानमा भारी वर्षा हुने १ घण्टा अघि सेतोपाटी हाल मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थान आसपास (भारततर्फ) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिइको छ। विभागका अनुसार नेपालको मौसममा अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ। जसका कारण बुधबार देशभर साधारणतया...
अरब सागर तथा बंगालको खाडिबाट आइरहेछ जलवाष्पयुक्त हावा, पाँच प्रदेशमा भारी वर्षा हुने १ घण्टा अघि सेतोपाटी हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। त्यस्तै अरब सागर तथा बंगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। बुधबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ। दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो बागमती प्रदेश...
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकैको पहिरो थालियो पन्छाउन २ घण्टा अघि सेतोपाटी मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिकै खसेको पहिलो पन्छाउन थालिएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। मंगलबार साँझ साँझ ९ः०० बजेतिर पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो। पहिरो झर्ने क्रम नरोकिएकाले रातिको समयमा सवारीसाधन नचलाउने निर्देशन दिइएको सडक डिभिजनले...
९ हजारभन्दा बढी कैदी फरार, त्रासमा समाज २ घण्टा अघि थाहाखबर काठमाडौं : गत भदौ २३ र २४ गते जेनजीले गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि कारागार तोडेर फरार भएका १४ हजार ५४९ जना कैदी बन्दीमध्ये चार हजार ७७४ कैदीमात्रै सम्पर्कमा आएका छन्। नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई...
आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा २ घण्टा अघि सेतोपाटी सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो। जारी विज्ञप्तिमा भनिएको छ,...
एक घन्टामै सेवाग्राहीको काम हुने एउटा सरकारी कार्यालय २ घण्टा अघि सेतोपाटी मूल प्रवेशद्वारमा रहेको सिसाको ढोका खोलेपछि वातानुकूलित कोठामा पुगियो। झट्ट हेर्दा कुनै बैंकको काउन्टरजस्तो लाग्ने कोठाका सफा बेन्चमा बसेका व्यक्तिहरू कोही टिभी हेर्दै, कोही मोबाइल चलाउँदै छन्। कोही लेख्दै, कोही अघिल्तिरको काउन्टरमा उभिएर सोधपुछ गर्दै छन्। काउन्टरभित्र कर्मचारीहरू काममा व्यस्त...
डेढ अर्बमा बनेर ६२ अर्बभन्दा बढी कमाएको फिल्म ९ घण्टा अघि सेतोपाटी 'हरर' फिल्म अर्थात् भूतप्रेतको कथा भएको डरलाग्दो फिल्म हेर्नु आफैमा एउटा अलग अनुभव हो। हरर फिल्महरू सस्पेन्स र डरले भरिएका हुन्छन्। केही हरर फिल्म त यस्ता हुन्छन्, जसलाई एक्लै हेर्दा डरले पसिना छुट्छ। गल्तीले रातमा यस्तो फिल्म हेरियो भने एक्लै बाथरूम जानै मुस्किल...
जेनजी आन्दोलन : मानव अस्थिपञ्जरको पहिचानमा सहयोग गर्न प्रहरीको अनुरोध १० घण्टा अघि थाहाखबर काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँले मानव अस्थिपञ्जरहरू भेटिएकाले हराई, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन अनुरोध गरेको छ। यही भदौ २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी...
सचिवहरूको निर्णय : काममा बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिका खारेज गर्ने १० घण्टा अघि थाहाखबर काठमाडौँ : नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ। आज यहाँ भएको बैठकले विद्यमान खरिद ऐन तथा नियमावलीले...
'सैयारा' की हिट अभिनेत्री अब देखिने छिन् यो फिल्ममा १० घण्टा अघि सेतोपाटी हालै सिनेमाघरमा धमाका मच्चाएको फिल्म 'सैयारा' की अभिनेत्री अनीत पड्डा अब फातिमा सना शेखसँग नयाँ फिल्ममा देखिन लागेकी छन्। यो फिल्मको मुख्य भूमिकामा बेलायती ड्रामा सिरिज 'इन्डियन समर्स' का अभिनेता अर्जुन माथुर पनि छन्। यो 'कोर्ट रूम ड्रामा' हो जसको शीर्षक 'न्याय'...
पहिरो खसेर नारायणघाट–मुग्लिन सडक अवरूद्ध १० घण्टा अघि सेतोपाटी तुइन खोला नजिकै सुख्दखा पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडक अवरूद्ध भएको छ। मंगलबार राति पौने ९ बजेतिर चितवनको इच्छाकामना-५ स्थित सडकमा पहिरो खसेको हो। सो ठाउँमा सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। त्यसैगरी इच्छाकामना-६ स्थित नाम्सी खोलामा पनि पहिरो...