ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

२७ सय नजिक पुगेर अडियो नेप्से

२० मिनेट अघि   सेतोपाटी

लगातार तेस्रो दिन घटेर नेप्से यस साताको अन्तिम कारोबार दिन २७३८ मा बन्द भयो।  तीन दिनमा नेप्सेले करिब ५८ अंक गुमाएको छ। बिहीबार २७४० बाट कारोबार सुरू भएर २७०८ विन्दुसम्म पुगेपछि मात्रै नेप्सेको ओरालो यात्रा रोकियो। त्यसपछि केही घटबढ सहित...

असामान्य वर्षमा पनि औसत आर्थिक वृद्धिदर

२३ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्षको हालसम्म आर्थिक क्रियाकलापमा चारवटा मुख्य संकट देखिए। एक, २०८२ असार २४ गतेको बाढीपहिरोका कारण चीनसँगको स्थलमार्ग अवरूद्ध हुन पुग्यो। रसुवा हुँदै चीन जाने मुख्य स्थलमार्ग लामो समय सञ्चालनमा आउन सकेन। तातोपानी नाका पनि आंशिक रूपमा मात्रै सञ्चालनमा...

इन्फेक्सन भएपछि राधिकाले लगाइन् ओलीलाई भेटघाटमा रोक

४४ मिनेट अघि   सेतोपाटी

पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले घरमै आराम गरिरहेका छन्। केही दिनयता ओलीको शल्यक्रिया गरेको घाउमा संक्रमण बढेको छ। यसले बाह्य भेटघाट बन्द गरिएको छ। परिवारका सदस्यबाहेक पार्टीका नेता–कार्यकर्तालाई पनि भेट्न दिइएको छैन। केही दिनयता...

ड्रेसिङ रुममा 'भेप' तान्नु रियान परागलाई महँगो साबित, जरिवाना र कडा कारबाहीको चेतावनी

४८ मिनेट अघि   सेतोपाटी

राजस्थान रोयल्सका कप्तान रियान परागलाई खेलको नियम उल्लंघन गरेको आरोपमा जरिवाना गरिएको छ। मंगलबार पञ्जाब किंग्सविरुद्धको खेलका क्रममा ड्रेसिङ रुमभित्र 'भेप' (विद्युतीय चुरोट) प्रयोग गरेको पाइएपछि उनलाई म्याच फीको २५ प्रतिशत जरिवाना गरिएको हो। पञ्जाबले दिएको २२३ रनको ठूलो लक्ष्य...

नेपाल र भारतमा खिचिने 'जूबा' फ्लोरमा

५३ मिनेट अघि   सेतोपाटी

७५ दिनको सेड्युलसहित फिल्म 'जूबा'को छायांकन सुरू गरिएको छ। अस्त्र फिल्मस्को प्रस्तुति रहने फिल्मको छायांकन सर्लाहीबाट सुरू भएको हो। बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरू भएको फिल्म सर्लाही र काठमाडौंसँगै भारतको राजस्थानमा पनि खिचिनेछ। ७५ दिनको छायांकन तालिका तय गरिएकाले फिल्म...

विपक्षी दलहरूले सात विषयमा गराए सरकारको ध्यानाकर्षण

१ घण्टा अघि   सेतोपाटी

विपक्षी दलहरूले सात विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार सिंहदरबारस्थित एमाले संसदीय दल कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले विभिन्न सात विषयमा सरकारको ध्यानाकर्षण गराएको हो। पहिलो विषय सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउनेबारे छ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालका...

राष्ट्रपति पौडेलले बोलाए महान्यायाधिवक्तालाई, के भयो कुरा?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका अध्यादेशबारे छलफल गर्न महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग छलफल गरेका छन्। राष्ट्रपतिसँग आज १ घण्टा छलफल भएको महान्यायाधिवक्ता कँडेलले बताए। छलफलमा राष्ट्रपति पौडेलले अध्यादेश अध्ययनमा रहेको जानकारी गराएको महान्यायाधिवक्ता कँडेलले बताए। ‘अध्यादेशको बारेमा अध्ययन गर्दै हुनुहुँदो रहेछ।...

