ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमाले नेता महरले भने– प्रधानमन्त्रीले विकास गर्न खोजेको लोकतन्त्र कि बालेनतन्त्र?

२० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र विकास गर्न खोजेको कि बालेनतन्त्र भनेर प्रश्न गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले प्रधानमन्त्री शाहले संसदमा उपस्थित हुनुपर्ने बताउँदै बालेनतन्त्र विकास गर्न खोजेको बताए। 'यहाँ एउटा प्रश्न जबर्जस्त...

प्रतिनिधिसभाको कार्यसूचीमै लेखियो प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले जबाफ दिने

२४ मिनेट अघि   सेतोपाटी

सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले जबाफ दिने भएका छन्। प्रतिनिधिसभाको कार्यसूचीमै नीति तथा कार्यक्रममा उठेको प्रश्नमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जबाफ दिने उल्लेख गरिएको हो। यसअघि प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्रीले नै जबाफ दिने उल्लेख थियो।...

प्रधानमन्त्री संसदमा नआएसम्म विरोध जारी रहन्छ- कांग्रेस

३८ मिनेट अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुपर्ने बताएको छ। आज प्रतिनिधि सभा बैठक सुरू भएपछि सचेतक निश्कल राईले बोल्दै प्रधानमन्त्री बैठकमा उपस्थित हुनुपर्ने र नभएसम्म सदन चल्न नसक्ने बताएका हुन्। कांग्रेससहित विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सरोज सिटौला विजयी

१ घण्टा अघि   सेतोपाटी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) विजयी भएका छन्। पोखरामा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट सिटौला अध्यक्ष भएका हुन्। वैशाख २७ गतेदेखि सुरू भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न मतदानमा सिटौलाले एक हजार ३० मत ल्याएर विजयी भएका...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य बढेको छ। बुधबार तोलामा सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रूपैयाँमा किनबेच...

योगेश भट्टराईको प्रश्न– प्रधानमन्त्रीलाई संसदमा बोल्न गर्व हुनुपर्ने हो, किन भाग्दै हुनुहुन्छ?

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह संसदीय दायित्वबाट भाग्न खोजिरहेको बताएका छन्। प्रधानमन्त्री संसदमा जबाफ दिन नआएपछि सामाजिक सञ्जालमार्फत् भट्टराईले संसदीय दायित्वबारे बताएका हुन्। 'हामीले प्रधानमन्त्रीय पद्धति अभ्यास गरेका छौं। यसको मतलब राष्ट्रपतिद्वारा वाचन गरिएको नीति तथा कार्यक्रम...

एमाले सचिवालय बैठक शनिबार बस्ने, ओली सहभागी हुने

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण स्थान चाहिँ तय भइनसकेको सचिव भानुभक्त ढकालले जानकारी दिए। ‘औपचारिक सूचना आइसकेको छैन तर पनि शनिबार बस्ने तय भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘अध्यक्षज्यूको स्वास्थ्यलाई ध्यानमा राखेर...

फेरि घट्यो ब्याजदर, व्यक्तिगत मुद्दतिमा पाँच प्रतिशतभन्दा पनि कम

२ घण्टा अघि   सेतोपाटी

जेठ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्।  सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। १२ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर रहेको हो। सिद्धार्थ बैंकले भने ब्याजदर बढाएको छ।...

अहिलेसम्म बनेको छैन प्रधानमन्त्री बालेनले आज संसदमा जवाफ दिने कार्यक्रम

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नीति तथा कार्यक्रममाथि जवाफ दिन संसद जाने टुंगो अहिलेसम्म लागेको छैन।  प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले अहिलेसम्म प्रधानमन्त्री जवाफ दिन संसद जाने निश्चित नभएको बताइन्। ‘प्रधानमन्त्री जवाफ दिने जाने कार्यक्रम अहिलेसम्म छैन,’ दाहालले सेतोपाटीसँग भनिन्।  बुधवार प्रतिनिधसभामा...

एफएनसिसिआई र नयाँ नेतृत्वसँगको अपेक्षा

३ घण्टा अघि   सेतोपाटी

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को यसपालिको साधारण सभा सम्पन्न भइसकेको छ। चैत २९ र ३० को साधारण सभाको कार्यतालिका प्राविधिक कारण करिब एक महिना पछाडि सर्न गई वैशाख महिनाको तेस्रो हप्ता सकियो। ६० औं वार्षिक साधारण...

