ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उम्मेदवारी फिर्ता गराउन प्रचण्ड र माधव नेपालले हरिबोललाई दिए निर्देशन

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सिन्धुली–२ को बागी उम्मेदवार महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन हरिबोल गजुरेललाई निर्देशन दिएका छन्। मंगलबार पार्टी मुख्यालयको तर्फबाट विज्ञप्ति जारी गर्दै प्रचण्ड र नेपालले दाहालको उम्मेदवारी फिर्ता...

नेकपा एमालेबाट सर्लाही-४ को उमेदवार बनेका अमनिश यादव को हुन्?

२६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले सुरूमा सर्लाही क्षेत्र नं ४ का लागि रविसिंह कुशवाहालाई उम्मेदवार तय गरेको थियो। सचिवालय बैठकले निर्णय गरेर नै कुशवाहा उम्मेदवार भएका थिए। तर अन्तिम समयमा कुशवाहाको सट्टा २७ वर्षीय अमनिसकुमार यादवलाई उम्मेदवार बनायो। जसले त्यहाँको चुनावी प्रतिस्पर्धा रोचक...

कांग्रेस सभापति सर्लाही जानुको सन्देश

२८ मिनेट अघि   सेतोपाटी

आगामी फागुन २१ को निर्वाचनको तरंग मधेसलाई केन्द्र बनाएर देशैभरि फैलिसकेको छ। दोस्रो धेरै निर्वाचन क्षेत्र, ३२ वटा रहेको मधेस प्रदेशको मुड नै राजनीतिक दलहरूको भविष्य निर्धारक बन्न सक्ने देखिँदा यहाँ सबैको चासो रहनु स्वाभाविक हो। म आफै कांग्रेसमा आवद्ध भएको...

बाल मनोविज्ञानको कथा लिएर आउँदै 'रोल नं. १', तोकियो प्रदर्शन मिति

३५ मिनेट अघि   सेतोपाटी

फिल्म 'रोल नं. १' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले शुक्रबार वसन्तपञ्चमीको अवसर पारेर प्रदर्शन मिति सार्वजनिक गरेको हो।  सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्म आगामी वर्ष २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) को अवसर पारेर प्रदर्शनमा आउनेछ।...

जेनजी अभियानी अजय सोडारी माइतीघरमा ४ दिनदेखि आमरण अनसनमा

४६ मिनेट अघि   सेतोपाटी

जेनजी अभियानी २६ वर्षीय अजय सोडारी ४ दिनदेखि काठमाडौं माइतीघर मण्डलमा आमरण अनसन बसिरहेका छन्। ६ बुँदे माग राख्दै अजय माघ ५ गतेदेखि माइतीघरमा आमरण अनसन बसेका हुन्। माग पूरा नभएसम्म आमरण अनसनमा बसिरहने उनले जानकारी दिए। उनका अनुसार निवार्चन गतिविधि तत्काल रद्द...

ए डिभिजनको नवप्रवेशी श्री भगवतीले गर्‍यो जनजागृतिविरूद्ध पाँच गोल

४६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ मा ए डिभिजन लिगको नवप्रवेशी क्लब श्री भगवती क्लब टोखाले पहिलो जित दर्ता गराएको छ। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा भगवतीले नव जनजागृति क्लबमाथि ५-१ गोलको जित हात पारेको हो। भगवतीको जिमा अजयी मार्टिन्सले २ मिनेटमा...

रास्वपालाई समर्थन गर्दै डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ मा उम्मेदवार बनेका डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्दै उम्मेदवार फिर्ता लिएका हुन्। त्यहाँबाट रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार छन्।

दयाहाङ, सौगात र तेरियाले दाङबाट थाले 'मितज्यू' को छायांकन

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'घरज्वाइँ' निर्देशन गरेका अनिल बुढा मगरको दोस्रो फिल्म 'मितज्यू' को छायांकन सुरू भएको छ। शुक्रबार वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन शुभारम्भ गरिएको हो। धार्मिक विधिपूर्वक पूजा गर्दै पहिलो दृश्य खिचिएसँगै फिल्मको छायांकन थालिएको निर्माता जनक...

आशिका तामाङले उम्मेदवारी फिर्ता लिने भन्दै गरिन् निर्वाचन अधिकृतलाई फोन र इमेल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिन भनेर निर्वाचन अधिकृतलाई सम्पर्क गरेकी छन्। शुक्रबार दिउँसो तामाङले निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए। ‘उहाँले अघि उम्मेदवारी फिर्ता...

गोरखामा रास्वपाले खोज्यो बाबुरामको साथ

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गोरखा–२ मा डा. बाबुराम भट्टराईको साथ खोजेको छ। गोरखा–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट भट्टराई उम्मेदवार छन्। २०६४ देखि २०७४ सम्म सांसद निर्वाचित भएका भट्टराईले यसपटक चौथोपटक उम्मेदवार छन्।  त्यहाँबाट लगातार चुनाव जित्दै आएका भट्टराईलाई यसपटक महामन्त्री...

सानेपामा कांग्रेस पार्टीको चहलपहल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केहीबेरमा बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई बोलाइएको छ। पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति आएको थियो। साथै...

'धुरन्धर' पछि 'बोर्डर २' पनि ६ खाडी देशहरूमा प्रतिबन्धित

२ घण्टा अघि   सेतोपाटी

प्रतीक्षित बलिउड फिल्म 'बोर्डर २' शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको छ। सनी देओल र वरूण धवन अभिनीत फिल्म मध्यपूर्वका विभिन्न देशहरूमा भने प्रदर्शन नहुने भएको छ। भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा निर्माण गरिएको फिल्ममा पाकिस्तान विरोधी भावना झल्किएको ठहर गर्दै गल्फ क्षेत्रका केही देशहरूले...

