ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रलोपाले गर्‍यो रूपन्देही–३ का उम्मेदवार काराखेतीलाई निष्कासन

१६ मिनेट अघि   सेतोपाटी

बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीले रूपन्देही क्षेत्र नं. ३ का उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ। काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको प्रलोपाका रूपन्देही इन्चार्ज पङ्कज राईले बताएका छन्।  राईले...

मधेसमा एमालेका 'हेबी वेट'लाई चुनौती दिँदै कांग्रेसका महेन्द्र

२८ मिनेट अघि   सेतोपाटी

धनुषा क्षेत्र नम्बर ४ मा लगातार दुई पटक चुनाव जितेका नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पनि प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा २०७४ र २०७९ को दुवै निर्वाचनमा उनका निकटतम प्रतिद्वन्दी थिए- नेपाली कांग्रेसका नेता महेन्द्र...

संस्कृति, साइकल र भक्तपुर!

४६ मिनेट अघि   सेतोपाटी

सहर वरपर धान अथवा चामल फल्ने खेतले घेरिएको बस्ती, ख्वप्रिङ। वरिपरि प्रशस्त धानको खेती हुने र वर्षैभरि चाडपर्व, जात्रा र नाचगानमा निमग्न भुल्ने, ख्वप। भक्तग्राम, भक्तहरूको गाउँ। भक्तपतन, भक्तहरूको सहर। भक्तपुर, भक्तहरूको सहर। सहरको हनुमन्ते र कासाङखुसी खोला सहरको मुख्य...

प्रदीप अधिकारीलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

१ घण्टा अघि   सेतोपाटी

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले सुनुवाइ गर्दै विशेष अदालतले थुनामै पठाउने गरी गरेको आदेशलाई नै सदर गरेको हो। भक्तपुरको नलिञ्चोक...

प्रधानमन्त्री फेरिएको तीन महिनामै हुन लागेको जापानको मध्यावधि

१ घण्टा अघि   सेतोपाटी

नेपालमा आम निर्वाचन घोषणा भएको पाँच महिना भयो। पुरै राज्य संयन्त्र फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउन लागिपरेको छ। उम्मेदवारहरू मतदाताको दैलो दैलो चहार्दैछन्। पार्टीका कार्यकर्ताहरू आफ्ना उम्मेदवार जिताउन नारा, जुलुस लगाउँदै हिडिरहेका छन्। मतदाताबीच कसलाई भोट दिने भनेर गलफती...

नेपालको 'क्रिएटर इकोनोमी'लाई सशक्त बनाउन पाइलट प्रोजेक्ट सुरू गर्दै भिल

१ घण्टा अघि   सेतोपाटी

भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि अग्रणी प्लेटफर्म भिलले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरू गर्ने भएको छ। काठमाडौंमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका संस्थापक तथा सिइओ दीलिप ढकालले यस्तो घोषणा गरेका हुन्। भिलको यो प्रवेशले नेपाली डिजिटल क्रिएटरहरूलाई...

सबै उद्देश्यको लागि जग्गाको मूल्यांकन गर्दा एउटै हुने व्यवस्था गर्न मूल्यांकर्ताहरूको माग

१ घण्टा अघि   सेतोपाटी

सबै उद्देश्यको लागि जग्गाको मूल्यांकन गर्दा एउटै हुने व्यवस्था गर्न मूल्यांकर्ताहरूले माग गरेका छन्।  नेपाल भ्यालुयर्स एसोसिएसनको १५ औं स्थापना दिवसमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। अहिले बैंकहरूको खराब कर्जा समेत बढेको, कर्जाको धितोको मूल्य समेत घटेकोले बैंक,...

तिमीलाई भुल्न, तिम्रो सहर छोड्नै पर्छ!

१ घण्टा अघि   सेतोपाटी

माया प्रेमसँगै निराशा पनि आउँछ। प्रेमले सुरुमा जीवनलाई रंगिन बनाउँछ, तर कहिलेकाहीँ ती रंग बिस्तारै फिका पर्न थाल्छन्। जहाँ हामीले नसोचेका कयौँ पीडाहरू बिना गल्ती जीवनमा घोटिन्छन्। कहिलेकाहीँ त लाग्छ संसार भासियो, जीवन नै सकियो। मायाप्रेम कहिले हुन्छ, कस्तो अवस्थामा...

