ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'मितज्यू' टिजर: झगडा बढेपछि दयाहाङ र सौगात बन्छन् 'मित' (भिडिओ)

७ मिनेट अघि   सेतोपाटी

दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको शीर्ष अभिनय रहेको फिल्म 'मितज्यू' को टिजर सार्वजनिक गरिएको छ।  ओएसआर डिजिटलको युट्युबमा सार्वजनिक दुई मिनेट लामो टिजरले ग्रामीण परिवेशमा आधारित कथा प्रस्तुत गर्ने संकेत दिन्छ।  टिजरमा दयाहाङ राई र सौगात मल्ल एउटी...

घरजग्गा कारोबार: सहरमा ५ देखि १० आना प्लटमा सबैभन्दा बढी किनबेच

१६ मिनेट अघि   सेतोपाटी

घरजग्गा बजारमा उल्लेखनीय उतारचढावसहित वृद्धि र पुनः सुधारको संकेत देखिएको छ। आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर तयार गरिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।  राष्ट्र बैंकको प्रतिवेदनअनुसार घरजग्गा कारोबारमा मौसमी प्रभाव देखिएको छ।...

पूर्वप्रधानमन्त्री ओलीलाई सारियो आइसियुमा

२१ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओललाई सघन उपचार कक्ष (आइसियु) मा सारिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार शल्यक्रिया गरी उनको पित्तथैलीबाट २२ एमएमको ढुंगा निकालिएको थियो। उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजी विभागका प्रमुख प्राडा दिव्यासिंह शाह,...

कांग्रेस क्रियाशील सदस्यता खारेज होइन, व्यवस्थित र अद्यावधिक गर्न लागेको हो- कांग्रेसका महामन्त्रीहरू

३२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरू गरिएको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्रीहरूले पछिल्लो समय ‘क्रियाशील सदस्यता खारेज हुँदैछ’ भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य...

ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले लहडमा खारेज गर्न सक्दैन- पूर्णबहादुर खड्का

३८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेर पार्टी सदस्यता कुनै नेताको आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत् खारेज गर्ने विषय नभएको बताएका छन्। विशेष महाधिवेशनबाट आएको कांग्रेस कार्यसमितिले वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्न लागेको छ। यो अवधिमा...

वीरगञ्जमा हत्या गरिएका विकास थिए प्रहरी जवान

४४ मिनेट अघि   सेतोपाटी

वीरगञ्जमा आइतबार हत्या गरिएका २८ वर्षीय विकास चौरसिया प्रहरी नै रहेको पुष्टि भएको छ।   अनुसन्धानको क्रममा प्रहरीले विकास प्रहरी जवान पदमा कार्यरत रहेको पत्ता लगाएको हो।  पर्साको कालिकामाई गाउँपालिका वडा नं १ घर भएका विकास जिल्ला प्रहरी कार्यालय सप्तरीमा...

सांसदहरूलाई स्वकीय सचिव सुविधा दिन सभामुखलाई पूर्व सभामुखहरूको सुझाव

१ घण्टा अघि   सेतोपाटी

पूर्व सभामुखहरूले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई संघीय संसद सचिवालय बलियो बनाउन सुझाव दिएका छन्। पूर्व सभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग सभामुख अर्यालले आज सिंहदरबारमा भेटघाट गरेका थिए। भेटमा संसद सचिवालय र सभामुखको सचिवालय बलियो बनाउन सुझाव दिएको घिमिरेले बताए।...

नेपथ्यको क्यानडा टूर सुरू, पहिलो कन्सर्टमै उत्साहजनक उपस्थिति

१ घण्टा अघि   सेतोपाटी

हिउँले ढाकिएको शान्त सहर सदबरीबाट नेपथ्यले यस वर्षको क्यानडा शृंखला सुरू गरेको छ। यहाँस्थित 'सदबरी कम्युनिटी एरेना' मा शुक्रबार पहिलो प्रस्तुति दिँदै ब्यान्डले नेपाली लोकरक प्रस्तुत गरेको हो।  ओन्तारियो राज्यको व्यापारिक केन्द्र टोरोन्टोबाट करिब चार सय किलोमिटर टाढा पर्ने यस सहरमा केही...

सभामुख र उपसभामुखबीच भेटवार्ता

१ घण्टा अघि   सेतोपाटी

सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रूबीकुमारी ठाकुरबीच भेटवार्ता भएको छ। उपसभामुख ठाकुरसँग आज सभामुखले शिष्टाचार भेटवार्ता गरेको सभामुखको सचिवालयले जनाएको छ। भेटमा सभामुखले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गरेका थिए।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ। वैशाख २ गते बस्ने गरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। उनकाअनुसार बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बैठक बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार...

विनोद भण्डारीले १८९ रन बनाएपछि आर्मीले कोशीविरूद्ध जोड्यो ३६२ रन

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार दुवै खेलमा कीर्तिमानी ब्याटिङ भएको छ। वीरगञ्जमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले मधेश प्रदेशविरूद्ध ३९० रन बनाएको केहीबेरमा जनकपुरमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशविरूद्ध ८ विकेटको क्षतिमा ३६२ रन बनाएको छ। सशस्त्रले...