काठमाडौंमा शेखर कोइराला पक्षको भेला (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज काठमाडौंमा भेला गरेका छन्। कोइरालाले बागमती प्रदेशस्तरीय छलफल आयोजना गरेका हुन्। छलफल बालुवाटारस्थित ओपेरा होटलमा आज भएको हो। कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्व सभापति, सांसद र पूर्वसांसद, बागमती प्रदेशका सांसद,...

त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पठाए कुलपतिसमक्ष राजीनामा

१ घण्टा अघि   सेतोपाटी

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिएका छन्। त्रिवि पदाधिकारीहरू उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले आज पदबाट राजीनामा दिएका हुन्। त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले आफूहरूले राजीनामा पत्र पठाइसकेको सेतोपाटीलाई जानकारी दिए।...

२ करोड नाघ्यो 'परालको आगो' को व्यापार

१ घण्टा अघि   सेतोपाटी

सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत अभिनीत फिल्म 'परालको आगो' को व्यापार २ करोड नाघेको छ। फिल्मले बुधबारसम्म नेपालमा २ करोड ११ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको हो। कमाइको विवरण निर्माता सुशील पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।  लक्ष्मण...

फेवाताल संरक्षणमा 'स्टन्ट' नगरौं

१ घण्टा अघि   सेतोपाटी

गत वर्ष नेपालमा करिब ११.५ लाख पर्यटक आए। त्यसमध्ये अनुमानित ४०–४५ प्रतिशत अर्थात् लगभग ४.५–५ लाख पर्यटकहरूले पोखरा टेके भनिन्छ। पोखरा जाने कति जना पर्यटक फेवाताल जान्छन् भन्ने कुनै तथ्यांक त पाइँदैन, तर जुन उद्देश्यका लागि पर्यटकहरू पोखरा गए पनि...

१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने नियमले सीमामा नागरिकलाई कष्ट दियो- गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने आदेशले सीमा क्षेत्रमा नागरिकहरूले दु:ख पाइरहेको बताएका छन्। सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट आफू भर्खरै फर्केको उल्लेख गरेका उनले भनेका छन्, ‘त्यहाँका नागरिकहरूसँगको अन्तर्क्रिया पछि एउटा गहिरो छटपटी र आक्रोश मनमा...

सत्य निरूपण तथा बेपत्ता आयोगमा परेका उजुरी छिटो टुंग्याउन सरकारलाई दियो सर्वोच्चले परमादेश

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनमा ‘मानव अधिकार वा गम्भीर मानव अधिकार उल्लंघन’ भन्ने शब्दको प्रयोगलाई गैरसंवैधानिक नरहेको व्याख्या गरेको छ। बुधबार बसेको संवैधानिक इजलासले ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको (तेस्रो संशोधन)...

रवि लगायतको कसुर संशोधन गर्ने निर्णय विरूद्धको रिटको सुनुवाइ स्थगित

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतको प्रतिवादीको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटको सुनुवाइ स्थगित भएको छ। बिहीबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा उक्त...

प्राविधिकका रूपमा प्रस्तावित निजामती सेवा ऐन हेर्दा..

२ घण्टा अघि   सेतोपाटी

विज्ञान पढ्दाको एउटा चाखलाग्दो उदाहरणबाट लेख्न मन लाग्यो। रकेट प्रक्षेपण गर्दा पृथ्वीको गुरूत्वाकर्षणबाट टाढा जान लगभग १३ किलोमिटर प्रति सेकेन्डको गति चाहिन्छ— जसलाई इस्केप भेलोसिटी (escape velocity) भनिन्छ। यो गतिमा रकेट प्रक्षेपण गर्न सकिएन भने भूउपग्रहको रूपमा पृथ्वीकै वरिपरि नै घुमिरहन्छ।...

गोंगबु क्षेेत्रमा यस्तो छ सुकुम्बासी बस्ती (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

सरकारले शुक्रबारदेखि काठमाडौंका खोला किनारमा बाँकी रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने तयारी गरेको छ। बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शुक्रबारबाट बस्ती हटाउने बताएको हो। प्रशासनले बुधबार साँझबाटै माइकिङ गर्दै बस्ती खाली गर्न भनिरहेको छ। यसअघि सरकारले...