नेकपा (बहुमत) का ललितपुर इन्चार्ज कांग्रेस प्रवेश

२ घण्टा अघि   सेतोपाटी

नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उपसभापति विश्वप्रकाश शर्माले सिलवाललाई पार्टीमा स्वागत गरेको उनको सचिवालयले जनाएको छ। ललितपुरका ३ वटै क्षेत्रका उम्मेदवारसहित सातदोबाटोमा शुक्रबार भएको जिल्ला भेलाका अवसरमा सिलवाललाई पार्टीमा स्वागत गरिएको शर्माको सचिवालयको...

निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' युट्युबमा सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' युट्युबमा सार्वजनिक भएको छ। शुक्रबार ओएसआर मुभिज युट्युबमार्फत यो फिल्म सार्वजनिक गरिएको हो।  सोसल ड्रामा जनरामा बनेको यो फिल्म सिनेमा हलमा दुई वर्षअघि रिलिज भएको थियो। बक्स अफिसमा १० करोड रूपैयाँभन्दा माथिको व्यापार गरेको...

निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? मौसम विभागले दियो यस्तो जबाफ

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। त्यो बेला पानी वा हिमाली भेगमा हिमपात हुन्छ कि हुँदैन के छ सम्भावना भनेर निर्वाचन आयोगले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखालाई सोधेर जबाफसमेत प्राप्त गरेको छ। निर्वाचन आयोगले पत्र नै पठाएर महाशाखालाई...

टिमोर टिमुर टुजु टाहुन- जोखिम भित्रको रोमाञ्चकता!

२ घण्टा अघि   सेतोपाटी

देशभित्र द्वन्द्व भयो भने त्यस देशका अधिकांश जनताले दुःख पाउँछन्। नेपालमा जनयुद्ध हुँदा अधिकांश नेपालीलाई दुःख पीडा थियो। सुरक्षा चुनौती थिए, घुमघाममा प्रतिबन्ध, चोरी, लुटपाट, शारीरिक हमला आदि। जोखिमबाट बच्न सतर्कता अपनाउनु पर्थ्यो। त्यस्तैत्यस्तै पूर्वी टिमोरमा पनि २००२ देखि २०१०...

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

२ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छिन्।  माघ २२ गतेको प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२।१०।२३, च.नं. संस्थान/१६३९/क को नियुक्ति पत्रबाट उनीलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको छ।  नवनियुक्त...

हरर-कमेडी 'शक्ति शालिनी' मा अनीत र विशालको जोडी

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री अनीत पड्डा फिल्म 'शक्ति शालिनी' मा मुख्य भूमिकामा देखिने तयारीमा छिन्। फिल्म 'सैयारा' मार्फत ठूलो प्रसिद्धि कमाएपछि उनी 'शक्ति शालिनी' मा जोडिएकी थिइन्। हरर-कमेडी यो फिल्मको कास्टिङलाई लिएर यतिबेला नयाँ अपडेट आएको छ। इण्डिया टुडेको रिपोर्ट अनुसार फिल्ममा 'होमबाउन्ड' अभिनेता विशाल...

कम्युनिस्टको पुरानो गढमा जगदीशको फस्टाउला राजनीतिक पाइला?

२ घण्टा अघि   सेतोपाटी

ललितपुर एक कारणले कम्युनिस्टहरूका लागि महत्त्वपूर्ण छ। ललितपुर नेकपाका संस्थापक सदस्य तुलशीलाल अमात्यको गृहजिल्ला पनि हो। अमात्य कम्युनिस्ट आन्दोलनका सूत्रधार र भूमिगत कालमा टिएलका नामले चिनिन्थे। अमात्य तिनै हुन्, जसले २०१५ सालको आम निर्वाचनमा ललितपुरबाट सांसद जितेका थिए। काठमाडौं उपत्यकाका...

एमाले छाडेका बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो नेकपामा प्रवेश

२ घण्टा अघि   सेतोपाटी

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको जडिबुटीमा आयोजित नेकपाकव सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमबीच शेर्पा पार्टी प्रवेश गरेका छन्। उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका छन्।...

