सर्लाही–२ मा महिन्द्र राय यादव र राजेन्द्र महतोको वर्षौंदेखिको रोचक प्रतिस्पर्धा यसपालि पनि
सर्लाही क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महिन्द्र राय यादव र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोबीचको रोचक प्रतिस्पर्धा यसपालि पनि हुने भएको छ। यी दुई उम्मेदवारसँगै प्रमुख पार्टीहरू नेपाली कांग्रेसका तर्फबाट डा. सरोज यादव, नेकपा...
