ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हामी लोकल हो!

४ मिनेट अघि   सेतोपाटी

नेपालका सडकहरूमा ट्राफिक प्रहरीले नियमित चेक गर्दा कानमा गुन्जिने एउटा साझा तर चिन्ताजनक प्रतिउत्तर छ, 'हामी लोकल हो, यहीँ जान लागेको, त्यहीँसम्म हो…' । यो वाक्य कुनै सामान्य बहाना मात्र होइन बरू हाम्रो समाजमा गहिरोसँग जरा गाडेको गैरजिम्मेवार, आत्मसन्तुष्ट र नियमविहीन मानसिकताको...

पोखरामा बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

७ मिनेट अघि   सेतोपाटी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको लागि उड्न लागेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ। शनिबार बिहान १० बजेतिर काठमाडौं उड्न लागेको उडान नम्बर ६०४ को नाइन एन-एएमडी जहाज टेकअफको क्रममा चरा ठोक्किएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए। ‘टेकअफको क्रममा...

मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने

८ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेसमा संवेदनशील क्षेत्रहरू पहिचान गरी सुरक्षा बलको तैनाथी र गस्ती व्यवस्थालाई थप सुदृढ गरिने भएकाे छ। शनिबार जनकपुरधाममा मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा बसेकाे प्रदेश सुरक्षा समन्वय समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे।  बैठकमा प्रदेशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गर्दै आवश्यक...

'झलिको' टिकटकमा भाइरल, युट्युबमा लोभलाग्दो भ्युज

२१ मिनेट अघि   सेतोपाटी

लोकगायक अर्जुन सापकोटाको 'झलिको' गीतले छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ। गत मंगलबार बेलुका सार्वजनिक गीतको म्युजिक भिडिओलाई शनिबार दिउँसोसम्म युट्युबमा २० लाखपटक हेरिएको हो। टिकटक, रिल्स लगायतका प्लेटफर्ममा समेत गीत भाइरल बनेको छ। यसअघि 'पछ्यौरी लिसियो', 'बस्यौ अलक्कै', 'दुख साटम्ला' जस्ता...

माओवादीकाे मुसिकाेट नगर कमिटी नै शर्माको अभियानमा

३९ मिनेट अघि   थाहाखबर

सुर्खेत : नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको मुसिकोट नगर कमिटीले एकता प्रक्रियामा नजाने घोषणा गर्दै जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा जोडिने निर्णय गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै माओवादी नगर कमिटीका अध्यक्ष दलबहादुर खड्काले शर्माको अभियानमा जोडिएर विकृति, अनियमितता...

राष्ट्रिय परिचय पत्रको आधारमा थपिए ८० हजार बढी नयाँ मतदाता

५१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय परिचयपत्र प्रयोग गरी ८० हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरू गरेपछि नयाँ मतदाताको संख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र...

भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट : ९ को मृत्यु, ३१ घाइते

५३ मिनेट अघि   थाहाखबर

भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु र करिब ३१ जना घाइते भएका छन्। विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारीसाधनमा आगलागी भइ ठूलो क्षति पुगेको छ। स्थानीय मिडियाका अनुसार, दिल्लीमा हालै...

राजनीतिक दल र युवा एकताबद्ध हुनुपर्छ : प्रदीप ज्ञवाली

१ घण्टा अघि   थाहाखबर

गुल्मी : नेकपा (एमाले)का उपमहासचिव  प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। प्रेस चौतारी गुल्मी शाखाले शनिबार तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व हो...

मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाएका छन्। शनिवार जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै उनले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको...

निर्वाचनको वातावरण बनिसकेको छ- सञ्चारमन्त्री खरेल

१ घण्टा अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन्। दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त...

प्रचण्ड–माधवहरूको एकता अराजनीतिक हो, आफ्नै भारले बर्बाद हुनेछ : घनश्याम भुसाल [अन्तर्वार्ता]

१ घण्टा अघि   थाहाखबर

यतिबेला कम्युनिष्ट पार्टीका नेताहरू एकता र विछोडमा छन् । कोही नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भएका छन् त कोही नेकपा एमालेमा समाहित भएका छन् । कोही भने नेकपा(माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी) ले गरेको निर्णय लतारेर आफ्नै अभियान सञ्चालनमा लागेका...

धुवाँबाट सुरू भएको पतन

१ घण्टा अघि   सेतोपाटी

एकदिन मैले मेरो एक जना भाइ—साजनलाई—एउटा चिया पसलमा भेट्ने भनेर बोलाएँ। एकान्तकुनातर्फ जाँदा बाटोको बायाँपट्टि रहेको ठूला रूखको छायाँमुनि एउटा सानो चिया पसल थियो। त्यहीँ भेटेर उनले बनाएको चियाको स्वाद लिँदै लामो समयपछि भेट भएको कुराकानीले हामीलाई झनै नजिक बनायो।...

