आमासँग अस्पताल धाउँदा देखेका थिए डाक्टर बन्ने सपना, मजदुरी गरेर पढ्दै निकाले नाम
सुनिता साफी प्रायः जसो अस्पताल धाइरहन्थिन्। उनलाई टाउकोमा कीरा हिँडिरहेजस्तो लाग्थ्यो। यही समस्या लिएर उनी धेरै ठाउँ, धेरै पटक जँचाउन पुगिन्। अस्पताल जाँदा प्रायः आफ्ना छोरा सत्यनारायणलाई लिएर जान्थिन्। त्यति बेला सत्यनारायण १४–१५ वर्षका मात्र थिए। सिराहा बरियारपट्टी गाउँपालिका वडा...
