ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ट्रम्पको हेपाइले तिलमिलाएका मोदीको कूटनीतिक 'कमब्याक'!

१३ मिनेट अघि   सेतोपाटी

दोस्रो कार्यकालमा भारतप्रति आक्रामक नीति लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः भारतसँग व्यापारिक सुलह गरेका छन्। फेब्रुअरीको सुरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुराकानी गरेपछि उनले त्यसबारे घोषणा गरेका हुन्। उनले भारतलाई लगाउँदै आएको ५० प्रतिशत भन्सार घटाएर १८ प्रतिशतमा...

एकै चरणमा निर्वाचन गरेर निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौं र आ–आफ्नो घर फर्कन्छौं- प्रधानमन्त्री कार्की

३४ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन्।  बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरिन्। उनले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा...

सिटिजन लाइफको 'मिड –बिजनेस स्टाटेजी कन्फ्रेन्स' सम्पन्न

४७ मिनेट अघि   सेतोपाटी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने 'मिड–इयर बिजनेस स्टाटेजी कन्फेरेन्स' उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ।  माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीहरुलाई दोलखा जिल्लाको रमणीय धार्मिक...

निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ- आयोग

५२ मिनेट अघि   सेतोपाटी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन्। बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन्। उनले केही उम्मेदवारविरूद्ध आचारसंहिता...

भदौ २४ गते सिंहदरबार जलाएको भन्दै अन्तर्वार्ता दिएका युवक पक्राउ

१ घण्टा अघि   सेतोपाटी

सिंहदरबार आगजनी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै अन्तर्वार्ता दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  पक्राउ पर्नेमा चितवन...

धारिलो बन्चरो र कोमल वृक्ष!

१ घण्टा अघि   सेतोपाटी

ए धारिलो बन्चरो, मेरा हाँगाहरूमा प्रहार गर्नु पूर्व एकैछिन पर्ख म कोमल भएर पनि तिम्रो बिँडमा मेरो नै रुखको हाँगा प्रयोग भएको छ! तिम्रा अहंकारका काँटी जस्ता दाँतहरू गाड्नु पहिले एकपल्ट मेरो चौतारोमा बसेका ती थाकेका बटुवाहरूलाई मेरो पातहरूबाट सास...

प्रचण्डविरूद्ध उम्मेदवारी दिएका सन्दीप पुनलाई प्रश्न– आफ्नै पूर्वकमान्डरलाई किन हराउनुपर्‍यो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' यसपालि रूकुम पूर्वबाट चुनाव लड्दै छन्। अघिल्लो चुनावमा निर्वाचित गोरखा-२ छाडेर उनी रूकुम पूर्व उक्लेका हुन्। 'जनयुद्ध' को आधार क्षेत्रका रूपमा परिचित यस क्षेत्रमा पूर्वमाओवादीहरूको बलियो पकड छ। त्यही भएर प्रचण्डका...

आइकार भि-२३ नेपालका ८ सहरहरूमा एकैसाथ सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

शारडा ग्रुप अन्तर्गतको आधिकारिक बिक्रेता एसपिजि अटोमोबाइल्सले नेपाली अटोमोबाइल इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै आफ्नो नयाँ लाइफस्टाइल इलेक्ट्रिक एसयुभी आइकार भि-२३ लाई देशका आठ प्रमुख सहरहरूमा एकैसाथ सार्वजनिक गरेको छ। आज (माघ २२) गते विर्तामोड, विराटनगर (ओमोडा एण्ड जेइको सोरूम),...

स्रोत नखुलेको साढे १८ लाख नगदसहित एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

स्रोत नखुलेको साढे १८ लाख नगदसहित एक जना पक्राउ परेका छन्। बिहीबार बिहान साढे ४ बजे बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ क्षेत्रबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  उनका अनुसार पक्राउ पर्नेमा उदयपुर घर भई कोटेश्वर...

कोटेश्वर भाट–भटेनी स्टोर पुनः सञ्चालनमा

१ घण्टा अघि   सेतोपाटी

भाट–भटेनी सुपरमार्केटले हालै सम्पन्न जेन-जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याएको घोषणा गर्न पाउँदा खुशी व्यक्त गर्दछ। माघ २४ गते शनिबार बिहान १०:०० बजेदेखि कोटेश्वरस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा आउने...

निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको देखियो- कांग्रेस प्रवक्ता

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरीत बालबालिकाको प्रयोग भएको आरोप लगाएका छन्।  नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु आपत्तिजनक भएको बताएका हुन्।  सानासाना बालबालिका...

६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो- निर्वाचन आयोग

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ। आयोगले एक सूचनामार्फत् माघ २२ गते बिहान ८ बजेसम्म छपाइ भएका मतपत्र सम्बन्धी विवरण सार्वजनिक गरेको हो। आयोगले विभिन्न २५ जिल्लाका लागि प्रत्यक्षतर्फको मतपत्र प्याकिङ समेत सकिएको जनाएको...

