ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

१४ मिनेट अघि   सेतोपाटी

सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत–१५...

अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता

२९ मिनेट अघि   सेतोपाटी

अमेरिका र इरानबीच आज वार्ता हुँदैछ। पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो। वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ। इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद...

२४ घन्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

१ घण्टा अघि   सेतोपाटी

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपान एवं शिशु हेरचाहकक्ष सञ्चालन आवश्यकताअनुसार स्तरोन्नति, बिरामी तथा विशेष...

आत्मरक्षाका लागि सैनिकले चलाएको गोली लागेर एकसिंगे गैंडाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा रहेका सैनिकले चलाएको गोली लागेर एक सिंगे गैंडाको मृत्यु भएको छ। बिहीबार निकुञ्जको सुरक्षार्थ गस्तीमा रहेको नयाँ गोरख गणका एक सिपाहीमाथि गैंडाले आक्रमण गरेको थियो। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जको कोर...

उपसभामुख रूबीकुमारीले लिइन् शपथ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

उपसभामुख रूबी कुमारीले शपथ लिएकी छन्। बुधबार अपराह्न उपसभामखु निर्वाचित भएकी रूबी कुमारीलाई साँझ शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन्।   समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद,...

नवनियुक्त उद्योग र श्रममन्त्रीले लिए शपथ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार साँझ शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री...

यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा...

के हो फिजियोथेरापी, कसले गर्नुपर्छ? (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

सबैभन्दा पहिले फिजियोथेरापी के हो भनेर बुझ्न जरूरी छ। फिजियोथेरापी रिह्याबिलिटेसनको एउटा पाटो पनि हो। फिजियोथेरापीभित्र रोकथाम, उपचार र लामो समयका लागि रिह्याबिलिटेसन पर्छ। सबैभन्दा पहिले कुनै पनि रोग लाग्नुभन्दा अगाडि त्यो रोग लाग्न नदिन शारीरिक व्यायामहरूको माध्यमबाट गरिने उपचारलाई...

हक्की टोलीको जर्सी र राष्ट्रिय टोली घोषणा

११ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय हक्की टिमले लगाउने जर्सी सार्वजनिक भएको छ। नेपाल हक्की संघले शुक्रबार रोएल टुलिप होटलमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य राम चरित्र मेहता र नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्माले संयुक्त रुपमा हक्की टिमको...

सकियो संसदको पहिलो अधिवेशन, तर एक शब्द बोलेनन् प्रधानमन्त्री बालेन

११ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा निर्वाचनपछि करिब दुई-तिहाइ बहुमतको सरकार नेतृत्व गरिरहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसदको पहिलो अधिवेशनमा के बोल्छन् भन्ने धेरैको चासो थियो। तर निर्वाचनपछिको पहिलो संसद अधिवेशनमा प्रधानमन्त्री शाहको एक शब्द सुनिएन। प्रतिनिधिसभा भनेको जनताले मत हालेर...

संसदीय सुनुवाइ समिति- रास्वपा एक्लैले नाम अनुमोदन गर्न सक्ने, अस्वीकृत गर्न नसक्ने

११ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइमा आउने नियुक्तिका सिफारिसहरू एक्लै अस्वीकृत गर्न नसक्ने भएको छ। संविधान अनुसार संवैधानिक परिषदबाट भएका सिफारिसहरू अस्वीकृत गर्न दुई तिहाइ मत चाहिन्छ। अर्थात् १५ सदस्यीय समितिमा १० सांसद एकातर्फ भए मात्र कुनै पनि सिफारिस भएका व्यक्तिको नाम...

संसदीय समितिका सभापति चयनका लागि वैशाख ४ गते निर्वाचन हुने

१२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय तोकेका हुन्।  सभामुख अर्यालले भने,...

रास्वपाले जनताले दिएको म्यान्डेटको बीमा गरेको छ– रहबर अन्सारी

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीलाई पार्टी सभापति रवि लामिछानेले गलत काम गर्ने सांसदहरूलाई फिर्ता गर्ने (राइट टू रिकल) बाचा गरेकोमा खुसी लागेको छ। पहिलो पटक प्रतिनिधिसभा सांसद बनेका रहबरले यसलाई जनताको म्यान्डेटको 'इन्स्युरेन्स' का रूपमा बुझेका छन्।...

प्रतिनिधि सभाले बनायो १० वटा विषयगत समिति, को सांसद कुन समितिमा? (हेर्नुस् सूची)

१२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ। शुक्रबार  प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिमा रहने सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्। प्रतिनिधि सभाका समितिहरूले सरकारको कामको मूल्यांकन तथा विभिन्न विधेयकहरूमा छलफल गरेर टुंगो लगाउने काम गर्दै आएको छ। त्यस्तै सार्वजनिक...

