३० मिनेटभित्र सार्वजनिक जग्गा र सुकुम्बासीको विवरण मागिएको त्यो पत्र!
झापाका विभिन्न नौवटा इलाका प्रहरी कार्यालयमा वैशाख १० गते बिहीबार दिउँसो ३ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट एउटा जरूरी पत्र आइपुग्यो। त्यो पत्रले ती प्रहरी युनिटका प्रमुखहरूलाई झसंगै बनायो। किनभने, पत्रमा ३० मिनेटभित्र सार्वजनिक जग्गामा बसेका सुकुम्बासी, अव्यवस्थित बसोबासी लगायतको विवरण...
