ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जहाजमा प्राविधिक समस्या आएपछि व्यस्त सडकमै गरियो अवतरण, केही घाइते

८ मिनेट अघि   सेतोपाटी

अमेरिकाको जर्जिया राज्यमा एउटा विमान व्यस्त सडकमा दुर्घटनाग्रस्त भएको छ। आपतकालीन अवतरण गर्ने क्रममा उक्त विमान सडकमा दुर्घटना भएको हो। सोमबार जर्जियाको गेनसभिल सहरको व्यस्त सडकमा अवतरण गर्दा विमानले सडकमा गुडिरहेका सवारी साधनमा ठक्कर दिएको स्थानीय समाचार संस्थाहरूले जनाएका छन्।...

‘करेन्ट’ लागेर एक जनाको निधन

३० मिनेट अघि   सेतोपाटी

झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ। यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...

शैक्षिक सुधारका लागि दलहरूका चुनावी बाचामा के के समेटिनुपर्छ?

१ घण्टा अघि   सेतोपाटी

अहिले देश चुनावमय छ। पुराना र नयाँ दलहरू विभिन्न प्रतिबद्धता र वाचाका साथ निर्वाचनमा आएका छन्। जनताहरू पनि दल र नेताहरूको राजनीतिक पृष्ठभूमि, व्यक्तित्व र प्रतिबद्धताकै सेरोफेरोमा आफ्नो निर्णय भोटमार्फत व्यक्त गर्दैछन्। आफ्ना वाचा–बन्धनलाई औपचारिकता दिन दलहरू अहिले घोषणापत्र निर्माण...

बजेट कार्यान्वयनको दुरावस्था– आधा वर्षमा वित्तीय र नीतिगत प्रगति १२ प्रतिशत मात्रै

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्षमा खर्च र नीतिगत तहबाट बजेट कार्यान्वयन निकै सुस्त देखिएको छ। छ महिनाको अवधिमा अर्थतन्त्रसँग सम्बन्धित अर्थात् आर्थिक क्रियाकलापमा प्रत्यक्ष प्रभाव पार्ने ७४ वटा बुँदामध्ये केवल ९ वटा अर्थात् १२ प्रतिशत मात्र पूर्ण रूपमा कार्यान्वयनमा आएका छन् भने...

नवलपरासी जिल्ला प्रशासनले रवि लामिछानेलाई भन्यो- आचारसंहिता विपरीतका गतिविधि नगर्नू

१ घण्टा अघि   सेतोपाटी

नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आचारसंहिता विपरीताका गतिविधि नगर्न सतर्क गराएको छ। जिल्ला प्रशासन नवलपरासीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रमप्रति ध्यानाकर्षण भएको बताएको हो। ‘प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र,...

कोही सेयर बजारमा धमाधम लगानी गर्दै, कोही डराएर बेच्दै!

२ घण्टा अघि   सेतोपाटी

सेयर बजार केही समयदेखि सामान्य बढ्ने र फेरि सामान्य घट्ने गरिरहेको छ। सेयर बजारको भाषामा यसलाई साइडवेज मुभमेन्टमा गएको भनिन्छ। अर्थात् निश्चित अंक बीच रहेर बजार तलमाथि गरिरहेको छ। 'फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ कि हुँदैन भन्ने बीचको लडाइँ अहिले बजारमा...

बढ्यो अमेरिकी डलरको भाउ

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र...

४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

३ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ।सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक...

ताप्लेजुङमा भूकम्प गयो

४ घण्टा अघि   सेतोपाटी

ताप्लेजुङको कञ्चनजंघा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का पूर्वी नेपालमा...

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

४ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ। हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आज दिउँसो तराई...

कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

४ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ। लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिने भएका छन्। अहिले उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका...

अस्ट्रेलियामा तीन सन्तान हुर्काउँदै व्यवसाय गरिरहेकी सबिना

४ घण्टा अघि   सेतोपाटी

सन् २०११ मा अस्ट्रेलिया जाँदै गर्दा चितवनकी सबिना सिलवालले व्यवस्थापनमा कक्षा १२ पास गरेकी थिइन्। अस्ट्रेलिया गएर सुरूमा उनले एज्ड केयर सेन्टर (वृद्धाश्रम) मा काम गरिन्। उनलाई ढाडको समस्या भएपछि फास्टफुड रेस्टुरेन्टमा काम थालिन्। रेस्टुरेन्टमा तीन वर्ष काम गरेर उनी 'प्याथोलोजी कलेक्टर'...

भारत र पाकिस्तानबीचको खेल हुने सम्भावना बढ्यो !

११ घण्टा अघि   सेतोपाटी

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले फेब्रुअरी १५ मा भारतविरुद्ध हुने टी-२० विश्वकपको खेलमा पाकिस्तान सहभागी हुने वा नहुने भन्नेबारे आगामी २४ घण्टाभित्र निर्णय हुन सक्ने बताएका छन्। यो विषयमा क्रिक बजले भने निर्धारित मितिमा भारत र पाकिस्तानबीचको खेल हुने...

