ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भारत र पाकिस्तानबीचको खेल हुने सम्भावना बढ्यो !

६ घण्टा अघि   सेतोपाटी

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले फेब्रुअरी १५ मा भारतविरुद्ध हुने टी-२० विश्वकपको खेलमा पाकिस्तान सहभागी हुने वा नहुने भन्नेबारे आगामी २४ घण्टाभित्र निर्णय हुन सक्ने बताएका छन्। यो विषयमा क्रिक बजले भने निर्धारित मितिमा भारत र पाकिस्तानबीचको खेल हुने...

हंसपुरका मेयर प्रदिपकुमार यादवको निधन

८ घण्टा अघि   सेतोपाटी

धनुषास्थित हंसपुर नगरपालिकाका मेयर प्रदिपकुमार यादवको निधन भएको छ। मस्तिष्कघात भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो। २०७९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।  कांग्रेस धनुषा सभापति जोगी पजियारले सेतोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौंको नर्भिक...

सिरहा कारागारभित्रैबाट कटुवा पेस्तोल बरामद, १३ कैदी नियन्त्रणमा

९ घण्टा अघि   सेतोपाटी

जिल्ला कारागार सिरहाबाट पेस्तोलसहितका हातहतियार बरामद भएको छ। कटुवा पेस्तोल, त्यसमा लाग्ने ७.६२ लेखिएको गोली २ थान र विभिन्न घरेलु हतियार बरामद भएको हो। घटनामा संलग्न रहेको आरोपमा इन्द्रजित यादवसहित १३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी...

हात भाँचिएपछि कास्की–२ का कांग्रेस उम्मेदवार बास्तोलाको शल्यक्रिया

९ घण्टा अघि   सेतोपाटी

कास्की–२ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव बास्तोला 'मधु' को हात भाँचिएको अस्पतालले जनाएको छ। चुनावी भेटघाटका क्रममा पोखराको फुलबारीमा आइतबार साँझ सिँढीबाट चिप्लिएर लडेका बास्तोला उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना भएका थिए। अस्पतालका निर्देशक प्रा. डा....

वीरगञ्जमा सशस्त्रको टोलीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

९ घण्टा अघि   सेतोपाटी

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा सोमबार ट्रान्सपोर्टको गोदाममा छापा हानेर फर्कँदै गर्दा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता...

नेपालसँगको खेलअघि स्कटल्याण्डसँग पाठ सिकेको इटाली

९ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ मा इटालीको डेब्यू खेल राम्रो हुन सकेन। इटालीले सोमबार विश्वकपमा आफ्नो पहिलो खेल खेल्दा मिठो हार ब्यहोर्नु पर्‍यो। यो संस्करणमा पहिलो पटक विश्वकप खेलेको टोली इटाली मात्र हो।  भारतको कोलकतास्थित इडेन गार्डेनमा स्कटल्याण्डविरूद्ध टस जितेर पहिले...

प्रधानमन्त्रीले राखेपलाई भनिन्- मिसन २०२६  कार्यक्रमलाई निरन्तरता दिनु

१० घण्टा अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन्चालन गरेको मिसन–२०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन्। मिसन– २०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य–सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थमन्त्रालयसंग आवश्यक समन्वय गर्ने...

आगामी पाँच वर्ष भ्रष्टाचार र कुशासन विरूद्धको महासंग्राम- गगन थापा

१० घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ पछिको आगामी पाँच वर्ष कांग्रेसको नेतृत्वमा भ्रष्टाचार र कुशासनविरूद्ध ‘महासंग्राम’ सावित हुने बताएका छन्।  पार्टी सभापति बनेपछि पहिलोपटक सोमबार विराटनगरमा कोशी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘कुनै एउटा व्यक्तिले आएर चमत्कार...

साढे तीन महिनामै दुइटा इतिहास रचेकी ६४ वर्षीया ताकाइची

१० घण्टा अघि   सेतोपाटी

साढे तीन महिनाअघि जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी सनई ताकाइचीले राष्ट्रवादको नारामा ऐतिहासिक जीत हासिल गरेकी छन्। गत अक्टोबर ४ मा संसदको सबभन्दा ठूलो दल सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेता चुनिएकी ताकाइची अक्टोबर २१ मा संसदको तल्लो सदनबाट...

हामी हुँदा स्वास्थ्य बीमा कहीँ बन्द भएको थिएन, यो सरकारले पनि बन्द हुन दिनु हुँदैन- प्रदीप पौडेल

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भए पनि अहिले अवरोध आएकोमा दुःख प्रकट गरेका छन्। ‘बीमा हामी हुँदा कहीँ बन्द भएको थिएन,’ उनले भने, ‘यो सरकारले...

फिल्म 'ऊनको स्वीटर' लाई १८ दिनमै हेरियो एक करोड पटक

११ घण्टा अघि   सेतोपाटी

विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म 'ऊनको स्वीटर' ले डिजिटल प्लेटफर्ममा पनि लोभलाग्दो माया पाएको छ। सिनेमा हलमा सुपरहिट व्यापार गरेको फिल्मले युट्युबमा तीन साता नबित्दै एक करोड भ्युजको आँकडा पार गरेको हो।  आर्टमाण्डुको प्रस्तुति रहेको 'ऊनको स्वीटर' माघ ८...

