'न्यायाधीशको फैसला/आदेशमा अदालतको अवहेलना विषय बन्दैन'
न्यायाधीशहरूमाथि फैसला वा आदेश गरेको विषयमा अदालतको अवहेलना मुद्दा दर्ता नहुने सर्वोच्च अदालतले व्याख्या गरेको छ। न्यायाधीशहरू शारंगा सुवेदी र मेघराज पोखरेलको इजलासले न्यायाधीशहरूको फैसला वा आदेशमा अदालतको अवहेलनाको विषय नबन्ने व्याख्या गरेको हो। यो आदेश गत चैत १९ गते भएको थियो।...