नारा नै लगाउने भए 'अबकी बार सय पार' भन्ने लगाउनुस्- गगन थापा

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने  'अबकी बार सय पार'को नारा लगाउनुपर्ने बताएका छन्। आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको निर्वाचनमा १०० सिट कटाउने नारा लगाउनुपर्ने बताएका हुन्। ‘अस्ती मधेसमा जाँदै गर्दा मैले साथीहरूलाई भनेको...

दोस्रो सातामा 'आबाट आमा', ७ दिनमा कति कमायो?

३ घण्टा अघि   सेतोपाटी

फिल्म 'आबाट आमा' प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको हो। फिल्मले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ। निर्माण पक्षले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मले पहिलो साता ३...

राजनीतिक दलको पक्षमा बोल्ने प्रहरी हवल्दारलाई कारबाही गर्ने तयारी

३ घण्टा अघि   सेतोपाटी

सामााजिक सञ्जाल फेसबुकमा अमूक दलको पक्षमा अभिव्यक्ति दिने प्रहरीका एक हवल्दारमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। पर्साको प्रहरी चौकी सिर्सियामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलविरूद्ध विभागीय कारबाही अघि बढाउन लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता  डिएसपी हरिबहादुर बस्नेतका...

मस्कोमा रूसी सेनाका वरिष्ठ अधिकृतमाथि गोली प्रहार

३ घण्टा अघि   सेतोपाटी

रूसी सेनाका वरिष्ठ अधिकृतमाथि गोली प्रहार भएको छ। रक्षा मन्त्रालयको जलरल स्टाफ अन्तर्गतको मुख्य निर्देशनालयका उपप्रमुख लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयभमाथि शुक्रबार गोली प्रहार भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अधिकारीहरूका अनुसार शुक्रबार उत्तर–पश्चिम मस्कोस्थित एक आवासीय भवन नजिक उनीमाथि...

सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख राहत दिने

३ घण्टा अघि   सेतोपाटी

बैतडीमा १३ जनाको मृत्यु भएको दुर्घटनामा मृतक परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।  शुक्रबार सुदूरपश्चिम मन्त्रिपरिषदको बैठकले मृतक परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो। बैठकले घाइतेको सरकारी अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्णय...

'भागम भाग २' मा गोविन्दाको ठाउँ मनोज बाजपेयीले लिँदै, निर्देशक पनि परिवर्तन

३ घण्टा अघि   सेतोपाटी

बलिउडको चर्चित हास्य फिल्म 'भागम भाग' को सिक्वेलमा ठूलो परिवर्तन आउने भएको छ। सन् २००६ मा रिलिज भएको उक्त फिल्म बक्स अफिसमा हिट भएको थियो। झन्डै २ दशकपछि उक्त फिल्मको सिक्वेल निर्माणको तयारी छ।  यद्यपि, सिक्वेलमा एक मुख्य अभिनेता र निर्देशक परिवर्तन...

पार्किङको विषयमा झगडा हुँदा वीरगञ्जमा एक जनाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

पर्साको वीरगञ्ज महानगरपालिकामा मोटरसाइकल पार्किङको विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१३ मा भएको झगडामा स्थानीय अन्दाजी ६५ वर्षीय केपीचन्द राउतको मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी निवासी ३२...

अघिल्लो चुनावमा दुई जनालाई टिकट दिएपछि लड्न नपाएका खिमलाल, यसपालि भिड्दैछन् तीन पूर्वमन्त्रीसँग

४ घण्टा अघि   सेतोपाटी

निर्वाचनको मिति आउन अब २६ दिन मात्र बाँकी छ। निर्वाचनको मिति नजिकिँदै जाँदा रूपन्देहीका अन्य क्षेत्रमा जस्तै क्षेत्र नम्बर ५ मा पनि चुनावी माहौल तातिएको छ। यो क्षेत्रमा तीन जना पूर्वमन्त्री र राष्ट्रिय सभाका सदस्य सहित विभिन्न क्षेत्रमा आफ्नो प्रभाव स्थापित...