९६.७ प्रतिशत घरमा पुग्यो बिजुली

११ घण्टा अघि   सेतोपाटी

नेपालको ९६.७ प्रतिशत घरपरिवारमा बिजुली पुगेको छ।  राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको 'चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२'ले देशभर विद्युत सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखाएको हो।  सर्वेक्षणले ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको देखाएको हो।...

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने सरकारको निर्णय

११ घण्टा अघि   सेतोपाटी

सरकारले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने भएको छ।  सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले सो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष...

९०.४ प्रतिशत वयस्क पुरुषसँग आफ्नै मोबाइल

११ घण्टा अघि   सेतोपाटी

नेपालमा ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा (स्थिर वा मोबाइल) पुगेको छ। प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा बढी ९७.९ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९२.६ प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक...

सौर्य एयरलाइन्सले तत्काल एउटा विमानबाट सेवा दिने

११ घण्टा अघि   सेतोपाटी

वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले तत्काल एउटा विमानबाट सेवा दिने भएको छ। नेपाल उड्डयन प्राधिकरणबाट उडान अनुमति (एओसी) पाएसॅंगै कम्पनीले तत्काल एउटा विमानबाट सेवा दिने तयारी गरेको कम्पनीका प्रवक्ता मुकेश खनालले जानकारी दिए। 'लामो समय उडान नहुँदा घाम पानीले अगाडिको सिसा चर्केको थियो।...

सिसिटिभी फुटेज हेर्दा भदौ २४ गते दिउँसो १ बजे होटलबाट निस्किएको थाहा भयो!

१२ घण्टा अघि   सेतोपाटी

सहिद परिवार भदौ २४ गते साढे ११ बजेको थियो। अभिषेक चौलागाईंले आफ्नी आमालाई फोन गरेर भने, 'म अहिले काम गर्ने ठाउँमै छु।' अभिषेक ठमेलको एउटा होटलमा काम गर्थे। जेनजी आन्दोलनको दोस्रो दिन बिहानैदेखि सहर अशान्त भएकाले अभिषेक घर फर्कन पाएका...

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन चुनावअघि नआउने निश्चित

१२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको म्याद २५ दिन थप हुने भएको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। ‘नेपाल सरकार मन्त्रिपरिषदको २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ...

बाबुरामलाई भेट्न पुगे प्रचण्ड

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेका छन्। भट्टराईका बुवा भोजप्रसादको निधन भएकोले कोटेश्वरमा किरिया बसेकै स्थानमा पुगेर प्रचण्डले बाबुराम लगायतलाई भेटेका हुन्। भोजप्रसादको माघ २२ गते निधन भएको थियो। संयोजक प्रचण्डले भोजप्रसादको स्मरण गर्नुका साथै...

३३ किलो सुन प्रकरणमा गोरेको सजाय सदर, केही प्रतिवादीको थपघट

१२ घण्टा अघि   सेतोपाटी

बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई जिल्ला अदालत मोरङले तोकेको सजाय उच्च अदालत विराटनगरबाट सदर भएको छ। आइतबार न्यायाधीशहरू महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको इजलासले गोरेलाई जिल्ला अदालत...

एआईको दुरूपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छ- आइजिपी कार्की

१२ घण्टा अघि   सेतोपाटी

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन  गर्न लागेको बताएका छन्। सूचना प्रविधिको दुरूपयोग गरेर झुटा सामग्री प्रसारण गर्ने कामले बढावा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन...

मधेस प्रदेश सरकारको खर्च कटौती गर्न आदेश

१३ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेश सरकारले सार्वजनिक रूपमा हुने जथाभावी खर्चलाई कटौती गर्न लिखित रूपमा निर्देशन दिएको छ। मधेस प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष आर्थिक २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय तथा मन्त्रालय मातहतका कार्यालय तथा परियोजनालाई अत्यावश्यक...

अघिल्लो पटक ५४ प्रतिशत भोट कटाएकी तोसिमाले यसपटक दोहोर्‍याउलिन् जित?

१३ घण्टा अघि   सेतोपाटी

ललितपुर–३ सँग कुनै बेला संयुक्त जनमोर्चा नेपालको साइनो थियो। प्रजातन्त्र बहाली लगत्तै भएको निर्वाचनमा त्यस क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका लीलामणि पोखरेल विजयी भएका थिए। पोखरेल त्यति बेला नेकपा (एकता केन्द्र–मसाल) का ज्वाजल्यमान नेता थिए। त्यसको चुनावी मोर्चा जनमोर्चा नेपाल थियो...

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ।   सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ। सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा...

के एक करोड नागरिक जोडिएको स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको हो?

१४ घण्टा अघि   सेतोपाटी

सरकारले आवश्यक बजेट दिन नसकेपछि करिब एक करोड नागरिक आबद्ध रहेको स्वास्थ्य बीमा कार्यक्रम जारी रहन्छ कि बन्द हुन्छ भन्ने प्रश्न उठेको छ। स्वास्थ्य बीमाका लागि उठाएको प्रिमियमभन्दा दोब्बर बढी रकम सरकारले अनुदान दिँदै आएको भए पनि दाबी भुक्तानी धान्न...