ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस ज्युँदाहरूको पार्टी हो– गगन थापा

७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन्। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा उनले उक्त कुरा बताएका हुन्। महामन्त्री थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाहरूको मात्र होइन,...

सोमबार बिहान १० देखि अपराह्न ४ बजेसम्म बन्दसूचीबाट नाम फिर्ता लिन सकिने

१५ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले सोमबार बिहान १० देखि अपराह्न ४ बजेसम्म समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन चाहनेले लिनसक्ने जानकारी दिएको छ। आइतबार सूचना जारी गर्दै आयोगले बन्दसूचीबाट नाम फिर्ता लिन सक्ने बताएको हो। ‘२०८२ साल फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा...

यहाँ कुनै बा छैन, प्रश्न मरेको छैन- गगन थापा

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सदस्यले मागेका कारण विशेष महाधिवेशन भएकाले कहाँ पुगेर टुङ्गिन्छ भन्ने आफूलाई थाहा नभएको बताएका छन्।  विशेष महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्री थापाले आफू समेत महाधिवेशन प्रतिनिधिले बोलाएको पाहुना भएको टिप्पणी गरे।  ‘सदस्यले मागेको विशेष महाधिवेशन...

देशलाई अँध्यारोबाट मुक्त गर्न २५/२६ वर्षका केटाकेटीले स्थापना गरेका थिए कांग्रेस : गगन थापा

२० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस राष्ट्रिय जिम्मेवारी बहन गर्ने पार्टी भएको बताएका छन्।  ‘नेपाली कांग्रेस बनाउँदा मन्त्री प्रधानमन्त्री बन्नका लागि बनाइएको थियो।  कांग्रेसको स्थापना २५/२६ वर्षका केटाकेटीले खोलेका थिए। त्यतिखेर उनीहरू प्रधानमन्त्री मन्त्रि बन्नका लगि कांग्रेस बनाएका थिएनन्।...

६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

२० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी दिइयो। देशभरबाट कुल ४...

मेरो शरीरमा बिपी र गणेशमानको रगत छैन, बिपीको विचार र गणेशमानको साहस छ– गगन थापा

२३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू बिपी कोइराला र गणेशमान सिंहको छोरा नभए पनि उनीहरूको विचार बोकेर हिँडेको कांग्रेसको सच्चा सिपाही भएको बताएका छन्। कांग्रेसको दोस्रो विशेष महाधिवेशनको जारी उद्घाटन सत्रमा महामन्त्री थापाले भने, 'म बिपीको छोरा होइन, म गणेशमानको...

'दिपल इ०७ ट्रान्सफर्मर एक्स' सार्वजनिक हुँदै, के छन् विशेषता?

२९ मिनेट अघि   सेतोपाटी

ट्रान्सफर्मर एसयुभी दिपल इ०७ लाई नेपाली अटो बजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले इभीको नयाँ ग्राउन्ड ब्रेकिङ संस्करण ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ। इ०७ले एउटा बटन थिच्ने बित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुने क्षमतामार्फत एसयुभीको...

'संगी' बोलको गीत सार्वजनिक (भिडिओ)

३१ मिनेट अघि   सेतोपाटी

गायक शान भुसालको स्वरमा तयार भएको नयाँ प्रेमगीत 'संगी' सार्वजनिक भएको छ। कपिलराज गिरीको शब्द रहेको गीतमा गायनमा शानलाई सलिना बिकेले साथ दिएकी छिन्।  गीतमा संगीत गायक शानकै छ भने एरेन्ज दीक्षित पौडेलको हो। भिडिओमा पल शाह र सजीना श्रेष्ठको केमेस्ट्री आकर्षक...

दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते

३८ मिनेट अघि   सेतोपाटी

दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन्। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना...

राजाको छोरा राजा हुने राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर जनता रिसाएका हुन्- गगन थापा

४१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाहरूको मात्र होइन, देशभरका लाखौं लाख नागरिको आक्रोश सडमा अभिव्यक्त भएको बताएका छन्। 'राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो-बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन्। र, आम...

प्रत्येकको असन्तुष्टि केस्राकेस्रा विशेष महाधिवेशनमा केलाउनेछौं-

४८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा प्रत्येक नागरिकको असन्तुष्टिको केस्राकेस्रा केलाउने बताएका छन्।  आइतबार नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै उनले सबै नेपाली नागरिकको असन्तुष्टिलाई केलाएर छलफल गर्ने बताएका हुन्। ‘आदरणीय आमाबुबा, दिदीबहिनी दाजुभाइहरू कसैले लाइभ हेर्दै हुनुहुन्छ, कसैले युट्युबमा...

कसैले घाम ताप्न आएका थिए भन्देलान् भनेर रातिसम्म राख्यौं- विश्वप्रकाश शर्मा

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्र अझै जारी छ।  दिउँसो २ बजेदेखि सुरू भएको उद्घाटन सत्रमा नेताहरूले बोल्ने क्रम जारी छ। विशेष महाधिवेशन प्रतिनिधिहरू र नेता कार्यकर्ताहरू भृकुटीमण्डपमा गगन र विश्वप्रकाश शर्माका सम्बोधन कुरेर बसेका छन्। अहिले महामन्त्री शर्मा बोलिरहेका...

जसपा नेपालले राष्ट्रिय सभा निर्वाचनमा मधेसबाट दिएको उम्मेदवारी गर्‍यो निष्क्रिय

५४ मिनेट अघि   सेतोपाटी

जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि महिला, अल्पसंख्यक र दलित समूहमा दिएको उम्मदेवारी निष्क्रिय गरेको छ। जसपा नेपाल र लोसकपा नेपालले आइतबार सहमति गर्दै मधेस प्रदेशमा अलग्गै दिएको उम्मेदवारी निष्क्रिय तुल्याएका हुन्। राष्ट्रिय सभा निर्वाचनमा...

