ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मुस्ताङमा भारी हिमपातपछि सम्पर्कविहीन भएका १५ जनालाई भेट्टायो सेनाले, याकखर्क ल्याइँदै

२ मिनेट अघि   सेतोपाटी

मुस्ताङ घुम्न गएर सम्पर्कविहीन भएका १५ जनालाई नेपाली सेनाले फेला पारेको छ।  मुस्ताङको हिडन भ्यालीमा घुम्न जाँदा हिउँ परेपछि सम्पर्कबिहीन भएका तीन जना बेलायती नागरिक र १२ जना नेपालीलाई सेनाले भेट्टाएको छ। तीन दिनपछि नेपाली सेनाको टोलीले घरपझोङ गाउँपालिकामा रहेको हिडन भ्यालीबाट...

झलनाथ खनालसँग वार्ता: माधव नेपालले पार्टी फुटाएरै माओवादीमा मिसिने हुनुभयो, हामी जाँदैनौं

१२ मिनेट अघि   सेतोपाटी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। यो केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने सम्भावना छ। तर सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालसहित कम्तीमा तीन जना पदाधिकारी र केही स्थायी कमिटी सदस्य यो माओवादी केन्द्रसँगको एकतामा...

तोलाको २७ सयले बढ्यो सुन

१४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ बढेको छ।  अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ।...

शुक्रबार तोलामा दुई हजार सात सयले बढ्यो सुन

१४ मिनेट अघि   सेतोपाटी

लगातर घट्दो क्रममा रहेको सुनको भाउ शुक्रबार बढेको छ।  बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई हजार सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार...

शेखर-गगन र विश्वप्रकाशबीच भेटवार्ता, के विषयमा भयो कुराकानी?

२० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूसँग छलफल गरेका छन्। कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आज बिहान भएको छलफलमा संस्थापनइतर पदाधिकारीहरूलगायत नेताहरू सहभागी थिए। नेता कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री जीवन परियार...

महाकाली सिँचाइ आयोजना : ९ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

३४ मिनेट अघि   थाहाखबर

महेन्द्रनगर : कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि शुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ। साथै आयोजनामा नौ अर्ब लगानी भइसकेको छ। बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन क्षेत्र...

धमाधम ठेक्का तोडिन थालेपछि निर्माण व्यवसायी पुगे अर्थमन्त्रीकोमा, के राखे गुनासो?

३८ मिनेट अघि   सेतोपाटी

सरकारले धमाधम ठेक्का तोड्ने सूचना जारी गर्न थालेपछि नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई भेटेर निर्माण उद्योगका समस्याबारे 'ब्रिफिङ' गरेको छ। महासंघले निर्माण उद्योगसँग सम्बन्धित अव्यवहारिक ऐन, नियम संशोधनका लागि मन्त्री खनालको ध्यानाकर्षण गराएको छ। जबाफमा मन्त्री...

उद्योग परिसंघले भन्यो- विद्युत महसुल विवादले औद्योगिक वातावरण बिग्रियो, सरकार र उद्योगी संवादमा बस

४५ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग परिसंघले डेडिकेटेड र ट्रंकलाइनको विद्युत महसुलका विषयमा संवादमा बस्न सरकार र सम्बन्धित उद्योगीलाई आग्रह गरेको छ। ६ ठूला उद्योगसहित २५ उद्योगमा लाइन काटिएका कारण उत्पादन प्रभावित भएको अवस्थामा परिसंघले वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको हो। डेडिकेटेड र...

धनकुटामा बस दुर्घटना, एकजना घाइते

५६ मिनेट अघि   थाहाखबर

धनकुटा : धनकुटा नगरपालिका–९ तिनघुम्ति स्थित कोशी लोकमार्गमा आज बिहान दमकबाट दिक्तेलतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एकजना घाइते भएकी छन्। प्रहरीका अनुसार प्र १–०२–००१ ख ९५१९ नम्बरको बसको हावाको पाइप अचानक पड्किँदा गाडी अनियन्त्रित भई सडकमा पल्टिएको हो।...

कांग्रेसको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेकाहरूले बोलाए भेला

५६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले भेला बोलाएका छन्। विशेष महाधिवेशन माग गर्दै असोज २९ गते हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले भेला बोलाएका हुन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरे पनि त्यसअनुसार कांग्रेसले प्रक्रिया सुरू गरेको छैन भने नियमित महाधिवेशनमा नेताहरूले जोड...

मजदुरबाट सफल व्यवसायी बनेका जयप्रकाश

५६ मिनेट अघि   थाहाखबर

कञ्चनपुर : विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान बनेका छन्। दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै तरकारी उत्पादन गरी बिक्री गरेर...

जेनजी प्रदर्शनको क्षति बुझ्न गएका जाँचबुझ आयोगका सदस्यलाई सुुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले हप्काए, दुर्व्यवहार गरे

५७ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न कञ्चनपुर पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले दुर्व्यवहार गरेका छन्। नेकपा (एमाले)का नेता रहेका पूर्वमुख्यमन्त्री रावलले आयोगका सदस्यलाई भण्डारीलाई गालीगलौज गरी दुर्व्यवहार गरेका हुन्। बिहीबार आयोगको टोली जेनजी आन्दोलनमा...

