अलेभ कबाब सल्तनेटमा टर्किस स्वादको अनुभव
काठमाडौंको नक्सालस्थित टङ्गालउडमा 'टर्किस फुड टेस्टिङ' कार्यक्रम आयोजना गरिएको छ। सेफ प्रकाश कटुवालको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममार्फत टर्किस खानपान र संस्कृतिको अनुभव गराइएको हो। कार्यक्रममा टर्किस पाककलाको विशेषता 'फायर–बेस्ड कुकिङ' अर्थात् आगोमा पकाउने विधि प्रस्तुत गरिएको थियो। सेफ कटुवालले स्लो–रोस्टिङ...