राजस्व चुहावट गरी झण्डै ३ करोड भ्रष्टचार गरेको भन्दै पाँच जनाविरूद्ध मुद्दा दायर

३ घण्टा अघि   सेतोपाटी

सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनालाई विपक्षी बनाइ मुद्दा दायर गरेको छ।  अख्तियारले हाल दाङको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीसहित तत्कालीन नगर विकास समितिका...

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक

४ घण्टा अघि   सेतोपाटी

नेपाल बीमा प्राधिकरणले नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिएको जनाएको हो।...

इभी चार्जिङमा बिवाइडीको ठूलो सफलता, ५ मिनेट चार्जमा ५०० किलोमिटरसम्म यात्रा

४ घण्टा अघि   सेतोपाटी

विद्युतीय गाडी (इभी) प्रयोग बढ्दै जाँदा एउटा प्रश्न सधैं आउँछ — चार्ज गर्न कति समय लाग्छ? यही प्रश्न मध्यनजर गरेर छोटो समयमै चार्ज हुने प्रविधि बनाउन अहिले कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा छ। अहिले अधिकांश साना विद्युतीय गाडीमा औसत ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने प्रविधि छ। तर चिनियाँ...

वन्यजन्तुका डरले गावैं रित्याएर बसाइँसराइँ

५ घण्टा अघि   सेतोपाटी

खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशुचौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ। यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन्। आहाराको खोजीमा चितुवा, भालु, स्याललगायत वन्यजन्तु बेँसी झर्दा बाली र पशुधन क्षतिका घटना बढ्दै...

पाँचथरका ६ वटा विद्यालयको नतिजा शून्य

५ घण्टा अघि   सेतोपाटी

हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ। एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन्। फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी एसइई परीक्षामा...

श्रम संस्कृतिमा किराती समूहबाट थपिए तीन पदाधिकारी, कोको परे?

५ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्। नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका छन्। सो पार्टीमा किरातीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र...

आज पनि बढ्यो डलरको भाउ, कति पुग्यो?

५ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ आज पनि बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।  बुधबार...

काठमाडौं उपत्यकामा बिहानैदेखि झरी, आज कहाँकहाँ पर्छ पानी?

५ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली...

अमेरिकामा क्लिनिक चलाउने डाक्टर भन्छन्– मलाई नेपालमै काम गरेजस्तो लाग्छ

६ घण्टा अघि   सेतोपाटी

जनकपुरका विश्वास उपाध्याय सन् २००८ को सुरूमा अमेरिका गए। उनले नेपालगन्ज मेडिकल कलेजबाट एमबिबिएस सकेका थिए। अमेरिकामा इलिनोइ विश्वविद्यालयबाट इन्टरनल मेडिसिनमा एमडी सके। सन् २०१३ मा एमडी सकेका उनले ६ वर्ष नेभाडा विश्वविद्यालयमा काम गरे। उनी त्यहाँ सहायक प्राध्यापक समेत थिए। त्यसपछि उनी...

साढे ४४ लाख रूपैयाँ ठगी आरोपमा ३ जना पक्राउ

१४ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा...

इनभेष्टमेन्ट मेगा बैंकले भन्यो– कानुन अनुसार धितो लिलाम गरिएको हो

१४ घण्टा अघि   सेतोपाटी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम बिक्रीसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानमा आवश्यक सहयोग गरिरहेको जनाएको छ।  त्यस्तै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।  बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

राष्ट्रिय सभाले स्वीकार नगरे निष्क्रिय हुन सक्छन् कम्तीमा दुई अध्यादेश

१६ घण्टा अघि   सेतोपाटी

सरकारले संसद अधिवेशन अन्त्य भएका बेला ल्याएको संवैधानिक परिषदसहित आठवटा अध्यादेश प्रतिनिधिसभाबाट सजिलै स्वीकृत भए पनि राष्ट्रियसभाबाट स्वीकृत हुन गाह्रो छ। त्यो अवस्थामा सरकारले ल्याएका अध्यादेशको भविष्य के हुन्छ भन्नेमा चासो छ। प्रतिनिधिसभामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डै...

संघीय मन्त्रालयहरूको संख्या २२ बाट १८, कुन कुन गाभिए?

१६ घण्टा अघि   सेतोपाटी

सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

१६ घण्टा अघि   सेतोपाटी

गुल्मी प्रहरीले कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।  इस्मा गाउँपालिका–६ अम्मरपुरका ४५ वर्षीय थमनबहादुर कुमाल पक्राउ परेका हुन्।  कुमालले मदिरा सेवनपछि आफ्नी ४३ वर्षीया श्रीमती सुमित्रा कुमालको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गंगाबहादुर सारूले बताए। श्रीमानको...