ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस्- ओली

१२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार-प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन्।  पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना बुधबार गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना...

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

१३ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन उक्त कार्यविधि लागू गरिएको आयोगले जनाएको छ। राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले...

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

२२ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ। आयोगले यही मंगलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण,...

उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

३० मिनेट अघि   सेतोपाटी

जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश। उदयपुरको कटारी नगरपालका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ। दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ। बेतिनीमा चिया पसल गरेका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहे —घरअगाडिको सडक कालोपत्र भएको। त्यो...

केही वृद्धि भयो अमेरिकी डलरको मूल्य

३३ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य केही वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ। युरोपियन युरो...

वाणिज्य, आपूर्ति विभागले भन्यो– उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्नू!

४२ मिनेट अघि   सेतोपाटी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ। विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको...

यस्तो रहनेछ दिनभरिको मौसम

४७ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ। तराईका...

सानै उमेरमा चर्चा कमाए, भन्छन्– घरीघरी सोच्छु, म कहाँ थिएँ!

५७ मिनेट अघि   सेतोपाटी

तिमीलाई सम्झेर हेर दिन बित्यो तिम्रै यादहरूमा मेरो रात कट्यो... कोमल र स्निग्ध छन् यी शब्दहरू। केहर सिंह लिम्बूले यी शब्दहरू अझ मधुर स्वरमा गाउँछन्, आम युवाको मन सुम्सुम्याउने गरी। तन्नेरीहरूले यी शब्दलाई आफ्नै ढुकढुकीको धुन ठान्छन्। सांगीतिक लय मान्छन्। र,...

भदौ २४ को घटनामा कति पक्राउ परे, कति मुद्दा चले, कति छुटे?

११ घण्टा अघि   सेतोपाटी

सरकार, राजनीतिक दल र जेनजी अगुवा समेत फागुन २१ को चुनावमा होमिँदा भदौ २४ गते सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीमा संलग्नहरूलाई पक्राउ गर्ने विषय भने सेलाएको छ। सबैको ध्यान निर्वाचनमा केन्द्रित हुँदा भदौ २४ को तोडफोड र आगजनीमा...

अदालत र अख्तियारमा चाहिएको सुधार

११ घण्टा अघि   सेतोपाटी

न्यायालय र संवैधानिक निकायको सुधार–२ हामीले सेतोपाटीमा 'न्यायालय र संवैधानिक निकायको सुधार' बारे नयाँ बहस शृंखला चलाइरहेका छौं। यो शृंखलाको दोस्रो अंकमा कुरा गर्न वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेललाई निम्ता गरेका छौं। चार दशकदेखि वकालत क्षेत्रमा निरन्तर काम गरिरहेका खरेल न्याय क्षेत्रका...

नयाँ आउने सांसदहरूलाई निर्माणाधीन संसद भवनमै शपथ गराउन यसरी हुँदैछ तयारी (भिडिओ)

११ घण्टा अघि   सेतोपाटी

सिंहदरबार परिसरभित्र संघीय संसदको भवन अहिले निर्माणाधीन छ। २०७६ असोज १ गते शिलान्यास गरिएको भवन ६ वर्ष पूरा हुँदा समेत निर्माण सम्पन्न भएको छैन। तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबाट चुनिने सांसदहरूलाई नयाँ भवनमै शपथ गराउने गरी अहिले जोडतोडका...

प्रधानमन्त्री कार्कीले किन उप्काइन् दुई चरणमा चुनाव गर्ने प्रसंग?

११ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे मंगलबार दुइटा महत्त्वपूर्ण कुरा भनिन्। उनको भनाइ उच्च पहाडी र हिमाली भूभागमा मौसम प्रतिकूल भयो भने फागुन २१ गते चुनाव गर्न समस्या हुन सक्नेतर्फ लक्षित थियो। नवलपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यसको समाधानका...

जनशक्ति उत्पादन र विश्वव्यापी आइसिटी अनुभवमार्फत नेपालको डिजिटल भविष्य सुदृढ गर्दै हुवावे

११ घण्टा अघि   सेतोपाटी

नेपालको दूरसञ्चार क्षेत्रको विकासमा हुवावे विगत दुई दशकदेखि सक्रिय छ।  विशेषगरी यस क्षेत्रमा टुजी, थ्रीजीदेखि फोरजीसम्मको सेवा विस्तारका लागि हुवावेले नेपालका टेलिकम कम्पनीसँगको सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।  त्यसबाहेक डेटा सेन्टर, आइसिटी पूर्वाधार, नेटवर्क निर्माण र स्मार्टफोनका साथै...

जापानको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष...