९ वर्षपछि 'पहाड' लिएर आए तुलसी घिमिरे

१ घण्टा अघि   सेतोपाटी

तुलसी घिमिरेको नाम सुन्नेबित्तिकै धेरैको मानसपटलमा एक–से–एक सुपरहिट नेपाली फिल्म, ती फिल्मका कालजयी गीत र दृश्यहरू घुम्न थाल्छन्। 'कुसुमे रूमाल', 'लाहुरे', 'चिनो', 'बलिदान', 'देउता', 'दर्पण छायाँ' लगायतका फिल्मबाट दर्शकको मन जितेका यी हस्ती नौ वर्षपछि नयाँ फिल्ममार्फत दर्शकमाझ आएका छन्।...

पूर्व सभामुखहरूसँग छलफलमा सभामुख अर्याल

१ घण्टा अघि   सेतोपाटी

सभामुख डोलप्रसाद अर्यालले पूर्व सभामुखहरूसँग भेटवार्ता गरेका छन्। सभामुख अर्यालले आज पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेको उनको सचिवालयले जानकारी दिएको छ। भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा...

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

१ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको छ।  अफर अन्तर्गत न्यू इयर लाइट र न्यू इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन्। न्यू इयर लाइट अन्तर्गत ४९९ रूपैयाँमा...

नयाँ एफजेड एफआई न्यू जेन सार्वजनिकसँगै ‘यामाहा ब्ल्यू फेस्ट’मा मनाइयो इनोभेसनको उत्सव

२ घण्टा अघि   सेतोपाटी

यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लू ग्रुपमार्फत 'यामाहा ब्ल्यू फेस्ट' सफलतापूर्वक आयोजना गरेको छ। यस कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकल प्रेमीहरूलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको थियो। कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तरक्रिया, नवप्रवर्तन र उत्साहमार्फत...

आसिफको दोहोरो शतकमा एपिएफले जोड्यो प्रधानमन्त्री कप इतिहासमै सर्वाधिक योगफल

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले कीर्तिमानी योगफल जोडेको छ।  मधेश प्रदेशविरूद्ध सोमबार वीगरञ्जमा खेलमा एपिएफका विकेटकिपर ब्याटर आसिफ शेखले दोहोरो शतक बनाएका हुन्। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले उनको दोहोरो शतकको मद्दतमा...

सकियो पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ। सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको उनको सचिवालयले जनाएको छ।  अध्यक्ष ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसपछि उनी अस्पतालमै थिए। ओलीलाई...

उपसभामुख पाएपछि बोल्दैन भन्ने टिप्पणीमा हर्क साम्पाङले दिए प्रष्टीकरण

२ घण्टा अघि   सेतोपाटी

उपसभामुख दिएपछि अब बोल्दैनन् भन्दै टिप्पणी आएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रष्टीकरण दिएका छन्। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिपक्षी दलको हक सदुपयोग गरेको बताएका हुन्। ‘सामाजिक सञ्जालमा सुनिरहेको, बुझिरहेको कुरा के छ भने अब हर्क साम्पाङको पार्टीलाई...

सञ्चालनको पर्खाइमा नागढुंगा सुरूङमार्ग (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यस परियोजना बहुआयामिक महत्वको मानिन्छ। यस सुरुङमार्गको औपचारिक शिलान्यास २०७६ कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गरेका...

चिडियाखानाभित्र पुरूष डुबेको अवस्थामा फेला, अस्पतालले गर्‍यो मृत घोषणा

२ घण्टा अघि   सेतोपाटी

ललितपुरको जावलाखेलमा रहेको चिडियाखानामा डुबेको अवस्थामा फेला परेका पुरूषको मृत्यु भएको छ। सोमबार बिहान चिडियाखानाको पोखरीमा एक पुरूष डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार अन्दाजी ५५ वर्षीय पुरूषलाई तत्कालै पाटन अस्पताल...

कोका–कोलाले सुरू गर्‍यो 'फिफा वर्ल्ड कप २०२६' अभियान

३ घण्टा अघि   सेतोपाटी

कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरू गरेको छ।  यस अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए। कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक पनि गरिएको थियो।  साथै...

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया जारी

३ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ। अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया आज जारी छ। उनको सचिवालयका अनुसार अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया भइरहेको छ। त्रिवि शिक्षण अस्पतालका सहनिर्देशक गोपाल सेढाईंले अध्यक्ष ओलीको आज शल्यक्रिया...

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ घटेको छ।  आइतबार तोलामा दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रूपैयाँमा किनबेच...

वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्‍यो इरानमाथि नाकाबन्दी

३ घण्टा अघि   सेतोपाटी

इस्लामावाद वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि नाकाबन्दी सुरू गर्ने भएको छ। सोमबारदेखि नै लागु हुनेगरी अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने र बाहिरिने सबै समुद्री जहाजहरूमा नाकाबन्दी लगाउने घोषणा गरेको हो। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले आइतबार वक्तव्य जारी गरी अमेरिकी...