एरिकालाई कराते वान प्रिमियर लिगमा रजत पदक
नेपालकी कराते स्टार एरिका गुरुङले चीनमा भएको कराते वान प्रिमियर लिग २०२६ मा रजत पदक जितेकी छन्। आइतबार भएको स्वर्ण पदकको भिडन्तमा एरिकाले कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गरेकी थिइन्। तर एरिका फाइनलमा २-१ अंकले पछि पर्दा स्वर्ण जित्ने अवसर गुमाइन्। ...