लागुऔषध सेवन गरी गाडी चलाउने तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

१ घण्टा अघि   सेतोपाटी

लागु औषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा ट्राफिक प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट शुक्रबार तीन जनालाई नियन्त्रणा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए। बा २ ख २८११ नम्बरको...

'झरीपछिको इन्द्रेणी' को पहिलो गीत 'फसायो लमीले' सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको फिल्म 'झरीपछिको इन्द्रेणी' को पहिलो गीत सार्वजनिक भएको छ। शनिबार सार्वजनिक ‘फसायो लमीले’ बोलको गीतमा वसन्त थापा र समीक्षा अधिकारीको स्वर छ। भिडिओमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकारहरू रहेका छन्।...

नेपथ्यलाई जापानको नागोयामा भव्य स्वागत

१ घण्टा अघि   सेतोपाटी

गायक अमृत गुरूङले 'हो रामा रामा' गीत गाउन सुरू गर्नासाथ दर्शक उत्साहित भएर चिच्याउन थालिहाले। त्यही बेला उनीहरूका हातमा चम्किरहेका रंगीविरंगी बत्तीले सिंगो माहोललाई झिलिमिली बनायो। यो क्रम दुई घण्टा लामो कन्सर्टभर निरन्तर रह्यो। एक साताअघि मात्रै पोखराको रंगशालामा १० हजार...

गण्डकी प्रदेश सभा : गाँजा खेतीसम्बन्धी विधेयक विषयगत समितिमा

२ घण्टा अघि   थाहाखबर

गण्डकी : गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ। यही कात्तिक २४ गते बसेको प्रदेशसभा बैठकमा प्रस्तुत भएको उक्त विधेयकमा दुई जना प्रदेशसभा सदस्यबाट...

क्युएफएक्सले 'परान' लाई भन्यो– सुपरहिट

२ घण्टा अघि   सेतोपाटी

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले नीर शाह अभिनीत फिल्म 'परान' लाई 'सुपरहिट' घोषणा गरेको छ। क्युएफएक्सले शनिबार बिहान आफ्नो आधिकारिक वेबसाइटमार्फत फिल्मलाई यो उपाधि दिएको हो। यसअघि क्युएफएक्सले उपेन्द्र सुब्बा निर्देशित 'जारी २' लाई शुक्रबार सुपरहिट घोषणा गरेको थियो। 'जारी २' ले...

आमनिर्वाचन सम्पन्न गर्न चीनले हरसम्भव सहयोग गर्छ : चिनिया राजदूत

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार साँझ मूलधारका प्रमुख सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूसँग भएको आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकामा...

एनडिएको तीन नीति जसले नितिश कुमारलाई बनायो दसौं पटक बिहारको मुख्यमन्त्री

२ घण्टा अघि   सेतोपाटी

बिहारमा नाटकीय भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडियू)को गठबन्धनले दुई तिहाई बहुमत ल्यायो। शुक्रबार राति सम्मन्न मतगणनाको अन्तिम नतिजाअनुसार एनडिए गठबन्धनले विधानसभाका २४३ सिटमध्ये २०२ सिट जित्यो। मतगणनाको प्रारम्भिक चरणदेखि नै एनडिएका उम्मेदवारहरूले भारी मतका साथ आरजेडि...

बङ्गलामुखी पुगेर पूर्वयुवराज्ञीले गरिन् पूजाअर्चना, तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वयुवराज्ञी हिमानी शाहले बङ्गलामुखी पूजाअर्चना गरेकी छिन्। शनिबार बिहान बङ्गलामुखी मन्दिरमा पुगेर पूजाआराधना गरेकी हुन्। हेर्नुहोस् तस्विर-

दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे। फागुन २१ मा...

समयको पदचापलाई सामना गर्न सक्ने निर्णय गर्न समय लागेको छ, धैर्य गरौं: कार्यवाहक सभापति खड्का

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समयको पदचापलाई सामना गर्न सक्ने निर्णय गर्न केही समय लागेकोले धैर्य गर्न अपिल गरेका छन्। एक महिना केन्द्रीय समिति बैठक चले पनि अहिलेसम्म महाधिवेशनसहित केही निर्णय लिन नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ। त्यसतर्फ...

क्रोएसिया विश्वकप २०२६ का लागि छनोट

३ घण्टा अघि   थाहाखबर

क्रोएसिया विश्वकप २०२६ का लागि छनोट भएको छ। युरोपेली छनोटको समूह ‘एल’ अन्तर्गत फारो आयरल्याण्डलाई ३-१ ले हराउँदै क्रोएसिया विश्वकपका लागि छनोट भएको हो।  फारोले जेजा डेविडको गोलले अप्रत्याशित अग्रता लिएयता पनि क्रोएसियाका लागि जोस्को ग्वार्डिओल, पिटर मुसा र निकोला...

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आगो

३ घण्टा अघि   सेतोपाटी

झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन्। शनिबार राति करिब ११ : ३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  डिल्लीरामका काइला...