रोयल इनफिल्ड हन्टर ३५० पोखरामा सार्वजनिक, टेस्ट–राइड र बुकिङ सुरू

१२ घण्टा अघि   सेतोपाटी

रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा लन्च गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित सोरूममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरू गरेको हो। विश्वका सहरी जीवनशैलीबाट प्रेरित रंग, सुधारिएको सस्पेन्सन...

सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्- प्रचण्ड

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ गते हुने निर्वाचन एकैपटकमा सम्पन्न गर्न माग गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन दुई चरणमा नगर्न र एकै चरणमा गर्न माग गरेका हुन्। ‘म तपाईंलाई भन्न...

बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिल्यै राख्दैन: सभापति थापा

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले युवाहरू अहिलेका साझेदार भएकोले सँगै हिँड्ने बताएका छन्। बुधबार एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भनेका छन्, ‘युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन। युवाहरू अहिलेका साझेदार हुन्। सँगै हिँड्ने हो।’ उनले बदलिएको नेपाली कांग्रेस...

किफायती बायाँ हाते स्पिनर ललित

१३ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप २०२६ विशेष ललितनारायण राजवंशी नेपाली क्रिकेट टोलीमा किफायती बलरको रूपमा चिनिन्छन्। बायाँ हाते स्पिनर ललितका लागि आइसिसी टी-२० विश्वकप २०२६ दोस्रो विश्वकप हो।  सामान्य परिवारमा हुर्किएका ललित संघर्षले बनेका क्रिकेटर हुन्। विराटनगरको गल्ली-गल्ली चाहारेर क्रिकेट सिकेका ललितले धेरैपटक राष्ट्रिय...

१०० ग्राम सुनसहित भरतीय नागरिक पक्राउ

१३ घण्टा अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। बुधबार बिहान १० बजे फ्लाइ दुबईको उडानबाट काठमाडौं आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकट कुद्राते खोदा काजीलाई पक्राउ गरेको एसपी राजकुमार सिलवालले जानकारी दिए। उनका अनुसार...

विमानस्थलका सरसफाइ कर्मचारी सुनसहित पक्राउ

१३ घण्टा अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ कर्मचारी सुनसहित पक्राउ परेका छन्। मंगलबार बिहान ७:२३ बजे विमानस्थलमा सरसफाइ गर्ने कर्मचारीलाई ४.४ ग्राम सुनसहित पक्राउ गरेको एसपी राजकुमार सिलवालले जानकारी दिए। पक्राउ पर्ने व्यक्ति डिकबहादुर राउत छन्। उनी सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत सफाइ गर्न...

संकल्प यात्रा!

१३ घण्टा अघि   सेतोपाटी

अलिकति संवेदना जीवित भएको भए  तिमी निर्लज्ज हाँस्ने थिएनौ  अकाल मृत्युमा।  मृत्यु सामयिक हुन सक्दैन शोक व्यक्त गर्छ समय  आफन्तहरू बिलौना गाउँछन्  बगाउँछन् अश्रुधारा  सहानुभूतिका स्वरहरू सुनिँदैनन् मानवता रोई बस्छ  विवेकहीन मान्छेहरूको चटाई खाएपछि। अबोध बालकहरू  आमाको काख खोज्छन्  मुक्ति...

१६३ ठाउँमा उम्मेदवार कायम छन्– एमाले

१३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले आगामी निर्वाचनका सन्दर्भमा पार्टीले मुलुकभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६३ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम राखेको बताएको छ। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले विज्ञप्तिमार्फत कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई...

टिकटकसँग निर्वाचन आयोगले गर्‍यो समझदारी, भ्रामक सूचना नियन्त्रणमा सहयोग गर्ने

१३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले सञ्चारमाध्यम टिकटकसँग समझदारी आदानप्रदान गरेको छ।  फागुन २१ गते हुने निर्वाचन लक्षित टिकटकका प्रतिनिधिसँग निर्वाचन आयोगले बुधबार छलफल गरी समझदारी गरेको हो। निर्वाचनलाई असर पार्ने भ्रामक सूचना एवं हानिकारक सामग्री नियन्त्रण गर्न आयोगका सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका...

पीएम कप काठमाडौं छनोटमा एकै दिन तीन शतक

१३ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा जारी पीएम कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलहरूमा ब्याटरहरूको दबदबा कायम रहँदा एकै दिन तीनवटा शतक प्रहार भएका छन्। प्रतियोगिताको पंकजप्रसाद पन्तको उत्कृष्ट शतकको मद्दतले फोरेभर क्रिकेट ब्वाइज क्लबले डिभाइन क्रिकेट क्लबलाई १४७ रनले पराजित गरेको...