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो-श्री कुँवर

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार सिफारिस भएका श्री कुँवरले अमेरिकामा सेटल भएर बसेको व्यक्तिलाई बोलाएर धोका दिएको भन्दै पार्टी परित्यागको घोषणा गरेका छन्। कुँवर रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका थिए। रास्वपाले उम्मेदवारका लागि श्री कुँवर...

कम्युनिस्टहरूको सेल्टर इलाका, जहाँ सधैं हुन्छ कांग्रेससँग भिडन्त

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यका निर्वाचन क्षेत्र शृंखला ललितपुर–१ का दुर्गम भेग ३० देखि ४० को दशकसम्म तत्कालीन नेकपा (माले) को सेल्टर थियो। मालेका नेता–कार्यकर्ता तत्कालीन समय भूमिगत थिए। प्रशासनका आँखा छल्न उपत्यकाको काँठ तथा विकट ग्राम्य भूभागलाई आश्रय थलोका रूपमा उपयोग गर्थे।...

नयाँ कम्पनीमा अझै छ ६६२ प्रतिशतसम्म लाभ

२ घण्टा अघि   सेतोपाटी

पछिल्लो एक वर्षमा सेयर बजारमा सूचीकरण हुन आएका नयाँ कम्पनीमा अझै लगानीकर्ताको आकर्षण घटेको छैन।  अहिले पनि सूचीकरणको मूल्यको आधारमा यस्ता कम्पनीमा लगानीकर्तालाई ८८ प्रतिशतदेखि ६६२ प्रतिशतसम्म लाभ भइरहेको छ। स्वस्तिक लघुवित्तमा लगानीकर्तालाई सबैभन्दा धेरै ६६२ प्रतिशतसम्म लाभ छ। सूचीकरणको...

निर्वाचनपूर्व कुनै गठबन्धन हुँदैन- काँग्रेस

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएको छ।  नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए। उनले...

क्यानडा विरूद्धको अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी

३ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप खेल्नुपूर्वको अभ्यास खेलमा क्यानडाविरूद्ध नेपालले ६ विकेटको जीत हासिल गरेको छ। बिहीबार भारतको चेन्नाइमा भएको अभ्यास खेलमा नेपालले १८औं ओभरमा १६२ रनको लक्ष्य हासिल गरेको हो। चार विकेटको क्षतिमा उक्त लक्ष्य प्राप्त गरेको हो। ओपनर आशिफ शेखले ५८...

रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

रौतहटमा कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका-४ मठियामा खेल्दै गरेकी ४ वर्षकी अल्फा खातुनलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए। उनका अनुसार बा १५...

प्रधानमन्त्री कार्की र ओली संवादमा उठेका दुई कुरा

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ४५ मिनेट कुराकानी भएको छ। अध्यक्ष ओली बिहान १० बजे पार्टी नेता विष्णु रिमाललाई लिएर बालुवाटार पुगेका थिए। छलफलमा प्रधानमन्त्री कार्कीका अतिरिक्त उनका प्रमुख स्वकीय सचिव...

काठमाडौंमा ११ औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरू ( तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नेपालको निर्माण क्षेत्रकै ठूलो प्रदर्शनी 'नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो' को ११ औं संस्करण आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेयरको संयुक्त आयोजनामा सुरू भएको यो प्रदर्शनी माघ २५ गतेसम्म चल्नेछ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी...

जो २०४८ देखि लगातार चुनाव लडिरहेका छन्

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यसपटक झापा-५ मा आठौं पटक प्रतिस्पर्धा गर्दैछन्। २०४८ सालदेखि भएका सबै निर्वाचमा उम्मेदवार बनेका ७४ वर्षीय ओलीले अहिलेसम्म एक पटक मात्र पराजय बेहोरेका छन्। २०५६ को निर्वाचनमा एमाले विभाजन हुँदा पनि झापाका दुई क्षेत्रबाट विजयी...

अभ्यास खेलमा क्यानडाले दियो नेपाललाई १६२ रनको लक्ष्य

३ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप खेल्नुपूर्वको अभ्यास खेलमा क्यानडाले नेपालसामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतको चेन्नाइमा जारी अभ्यास खेलमा पहिले ब्याटिङ रोजेको क्यानडाले १६२ रनको लक्ष्य पेस गरेको हो। क्यानडाका नभनित धलिवालले ४१ रन, श्रेयस मोभ्भाले ३८ रन, कनववारपल तथागुरले २५...

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५८ करोडको सेयर किनबेच

४ घण्टा अघि   सेतोपाटी

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  बुधबार सात अर्ब ५९ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार ११ अर्ब ५८ करोड रूपैयाँ पुगेको...

एनआइसी एसिया बैंकले ७५ जना जेहेन्दार विद्यार्थीहरू लाई छात्रवृत्ति प्रदान

५ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपांगता भएका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने सूचना प्रकाशित गरे बमोजिम बैंकले छात्रवृत्ति प्रदान गर्न सुरू गरेको छ। ...