घरजग्गा कारोबार गर्ने कम्पनीलाई भूमि व्यवस्था विभागले लाइसेन्स वितरण गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ।  विभागले एक सूचनामार्फत तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ। अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र...

मुग्लिन-नारायणगढ सडक पहिरोले अवरुद्ध

१ घण्टा अघि   थाहाखबर

चितवन : मुग्लिन-नारायणगढ सडक पहिरोका कारण अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो। ...

सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

१ घण्टा अघि   सेतोपाटी

तुइन खोलामा पहिरो झर्न रोकिएकाले मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। अविरल वर्षातका कारण शुक्रबार बिहानदेखि तुइन खोलामा ढुंगा खस्न थालेको थियो। ‘पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ।...

बारागढी गाउँपालिका–६ का अध्यक्षको निधन

१ घण्टा अघि   थाहाखबर

बारा : बारागढी गाउँपालिका–६ का वडाध्यक्ष निरज साह तेलीको निधन भएको छ।  ४६ वर्षीय तेलीको उपचारको क्रममा वीरगन्ज नेसनल मेडिकल कलेजमा निधन भएको उनका काका बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले बताए।  उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। दोस्रो...

बन्द उद्योगहरू खुलाउन कोशीका मुख्यमन्त्रीको माग

१ घण्टा अघि   सेतोपाटी

विद्युत महसुल विवादले उद्योगहरुको लाइन काटिएर बन्द हुने अवस्थालाई अस्वाभाविक भन्दै कोशी प्रदेश सरकारले उद्योग संचालन गर्ने वातावरण बनाउन संघीय सरकारसँग माग गरेको छ। यसले प्रदेशको अर्थतन्त्रमा मात्र नभई स्थानीय स्तरमा रोजगारीमा समेत प्रत्यक्ष असर परेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री...

असन्तुष्टलाई पेलेरै आज पार्टी एकता घोषणा गर्दै माधव नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक शुक्रबार सकिँदैछ ।  बुधबार शुुरु भएको बैठक शुक्रबार नेताहरूले बोल्ने क्रम सकिएसँगै सकिने सचिव शेरबहादुर कुँवरले जानकारी दिए। बैठकले खासगरी माओवादीसँगको एकताको विषयलाई मुख्य एजेण्डा बनाएको थियो। तर, अध्यक्ष माधवकुमार नेपाल पक्ष...

बेलायती राजाका भाइ एन्ड्रयुको राजकुमार पद खोसियो

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : बेलायतका राजा चाल्र्सले भाइ एन्ड्रयूको ‘राजकुमार’ उपाधि खोस्नु भएको छ।  पद खोसिएसँगै एन्ड्रयुले आफ्नो विन्डसरस्थित निवास लगायतका शाही सुविधा छाड्नपर्ने भएको छ। यौन अपराधी ठहर भएका अमेरिकाका जेफ्री एपस्टीनसँगको सम्बन्धका कारण हप्तौँदेखि भइरहेको छानबिनपछि एन्ड्रयुको राजकीय पदवी हटाउने...

तुइन खोलामा झर्न थाल्यो ढुंगा, नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध

२ घण्टा अघि   सेतोपाटी

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिकै पुनः ढुंगा खस्न थालेको छ। शुक्रबार बिहानैदेखि ढुंगा खस्दा दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ। अहिले पनि ढुंगा खसिरहेकाले पहिरो पन्छाउन नसकिएको सडक डिभिजनले जानकारी दिएको छ। ‘ढुंगाहरू झर्ने...

मेची राजमार्ग फेरिअवरुद्ध

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वर्षाका कारण मेची राजमार्ग फेरि अवरुद्ध भएको छ।  गत असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो। हिरोमाथिनै सडक ट्याक बनाएर पुनः सडक सञ्चालन गरिए पनि वर्षाका कारण फेरि सडक अवरुद्ध भएको...

के विदेश बस्ने नेपालीका लागि दूतावासहरूले भोट हाल्ने व्यवस्था मिलाउन सक्छन्?

२ घण्टा अघि   सेतोपाटी

विदेशमा भएका नेपालीलाई मताधिकार विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार व्यवस्था गर्न सकिने/नसकिनेबारे सरकारले विभिन्न मुलुकमा रहेका दूतावासहरूसँग राय तथा सुझाव मागेको छ। परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई पत्र पठाएर विदेशबाट मतदानको सम्भावनाबारे सोधेको हो। मन्त्रालयले अहिले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गर्नेबारे अध्ययन...

अतिक्रमण गरिएका काठमाडौंका सार्वजनिक जग्गा सात दिनभित्र खाली गर्न चेतावनी

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गामा बनेका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ। शुक्रबार संयुक्त सूचना जारी गर्दै महानगरपालिकाभित्र र  सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन सात दिनको...

बाख्रापालनबाट मनग्य आम्दानी गर्दै राप्तीसोनारीका महिला

२ घण्टा अघि   थाहाखबर

बाँके : राप्तीसोनारी गाउँपालिकाका किसान महिला बाख्रापालनतर्फ आकर्षित भएका छन्। बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रापालनतर्फ आकर्षित भएको राप्तीसोनारी-६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिव्या गुरुङले बताइन्। उनका अनुसार सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमा आबद्ध...