नेपालमा थपियो नयाँ ओटिटी प्लेटफर्म, 'युएनए डिजिटल' शुभारम्भ

५७ मिनेट अघि   सेतोपाटी

नेपालमा नयाँ नेपाली ओटिटी प्लेटफर्म 'युएनए डिजिटल' शुभारम्भ भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटिटी शुभारम्भ गरेका हुन्। यस कम्पनीका सीइओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाईं हुन्।...

गगन र विश्वप्रकाश भोलिका कांग्रेस, शेरबहादुर देउवा हिजोका कांग्रेस– महेश आचार्य

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भोलिका कांग्रेसका रूपमा सम्बोधन गरेका छन्। भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा आचार्यले सभापति शेरबहाददुर देउवा र उनी निकट नेताहरूलाई भने हिजोका कांग्रेसका रूपमा टिप्पणी गरे। ...

विशेष महाधिवेशनलाई समर्थन गर्दै हात हातमा बालियो मोबाइलको प्रकाश

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो मन्तव्य क्रममा सहभागीहरूलाई मोबाइलको लाइट बालेर विशेष महाधिवेशनको पक्षमा समर्थन जनाउन आह्वान गरे। महामन्त्री शर्माले जसै यो आह्वान गरे, भृकुटीमण्डपस्थित उद्घाटन सत्रका सहभागीहरूले आ-आफ्नो हातमा मोबाइल झिकेर त्यसको लाइट बाले। हात हाता चम्किएको मोबाइलको प्रकाशले महाधिवेशन...

यी हुन् जसपा नेपाल र लोसपा नेपाल एकता भएर बनेको केन्द्रीय कमिटीका सदस्यहरू

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकता भएर ४३ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ। गत पुस १३ गते भएको दुई पार्टी एकता गर्ने सैद्धान्तिक सहमतिअनुसार आइतबार ४३ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको हो। सहमतिअनुसार...

गगनको साहसका कारण कांग्रेस कार्यकर्ताको शीर ठाडो भएको छ- सहमहामन्त्री मन्सुर

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगनकुमार थापाका कारण कांग्रेस कार्यकर्ताको शीर ठाडो भएको बताएका छन्। आइतबार नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै उनले कार्यकर्ताको शीर ठाडो बनाउन महामन्त्री थापाको भूमिका रहेको बताए। ‘गगनकुमार थापाको भिजन र साहसको कारण आज देशभरिका...

भृकुटीमण्डपमा पुष्पा भूसालले सम्झिइन् शैलजा आचार्य

१ घण्टा अघि   सेतोपाटी

कांग्रेस नेता पुष्पा भूसालले आफ्नो मन्तव्यका क्रममा स्वर्गीय नेता शैलजा आचार्यलाई सम्झिएकी छन्।  विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब बन्ने कांग्रेस शैलजा आचार्यले भनेजस्तो दुबोसरी फैलिनुपर्ने बताएकी हुन्।  ‘अब नेपाली कांग्रेसलाई बामगठबन्धनबाट मुक्त बनाउन पर्छ। नेपाली जनताको कांग्रेस बनाउनुपर्छ। हाम्रो...

भृकुटीमण्डपमा गगन-विश्वप्रकाशको पर्खाइ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको उद्घाटन समारोहमा वक्ताहरूले सम्बोधन गरिरहेका छन्।  दिउँसो २ बजेदेखि सुरू भएको उद्घाटन समारोहमा विभिन्न जिल्लाका सभापति, प्रदेश सभापति, केन्द्रीय नेताहरूले बोलिसकेका छन्। साँझ हुँदासम्म महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलिसकेका छैनन्।  विशेष महाधिवेशनको आह्वानकर्ता गगन थापा र...

कांग्रेस विशेष महाधिवेशनको बन्द सत्र भोलि बिहान ८ बजे

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजे सुरू हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा अहिले जारी उद्घाटन कार्यक्रममा यो जानकारी दिइएको हो। अहिले उद्घाटन सत्रमा नेताहरूको शुभकामना मन्तव्यको क्रम जारी छ। त्यसबीच ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको...

जसपा नेपाल र लोसपाबीच एकीकरणबारे यी हुन् आज भएका १२ बुँदे सहमति

१ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच  एकीकरणसम्बन्धी आइतबार १२ बुँदे सहमति भएको छ। गत पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच सहमति भई एकीकरण गर्ने संयुक्त प्रेस विज्ञप्ति जारी भएको थियो, उक्त...

प्रदीप पौडेलको प्रश्न– नेतृत्व रक्षाका लागि कांग्रेस समाप्त गर्ने कि भविष्यका लागि नेतृत्व फर्ने?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विशेष महाधिवेशन माग गर्नेहरूलाई पार्टी फुटाउन लाग्यो भनेर भन्न नपाइने टिप्पणी गरेका छन्। विशेष महाधिवेशनको उद्घाटन समारोहमा पौडेलले सभापति शेरबहादुर देउवालाई लक्ष्य गर्दै बहुदलीय व्यवस्थामा गणितको ख्याल गर्न आग्रह गरे। 'कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले, जसले कांग्रेसको निम्ति जीवन समर्पण गर्नुभयो, कसैले...

शेखर कोइरालाको आवाज साकार गर्न आएँ- केदार कार्की

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका ‍पूर्वमुख्यमन्त्री केदार कार्कीले आफू शेखर कोइरालाको आवाजलाई साकार पार्न भृकुटीमण्डप आएको बताए।  भृकुटीमण्डपको कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ' उहाँको आवाजलाई साकार गर्न पनि म यहाँको आएको हुँ। अहिलेको नेतृत्वले टिकट दिए म लिन्नँ...