जापानकी प्रधानमन्त्रीले गरिन् संसद विघटन, १६ दिनपछि मतदान हुने गरी चुनाव घोषणा

२ घण्टा अघि   सेतोपाटी

जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संसद विघटन गरेकी छन्। प्रधानमन्त्री ताकाइचीले शुक्रबार संसदको तल्लो सदन (प्रतिनिधि सभा) विघटन गर्दै आकस्मिक निर्वाचन घोषणा गरेकी हुन्। जापान टाइम्सका अनुसार प्रधानमन्त्री ताकाइचीले फेब्रुअरी ८ मा चुनाव घोषणा गरेकी छन्। जापानको इतिहासमा अहिलेसम्मकै छोटो समयमा...

रूपन्देही-२ मा राप्रपा उम्मेदवार कार्भिकाले लिइन् उम्मेदवारी फिर्ता

२ घण्टा अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी कार्भिका थापाले उम्मेदवारी फिर्ता गरेकी छन्। अमेरिकाको ग्रीन कार्ड लिएकी थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी हुन्। थापा राप्रपा नेता एवं पूर्व कानुनमन्त्री निरन्जन थापाको छोरी हुन्। उनी अमेरिका जाने आउने गर्दै...

एक्सनप्रधान फिल्म 'परिवर्तन' शुक्रबारदेखि देशभर प्रदर्शनमा

२ घण्टा अघि   सेतोपाटी

एक्सनप्रधान नेपाली फिल्म 'परिवर्तन' शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर प्रदर्शनमा आएको फिल्मको शीर्ष भूमिकामा अभिनेता सुशील श्रेष्ठ छन्।  यो फिल्मले अन्याय, संघर्ष र प्रतिशोधको कथालाई केन्द्रमा राख्दै समाजमा देखिने विकृति र त्यसविरूद्ध उठ्ने पात्रहरूको लडाइँलाई प्रस्तुत गर्छ।...

मनाङमा उम्मेदवारी फिर्ता लिन एमाले र राप्रपाको निवेदन

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूले मनाङमा उम्मेदवारी फिर्ता लिन निवेदन दिएका छन्। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार केही बेरअघि एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरूङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरूङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन्। ‘उहाँहरूले...

सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदमा कर्मचारी (विज्ञापनसहित)

२ घण्टा अघि   सेतोपाटी

सामाजिक सुरक्षा कोषमा रोजगारीको अवसर खुलेको छ। कोषले शुक्रबार विज्ञापन प्रकाशन गर्दै नवौं तहदेखि चौथो तहसम्मका कर्मचारी माग गरेको हो। कोषले जारी गरेको सूचनाअनुसार प्रशासन, वित्त, लगानी, कानुन, कम्प्युटर इन्जिनियरिङ लगायतका समूहमा १६ जना कर्मचारी माग गरेको हो। उमेर हद...

दुई पक्षबीच झडप हुँदा रातभरि तनावग्रस्त बनेको भक्तपुरको बाल सुधार गृह (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

भक्तपुरको बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा उत्पन्न भएको तनाव अहिले सामान्य भएको छ। बिहीबार राति १० बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जवेगुले जानकारी दिए। उनका अनुसार सुधार गृहका क्याप्टेन सहितको समूहले करिब १२...

राष्ट्रपति र प्रधानमन्त्रीले गरे वसन्त श्रवण (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन्। त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान...

कांग्रेसले माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा गर्ने भएको छ। जनकपुरमा उक्त सभा हुनेछ। कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले जानकारी दिए। त्यसका लागि आजको केन्द्रीय समितिमा छलफल भई निर्णय हुनेछ। कांग्रेसले चुनावकेन्द्रित...

सुनको प्रतितोला मूल्य तीन लाख नाघ्यो!

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ।  लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि बुधबार पनि सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको...

पाँचवटा चुनावमा आफ्नै कमाण्डर बनेका ठाकुर गैरेसँग दोस्रो पटक भिड्दैछन् सोमप्रसाद पाण्डे

४ घण्टा अघि   सेतोपाटी

पाल्पाको क्षेत्र नंं २ बाट सोमप्रसाद पाण्डेले चार पटक चुनाव जिते।  २०५१, २०५६, २०६४, २०७० र २०७४ मा उनी पाल्पा-२ मा एमालेबाट उम्मेदवार थिए। ०६४ बाहेक सबै चुनावमा उनी विजयी भए।  ती पाँच वटै निर्वाचनमा पाण्डेको चुनावी कमाण्डर थिए ठाकुर...

युएईमा हुँदैछ रूस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय छलफल

४ घण्टा अघि   सेतोपाटी

युक्रेनमा चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि शुक्रबार त्रिपक्षीय छलफल हुने भएको छ। संयुक्त राज्य अमेरिका, रुस र युक्रेनी उच्च अधिकारीहरुबीच शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा छलफल हुने तय भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। बिहीबार अमेरिकी...

सरस्वती पूजामा अक्षरारम्भ (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

हिन्दु धर्मावलम्बीहरूले शुक्रबार बसन्त पञ्चमी अर्थात् सरस्वती मनाउँदैछन्।   आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्नेको भिड लाग्छ।  आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा विद्यालय तहमा...