हंसपुरका मेयर प्रदिपकुमार यादवको निधन

१२ घण्टा अघि   सेतोपाटी

धनुषास्थित हंसपुर नगरपालिकाका मेयर प्रदिपकुमार यादवको निधन भएको छ। मस्तिष्कघात भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो। २०७९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।  कांग्रेस धनुषा सभापति जोगी पजियारले सेतोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौंको नर्भिक...

सिरहा कारागारभित्रैबाट कटुवा पेस्तोल बरामद, १३ कैदी नियन्त्रणमा

१३ घण्टा अघि   सेतोपाटी

जिल्ला कारागार सिरहाबाट पेस्तोलसहितका हातहतियार बरामद भएको छ। कटुवा पेस्तोल, त्यसमा लाग्ने ७.६२ लेखिएको गोली २ थान र विभिन्न घरेलु हतियार बरामद भएको हो। घटनामा संलग्न रहेको आरोपमा इन्द्रजित यादवसहित १३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी...

हात भाँचिएपछि कास्की–२ का कांग्रेस उम्मेदवार बास्तोलाको शल्यक्रिया

१३ घण्टा अघि   सेतोपाटी

कास्की–२ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव बास्तोला 'मधु' को हात भाँचिएको अस्पतालले जनाएको छ। चुनावी भेटघाटका क्रममा पोखराको फुलबारीमा आइतबार साँझ सिँढीबाट चिप्लिएर लडेका बास्तोला उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना भएका थिए। अस्पतालका निर्देशक प्रा. डा....

वीरगञ्जमा सशस्त्रको टोलीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

१३ घण्टा अघि   सेतोपाटी

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा सोमबार ट्रान्सपोर्टको गोदाममा छापा हानेर फर्कँदै गर्दा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता...

नेपालसँगको खेलअघि स्कटल्याण्डसँग पाठ सिकेको इटाली

१३ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ मा इटालीको डेब्यू खेल राम्रो हुन सकेन। इटालीले सोमबार विश्वकपमा आफ्नो पहिलो खेल खेल्दा मिठो हार ब्यहोर्नु पर्‍यो। यो संस्करणमा पहिलो पटक विश्वकप खेलेको टोली इटाली मात्र हो।  भारतको कोलकतास्थित इडेन गार्डेनमा स्कटल्याण्डविरूद्ध टस जितेर पहिले...

प्रधानमन्त्रीले राखेपलाई भनिन्- मिसन २०२६  कार्यक्रमलाई निरन्तरता दिनु

१४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन्चालन गरेको मिसन–२०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन्। मिसन– २०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य–सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थमन्त्रालयसंग आवश्यक समन्वय गर्ने...

आगामी पाँच वर्ष भ्रष्टाचार र कुशासन विरूद्धको महासंग्राम- गगन थापा

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ पछिको आगामी पाँच वर्ष कांग्रेसको नेतृत्वमा भ्रष्टाचार र कुशासनविरूद्ध ‘महासंग्राम’ सावित हुने बताएका छन्।  पार्टी सभापति बनेपछि पहिलोपटक सोमबार विराटनगरमा कोशी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘कुनै एउटा व्यक्तिले आएर चमत्कार...

साढे तीन महिनामै दुइटा इतिहास रचेकी ६४ वर्षीया ताकाइची

१५ घण्टा अघि   सेतोपाटी

साढे तीन महिनाअघि जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी सनई ताकाइचीले राष्ट्रवादको नारामा ऐतिहासिक जीत हासिल गरेकी छन्। गत अक्टोबर ४ मा संसदको सबभन्दा ठूलो दल सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेता चुनिएकी ताकाइची अक्टोबर २१ मा संसदको तल्लो सदनबाट...

हामी हुँदा स्वास्थ्य बीमा कहीँ बन्द भएको थिएन, यो सरकारले पनि बन्द हुन दिनु हुँदैन- प्रदीप पौडेल

१५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भए पनि अहिले अवरोध आएकोमा दुःख प्रकट गरेका छन्। ‘बीमा हामी हुँदा कहीँ बन्द भएको थिएन,’ उनले भने, ‘यो सरकारले...

फिल्म 'ऊनको स्वीटर' लाई १८ दिनमै हेरियो एक करोड पटक

१५ घण्टा अघि   सेतोपाटी

विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म 'ऊनको स्वीटर' ले डिजिटल प्लेटफर्ममा पनि लोभलाग्दो माया पाएको छ। सिनेमा हलमा सुपरहिट व्यापार गरेको फिल्मले युट्युबमा तीन साता नबित्दै एक करोड भ्युजको आँकडा पार गरेको हो।  आर्टमाण्डुको प्रस्तुति रहेको 'ऊनको स्वीटर' माघ ८...

९६.७ प्रतिशत घरमा पुग्यो बिजुली

१५ घण्टा अघि   सेतोपाटी

नेपालको ९६.७ प्रतिशत घरपरिवारमा बिजुली पुगेको छ।  राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको 'चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२'ले देशभर विद्युत सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखाएको हो।  सर्वेक्षणले ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको देखाएको हो।...