ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमाले महासचिवमा शंकर पोखरेल विजयी

५ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्।  उनी १२२८ मत ल्याउँदै महासचिव निर्वाचित भएका हुन्।  उनका प्रतिस्पर्धी ९९९ मत ल्याएका छन्।   

प्रभास अभिनीत 'द राजा साब' को प्रेमिल गीत सार्वजनिक (भिडिओ)

५ मिनेट अघि   सेतोपाटी

दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत फिल्म 'द राजा साब' को दोस्रो गीत 'सहाना सहाना' सार्वजनिक भएको छ। टी–सिरिज युट्युबमार्फत यो प्रेमिल गीत सार्वजनिक गरिएको हो। गीतले प्रेमको भाव प्रस्तुत गर्छ। सुन्दर दृश्यमा खिचिएको भिडिओमा प्रभास अभिनेत्री निधि अग्रवालसँग रोमान्टिक देखिएका छन्।  यस...

उपकुलपति खोज्न तीन पटक विज्ञापनपछि पर्‍याे दुई जनाको आवेदन

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : तीन पटकको विज्ञापनपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिको लागि दुई जनाको आवेदन परेको छ। तेस्रो पटकको विज्ञापन समयमा दुई जना उम्मेदवारको आवेदन परेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयकाे प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाका उपसचिव सुरेश कुमार जोशीले...

‘व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ’ : निर्देशक शर्मा

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : एफवन सफ्टका निर्देशक सुवास शर्माले व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई सरकारले पूर्णरुपमा दिनुपर्ने बताएका छन्।  हरेक क्षेत्रमा स्मार्ट प्रविधिहरू भित्र्याउन निजी क्षेत्र सक्षम रहेको बताउँदै सरकारले संकुचनकारी नीति अवलम्वन गर्न नहुने बताउनु भयो। बिहीवार गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा...

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

१२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्।

आधा मत गन्दा पनि 'वेटिङ' मै छन् गोकुल बास्कोटा

१४ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको जारी मतगणनामा अहिलेसम्म आधा मत गन्न सकिएको छ। आधा मत गनिसक्दा पनि गोकुल बास्कोटा सचिव पदको दौडमा ९ जनाभित्र पर्न सकेका छैनन्। उनी मत गणना सुरू भएदेखि निरन्तर दसौं स्थानमा छन्। नौ जना सचिव पदका लागि २० जनाले उम्मेदवारी...

गुगलको नयाँ नीतिपछि धेरै प्रयोगकर्तालाई टिभीमा युट्युब हेर्न असर पर्ने

१६ मिनेट अघि   सेतोपाटी

गुगलको नयाँ नीतिले धेरै नेपाली प्रयोगकर्तालाई टिभीमा युट्युब हेर्न असर पर्न सक्ने भएको छ। गुगलले अब अनसर्टिफाइड एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) सेट टप बक्सहरूमा युट्युब चल्न नदिने घोषणा गरेको छ। केही समयअघि गुगलले यस्तो घोषणा गरेको हो। गुगलले भनेको...

पदाधिकारीमा महिलाबाट पद्मा अर्यालको मात्रै सम्भावना

१९ मिनेट अघि   सेतोपाटी

एमालेको ११ औं  महाधिवेशनमा विभिन्न पदाधिकारी पदका लागि ४ जना महिलाको उम्मेदवारी दिएका थिए।  अहिलेसम्मको मत परिणाम हेर्दा ती मध्ये एकजना महिला मात्र पदाधिकारीमा पर्ने संभावना देखिएको छ। ती हुन् पद्मा अर्याल। नौ जना सचिवका लागि भएको निर्वाचनमा आधा मत...

फिफा विश्वकपको पुरस्कारमा उच्च वृद्धि, विजेताले ७ अर्ब २८ करोड पाउने

२५ मिनेट अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले अर्को वर्षको विश्वकप फुटबलका लागि पुरस्कार राशिमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। फिफाले संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा अर्को वर्ष हुने विश्वकपमा सहभागी टोलीहरूलाई दिने पुरस्कार राशिमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा...

ओलीलाई अध्यक्षमा झन्डै ७५ प्रतिशत मत

२७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको नेतृत्व छान्न भएको मतदानमा अध्यक्ष प्रत्यासी केपी शर्मा ओलीले अहिलेसम्म गनेकोमध्ये करिब ७५ प्रतिशत मत पाएका छन्। ११३९ मत गन्दा अहिलेसम्म अध्यक्षमा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले २९६ मत ल्याएका छन्। ओली...

एमाले उपमहासचिवमा पछि परे विष्णु रिमाल

३० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ ‍औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार विष्णु रिमाल पछि परेका छन्। बिहीबार साढे १२ बजेसम्मको अपडेट अनुसार उनी चौथो स्थानमा छन्। एमालेमा ३ जना उपमहासचिव रहने व्यवस्था छ। अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट रिमाल उपमहासचिव लडेका थिए। उनले ११३९ मत...

आधा मत गन्दा महेश बस्नेतलाई सचिवमा सबभन्दा धेरै भोट

३२ मिनेट अघि   सेतोपाटी

एमालेको ११ औँ महाधिवेशनमा नौ सचिव पदका लागि भएको निर्वाचनमा २० जनाले उमेदवारी दिएका थिए। पछिल्लो मतगणनाको परिणाम अनुसार सचिवका लागि सबभन्दा धेरै मत महेश बस्नेतले ल्याएका छन्। उनले ७ सय ८३ पाएका छन्। दोस्रो हुने पद्माकुमारी अर्याल छिन् उनले ७७८...

