ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

थापाथली क्षेत्रमा सुकुम्बासीले सुरू गरे प्रदर्शन (तस्बिरहरू)

५ मिनेट अघि   सेतोपाटी

काठमाडौंको थापाथली क्षेत्रमा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्।  बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले केहीबेर अघिदेखि प्रदर्शन सुरू गरेका हुन्। उनीहरूले प्ला कार्डमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रसमेत लिएर प्रदर्शन गरेका छन्। ‘पल्टाऊ वाचा पत्र अनि पढ लेखिएका कुराहरू कार्यान्वयन...

एकैदिन तोलामा २२ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

६ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) पनि सुन-चाँदीको भाउ घटेको छ।  बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६...

एपोलो हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

१६ मिनेट अघि   सेतोपाटी

एपोलो हाइड्रोपावरको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ।  कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ७८ हजार २० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल २७ लाख २७ हजार ११७ जनाले दुई करोड ९८ लाख ५१...

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

२७ मिनेट अघि   सेतोपाटी

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफूलाई प्रहरीले नियन्त्रणमा लिएको परिश्रमीले सेतोपाटीलाई जानकारी दिए। ‘मलाई प्रहरीले भर्खरै नियन्त्रणमा लिएको छ,’ उनले भने। प्रहरीले हिजो साँझ बागमती किनार आसपासमा माइकिङ गरेर सुकुम्बासी बस्तीका घरहरू खाली गर्न...

खड्का पक्षका नेताहरू छलफलमा जुट्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आफूनिकट नेताहरूको भेला आह्वान गरेको छ। वैशाख १५ गतेक ाठमाडौंको धुम्बाराहीमा बस्ने गरी भेला बोलाइएको खड्कानिकट निवर्तमान केन्द्रीय सदस्यले बताए। सर्वोच्च अदालतले तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको...

सिडिओ कार्यालय गेटमा खगेन्द्र सुनारसहित रास्वपा सांसदहरूको रातभरि धर्ना

१ घण्टा अघि   सेतोपाटी

खगेन्द्र सुनारसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले १२ घन्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन्। धर्नमा...

दरिलो टेवा खोजिरहेछ सेयर बजार, के देखिन्छ संकेत?

१ घण्टा अघि   सेतोपाटी

लगातार चार दिन सेयर बजार परिसूचक नेप्से घट्दा यसले ५१ अंक गुमाइसकेको छ। बिहीबार कारोबार रकम पनि ३१ दिनयताकै न्यून हो। गत मार्च ९ मा ५५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार पाँच अर्ब रूपैयाँको कारोबार भएको हो। पछिल्ला पाँच...

क्षतिपूर्ति र पुनर्वास व्यवस्था गरेर मात्रै सुकुम्बासी वस्ती खाली गराउन हर्क साम्पाङको सुझाव

२ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी वस्ती हटाउने योजना तत्काल रोक्न माग गरेका छन्।  शनिबारदेखि काठमाडौंका सुकुम्बासी वस्ती हटाउने सरकारले तयारी थालेपछि विज्ञप्ती जारी गर्दै अध्यक्ष साम्पाङले त्यस्ता गतिविधि रोकेर उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्थापन गरेर मात्रै सरकार अघि...

मदुरो पक्राउबारे बाजी राखेर ४ लाख डलर कमाउने अमेरिकी सैनिक

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी विशेष बलका एक सैनिकमाथि गोप्य सैन्य सूचनाको दुरुपयोग गरी अनलाइन सट्टेबाजीबाट करिब ४ लाख डलर कमाएको आरोपमा मुद्दा परेको छ। ग्यानन केन भान डाइक नाम गरेका ती सैनिकमाथि गोप्य सूचना दुरूपयोग गरेको आरोपमा मुद्दा दायर गरिएको अमेरिकी अखबार वासिङ्टनपोस्टले...

कांग्रेसले आज चयन गर्दैछ संसदीय दल नेता

३ घण्टा अघि   सेतोपाटी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार संसदीय दल नेता चयन गर्दैछ।  विहीबारदेखि अघि बढेको निर्वाचन प्रक्रियाअन्तर्गत आज मध्याह्न मनोनयन दर्ता र अपराह्न मतदान गर्ने कार्यतालिका छ। कांग्रेसले सहमतिकै आधारमा दल नेता चयन गर्ने प्रयास पनि गरिरहेको छ। सहमति नजुटे निर्वाचनबाटै दल...

स्थानीय तहका उम्मेदवार छान्ने खाका तयार पार्न रास्वपाले बनाएको समिति

४ घण्टा अघि   सेतोपाटी

स्थानीय तह निर्वाचन आउन एक वर्ष बाँकी छँदै राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ। रास्वपाले केन्द्रमा जस्तै स्थानीय तहमा पनि उम्मेदवार छनोटको रूपरेखा तयार पार्ने भएको छ। त्यस्तै क्याण्डिडेट क्लबमार्फत् उम्मेदवार छनोट गर्ने विधि तय गर्न लागिएको सहमहामन्त्री विपिनकुमार आचार्यले...

इसराइल र लेबननबीच थप तीन साता युद्धविराम लम्ब्याइएको ट्रम्पको घोषणा

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइल र लेबननबीचको युद्धविराम थप तीन साता लम्ब्याउने सहमति भएको घोषणा गरेका छन्। ओभल अफिसमा बिहीबार उच्चस्तरीय छलफलपछि ट्रम्पले युद्धविराम लम्ब्याउने सहमति भएको घोषणा गरेका हुन्।  ट्रम्पले बिहीबार अमेरिकास्थित इसराइली राजदूत येखिएल लेइटर र लेबननी राजदूत...

