अन्तिम पत्र!
विमानमा भैरहवादेखि काठमाडौँसम्मको यात्रामा सबितालाई खासै थकान महसुस भए जस्तो लागेको थिएन। आमाले ‘अलिकति आराम गर’ भन्नु भएपछि सबिता फ्रेश भएर उहाँको सुत्ने कोठामा आएर पल्टिन्। भाउजू अफिसमा जानु भएको थियो। आमाले भान्सामा घरेलु कामदार शिलालाई केही निर्देशन दिँदै हुनुहुन्थ्यो।...