उम्मेदवारी फिर्ता लिएका राजेन्द्र गौतमले अहिलेसम्म ल्याए १४० मत

३५ मिनेट अघि   सेतोपाटी

एमालेको उपमहासचिवमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका राजेन्द्र गौतमले अहिलेसम्म १४० मत ल्याएका छन्। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि गौतमले सामाजिक सञ्जालबाट उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। ११ सय बढी मत गणना हुँदा गौतमले १४० मत ल्याएका छन्। उनी...

पदाधिकारीमा पूर्वमाओवादी पृष्ठभूमिका यी दुई जनाको सम्भावना बढ्यो

३६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका १९ पदाधिकारीमा पूर्व माओवादी पृष्ठभूमिका दुई जनाको सम्भावना बढेको छ। उपाध्यक्षमा रामबहादुर थापा 'बादल' ले ७१४ मत ल्याएका छन्। पाँच जना उपाध्यक्ष चुनिनेमा उनी अहिलेसम्म तेस्रो स्थानमा छन्। उनीभन्दा अगाडि पृथ्वीसुब्बा गुरूङ र विष्णु पौडेल छन्। त्यस्तै, उपमहासचिवमा लेखराज...

विपद व्यवस्थापन र खेलकुदमा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई युएन मिसनको अवसर

४१ मिनेट अघि   सेतोपाटी

विपद व्यवस्थापन र खेलकुदमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी बलका पाँच जना कर्मचारीले युएन मिसनमा सहभागी हुने अवसर पाएका छन्। गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरेका र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरूमा उत्कृष्ट खेलेका पाँच जनालाई युएन मिसनमा...

एमाले उपमहासचिवमा भट्ट, भट्टराई र महासेठले ल्याए धेरै मत, अरूको कति?

४२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनमा करिब आधा मत गणना गरिसकिएको छ। अहिलेसम्म ११३९ मत गणना भएको छ। महाधिवेशनमा उपमहासचिव पदमा सबै भन्दा धेरै मत लेखराज भट्टले ल्याएका छन्। बिहीबार साढे १२ बजेसम्म आएको मत परिणाम अनुसार उपमहासचिव पदमा भट्टले सबैभन्दा...

म्यान्मा: चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

४५ मिनेट अघि   थाहाखबर

म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’ गरेको आरोपमा २०० भन्दा बढी व्यक्तिमाथि मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिएको छ। उक्त कारबाही त्यही कानूनअन्तर्गत अघि बढाइँदैछ, जसलाई मानवअधिकार पर्यवेक्षकहरूले असहमति र आलोचना दमन गर्ने उद्देश्यले ल्याइएको बताएका छन्।...

सुकेको प्याजको मूल्य बढ्यो

४५ मिनेट अघि   सेतोपाटी

बजारमा सुकेको प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।  समितिको तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो होलसेल मूल्य ४५ देखि ५० रूपैयाँमा कारोबार भइरहेको छ।  यो एक साताअघिको तुलनामा प्रतिकिलो...

पछिल्लो अपडेटमा पोखरेलले पाण्डेसँगको अग्रता बढाए

४८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको महासचिव पदका लागि शंकर पोखरेलले सुरेन्द्र पाण्डेसँग अग्रता बढाएका छन्। ११४१ मत गनिसक्दा शंकर पोखरेलले ६१३ मत पाएका छन् भने सुरेन्द्र पाण्डेले ५२८ मत ल्याएका छन्।  मतगणनाको प्रारम्भिक चरणमा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा थियो। मतगणना जारी रहँदा पोखरेलले...

बेसारको मूल्य बढ्यो

५२ मिनेट अघि   सेतोपाटी

बजारमा बेसारको मूल्य बढेको छ। नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको मूल्य सूची अनुसार १५ दिनको तुलनामा बेसारको मूल्य बढेको हो।  संघले प्रत्येक महिनाको १५/१५ दिनमा खाद्यान्नको मूल्य सार्वजनिक गर्दै आएको छ। संघले मंसिर १५ गते उपलब्ध गराएको तथ्यांक अनुसार बजारमा...

पूर्वी डीआर कंगोमा एम २३ विद्रोहीहरू उभिराबाट फिर्ता हुन थाले

५२ मिनेट अघि   थाहाखबर

कंगो लोकतान्त्रिक गणतन्त्र (डीआर कंगो) को पूर्वी क्षेत्रमा रहेको रणनीतिक शहर उभिराबाट मार्च २३ मोभमेन्ट (एम२३) विद्रोही समूहका लडाकुहरू बुधवारदेखि फिर्ता हुन थालेका छन्। शहरको मुख्य आधारबाट सैनिक गाडीहरू र एम२३ सदस्यहरू बाहिरिँदै गरेको देखिएको थियो। विद्रोही समूहका प्रवक्ता लरेन्स...

आधा मत गन्दा ओलीले पाए ८४३, पोखरेलको कति?

५३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको नेतृत्व छान्न भएको मतदानमा अहिलेसम्म आधा मतगणना सम्पन्न भएको छ। ११३९ मत गन्दा अहिलेसम्म अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले २९६ मत ल्याएका छन्। ओली र पोखरेलबीच अहिले...

व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेका छन्।  आज गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै...

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

१ घण्टा अघि   सेतोपाटी

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २०.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।  यसमा ५ प्रतिशत बोनस सेयर...