केन्द्रीय कारागार सुन्धाराबाट फरार तीन जना कैदी पक्राउ

४ घण्टा अघि   सेतोपाटी

प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका तीन जना फरार कैदीबन्दीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। लागुऔषध मुद्दाका कैदी दाङ गढवा गाउँपालिका–१ बस्ने ३६ वर्षीय विनोद कुमाल, कर्तव्य ज्यान तथा...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान

४ घण्टा अघि   सेतोपाटी

हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ। देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत...

आज पनि बढ्यो डलरको भाउ

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर...

२० औं लोकतन्त्र दिवस आज

४ घण्टा अघि   सेतोपाटी

बीसौं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्रथापना  गरे। जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र...

डढेलो रोक्न नयाँ सरकारको ड्रोन र स्याटलाइट प्रविधि कहिलेदेखि?

५ घण्टा अघि   सेतोपाटी

बुधबार र बिहीबार नेपालको पूर्वदेखि पश्चिमसम्म सल्किएका डढेलोको धुवाँ काठमाडौं उपत्यका भित्रिँदा यहाँको हावा थप विषाक्त बनाइदियो। यति मात्र होइन, डढेलो नियन्त्रण गर्न अहिलेसम्म गरिएको प्रयास विफल रहँदै आएको सत्य समेत छर्लंग बनाइदिएको छ। दक्षिण एसिया डढेलो सञ्जालका नेपाल प्रतिनिधि...

कान्तिपुरको प्रबन्ध निर्देशकबाट सम्भव सिरोहियाले दिए राजीनामा

१२ घण्टा अघि   सेतोपाटी

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले राजीनामा दिएका छन्। बिहीबारदेखि नै लागू हुने गरी उनले राजीनामा दिएको कान्तिपुरले जनाएको छ। कान्तिपुरका अनुसार उनले कान्तिपुर मिडिया ग्रुपका सबै कर्मचारीलाई सम्बोधन गरेर राजीनामा दिएको सन्देश पठाएका छन्। कान्तिपुरले लेखेको छ, 'सिरोहियाले...

महानगर प्रहरीले सुकुम्बासी बस्तीमा माइकिङ गरेका ६ बुँदा

१४ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले खोला–नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्तीहरूमा माइकिङ गर्न थालेको छ। बिहीबार साँझदेखि सुरूमा तीन वटा स्थानमा जानकारी गराउन थालिएको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा माइकिङ गर्न पठाइएको छ। महानगर प्रहरीले...

सुकुम्बासी बस्तीमा महानगर प्रहरीले गर्न थाल्यो माइकिङ

१४ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले खोला–नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्तीमा माइकिङ गर्न थालेको छ। बिहीबार साँझदेखि महानगर प्रहरी बलले सुकुम्बासी बस्ती क्षेत्रमा माइकिङ गर्न थालेको हो। अहिलेलाई तीन वटा स्थानमा जानकारी गराउन थालिएको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए। 'थापाथली, मनोहरा...

धम्कीको शैलीमा आएको सञ्चार मन्त्रालयको विज्ञप्तिको प्रतिवाद

१४ घण्टा अघि   सेतोपाटी

सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन मिडिया र सामाजिक सञ्जाल चलाउने व्यक्तिहरूलाई 'मिथ्या' सूचना फैलाए विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने भनेर दिएको चेतावनीको तीव्र आलोचना भएको छ। मन्त्रालयले 'आधारहीन, मिथ्या र भ्रामक सूचना फैलाउनेहरू विरूद्ध' विद्युतीय कारोबार ऐन तथा अन्य...

तीर्थालु चढेको गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु, २ जनाको अवस्था गम्भीर

१४ घण्टा अघि   सेतोपाटी

प्यूठानमा तीर्थ यात्रु चढेको एउटा जिप दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु भएको छ। थप दुई जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परी १५ जना  घाइते भएका छन्।   दुर्घटनामा परी छिमेकी देश भारतको महाराजगञ्ज थाना मेटौलीका करण नाथ मौरियाका ३ वर्षीया छोरी काव्या मौरियाको...

कोइली शाही मृत्यु प्रकरणमा प्रेमी परिचन्द्र खत्री थुनामा पठाइए

१५ घण्टा अघि   सेतोपाटी

रूकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत कर्मचारी मृत्यु प्रकरणमा उनका प्रेमी पुर्पक्षका लागि थुनामा पठाइएका छन्।  सिस्ने – ६ खोपिचारकी २३ वर्षीया कोइली शाही गत असार २८ गते बिहानै कोठाभित्र मृत फेला परेकी थिइन्। उनी सिस्ने –५ मा कोठा भाडामा बस्दै आएकी...

गैरआवासीय नेपाली ऐन सम्बन्धी मस्यौदा आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने तयारी

१५ घण्टा अघि   सेतोपाटी

प्रस्तावित गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने तयारी गरिएको छ। यस सम्बन्धमा आज गैरआवासीय नेपाली संघ (एनआरएनए) र परराष्ट्र मन्त्रालयबीच आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले उक्त जानकारी दिए। उनले संविधानका आकांक्षाहरूलाई अवधारणात्मक आधार र व्यावहारिक...