गठबन्धन अस्वीकार गर्दै आएको मोरङ २ मा दलहरूको एकल परीक्षा
२०७२ सालमा संविधान जारी भएपछि दुई वटा चुनावमा प्रमुख राजनीतिक दलहरूले गठबन्धन गरेर प्रतिस्पर्धा गरे। गठबन्धनकै आडमा दल र उम्मेदवारले सफलता पनि प्राप्त गरे। मुलुकभरका १६५ मध्ये बहुसंख्यक क्षेत्रमा गठबन्धनका उम्मेदवार जित्थे। तर केही क्षेत्र यस्ता थिए, जहाँ गठबन्धनका उम्मेदवार दुई पटक नै पराजित भए। २०७४...