पूर्णबहादुर खड्का पक्षको भेलाका १५ निष्कर्ष

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का पक्षले काठमाडौंको धुम्बाराहीमा भेला गरेर १५ वटा निष्कर्ष निकालेका छन्। उनीहरूले १५ औं महाधिवेशन उद्देश्य र संकल्प पूरा गर्न समग्र पार्टी एकतामा जोड दिएका छन्। ‘बृहत एकताको पन्ध्रौ महाधिवेशन गर्ने उद्देश्य र संकल्प पुरा गर्नका...

सोपान फर्मास्युटिकल्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

२ घण्टा अघि   सेतोपाटी

सोपान फर्मास्युटिकल्सको आइपिओ आज (बिहीबार) बाँडफाँट भएको छ।  कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा तीन लाख ४७ हजार ४९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल २७ लाख ३० हजार ९८७ जनाले दुई करोड ९९...

चितवनमा आजदेखि 'अटो शो'

२ घण्टा अघि   सेतोपाटी

चितवनमा आज (बिहीबार)देखि 'अटो शो' आयोजना हुँदैछ। चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल्स एसोसिएसनको संयुक्त आयोजनामा वैशाख २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागिएको हो।  चितवन अटोमोबाइल्स एसोसिएसन (काडा) का अध्यक्ष इन्द्रप्रसाद रेग्मीले यस प्रदर्शनीले सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउने...

१८ सय परिवार हटाइए, बाँकी १७ सय परिवारका घर-टहरामा पनि शुक्रबारबाट चलाइँदै डोजर

२ घण्टा अघि   सेतोपाटी

सरकारले गत शनिबार र आइतबार काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रमा डोजर चलाएर त्यहाँ बसोबास गर्दै आएका झन्डै १० हजार जना सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाएको छ। तिनको व्यवस्थापनको काम पूरा नहुँदै शुक्रबारबाट थप सुकुम्बासी बस्तीमा डोजर...

शुक्रबार बिर्तामोडमा नवराज पराजुलीको कविता कन्सर्ट

२ घण्टा अघि   सेतोपाटी

शुक्रबार झापाको बिर्तामोडमा कवि नवराज पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको छ। दिउँसो २ बजेदेखि बिर्तामोडस्थित होटल किङ्सवरीमा नेपाली साहित्यको प्रवद्र्धनमा सक्रिय संस्था 'नेपाली साहित्य डटकम' ले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। कवि पराजुलीको चर्चित पुस्तक ‘सगरमाथाको गहिराइ’ प्रकाशनको दसौं...

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले माग्यो ८ कम्पनीका संस्थापकसँग प्रिमियम बुझाउँदाको विवरण

२ घण्टा अघि   सेतोपाटी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्स लगायत ८ माइक्रो फाइनान्सका संस्थापक सेयर खरिद गर्नेहरूको विवरण बुझाउन भन्दै सूचना जारी गरेको छ।  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो...

बिनातयारी, कुरै नबुझी भन्सार विन्दुमा एमआरपी लागू गर्न खोज्दा भन्सार ठप्प

२ घण्टा अघि   सेतोपाटी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एउटा अव्यावहारिक निर्देशनका कारण अहिले देशभरका नाकामा ठूलो मात्रामा कन्टेनरहरू लाम लागेका छन्। वाणिज्य मन्त्रालयले चैत ३० गते १५ दिनको समयसीमा दिएर विदेशबाट आयात हुने सबै वस्तुमा भन्सार पास हुँदाकै बखत अनिवार्य रूपले अधिकतम खुद्रा...

'दृश्यम ३' टिजरः फेरि डर, रहस्य र नयाँ मोड लिएर फर्किए जर्जकुट्टी

३ घण्टा अघि   सेतोपाटी

मलयालम सुपरस्टार मोहनलाल अभिनीत बहुप्रतीक्षित क्राइम थ्रिलर फिल्म 'दृश्यम ३' को टिजर सार्वजनिक भएको छ।  सार्वजनिक टिजरले 'दृश्यम' र 'दृश्यम २' का महत्वपूर्ण दृश्यहरू पुनः सम्झाउँदै कथा अघि बढाउँछ। त्यसपछि शीर्ष पात्र जर्जकुट्टीको मनोवैज्ञानिक अवस्थातर्फ केन्द्रित हुँदै उनी चर्चभित्र आफ्ना डर र...