२५ वर्षकी रूबीकुमारी ठाकुर उपसभामुख निर्वाचित

१३ घण्टा अघि   सेतोपाटी

उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार २५ वर्षकी रूबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज उपसभामुख निर्वाचन भएको थियो। आज प्रतिनिधि सभामा २५६ जना सांसद उपस्थित थिए। रूबीकुमारीका पक्षमा २२९ मत प्राप्त भएको सभामुख डिपी अर्यालले जानकारी दिए। विपक्षमा ५ मत र तटस्थमा...

६ विधामा अस्करमा छानिएको उत्कृष्ट फिल्म, हेर्नुस् युट्युबमा

१३ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा सन् १९८६ को कुरा हो।  पाँच वर्षीय सरू भारतको मध्य प्रदेशस्थित खण्डवामा आफ्ना दाजु गुड्डु, सानी बहिनी शकिला र आमासँग बस्छन्। गुड्डु र सरू मालवाहक रेलबाट कोइला चोर्छन्। त्यो कोइला दूध र खानासँग साट्छन्। एक रात सरू गुड्डुसँगै काममा...

देउवा दम्पतीले स्वदेश फर्किएर कानुनी प्रक्रियालाई सहयोग गर्नुपर्छ- विश्वप्रकाश शर्मा

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवा स्वदेश फर्किएर कानुनी प्रक्रियालाई सहयोग पुर्‍याउनुपर्छ भन्ने पार्टीको धारणा रहेको बताएका छन्। आज पोखरामा गण्डकी प्रदेशस्तरीय चुनावी समीक्षामा बोल्दै उपसभापति शर्माले कुनै पनि आग्रह वा पूर्वाग्रह...

खाडीमा युक्रेनी प्रविधिले जेट इन्जिनले चल्ने इरानी ड्रोन समेत खसालेको जेलेन्स्कीको दाबी

१३ घण्टा अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको 'इलेक्ट्रोनिक युद्ध प्रणाली’ र ‘इन्टरसेप्टर’ ड्रोनले खाडी क्षेत्रमा इरानी ड्रोनहरू खसालेको दाबी गरेका छन्। फाइनान्सियल टाइम्सका अनुसार मध्यपूर्वमा खटाइएको युक्रेनी सैन्य टोलीले अमेरिकी सैन्य पूर्वाधार रहेका कैयौं देशहरूमा इरानी शाहिद ड्रोनहरू खसालेका छन्। जेलेन्स्कीले युद्धका क्रममा विनाश...

पाटनमा चक्कु प्रहार गरी भागेका युवक पक्राउ गरेका दुई प्रहरी पुरस्कृत

१३ घण्टा अघि   सेतोपाटी

ललितपुरको पाटनमा दुई युवामाथि चक्कु प्रहार गरी भागेका व्यक्तिलाई पक्राउ गरेकोमा दुई जना प्रहरी पुरस्कृत भएका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी इश्वर कार्कीले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटी र प्रहरी जवान शाहाना बोहरालाई पुरस्कृत गरेका हुन्।...

हाम्रो माननीयलाई रूबी बहिनी भनेर सम्बोधन गरियो, त्यो शब्द खारेज होस्– हर्क साम्पाङ

१३ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखको उम्मेदवार रूवी ठाकुरलाई बहिनी भनेर सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा ठाकुरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै साम्पाङले संसदमा बोल्दा कोही कसैको बहिनी, कोही नातिनी, कोही बाजे,...

उपसभामुख निर्वाचन- राप्रपाकी लामाको नाममा मतदान हुँदा तटस्थमा कसरी आयो धेरै मत?

१३ घण्टा अघि   सेतोपाटी

आज उपसभामुख निर्वाचन भइरहेको छ। उपसभामुख निर्वाचनमा २ जना उम्मेदवार छन्। राप्रपा सांसद सरस्वती लामा र श्रम संस्कृतिकी सांसद रूबीकुमारी ठाकुर उम्मेदवार छन्। पहिले राप्रपा सांसद लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन भएको थियो। आज प्रतिनिधि सभामा २५७ जना...

उपसभामुखमा राप्रपा उम्मेदवार लामाको पक्षमा जम्मा ५ मत

१३ घण्टा अघि   सेतोपाटी

आज उपसभामुख पदका लागि निर्वाचन भइरहेको छ। सिंहदरबारस्थित प्रतिनिधि सभा बैठकमा उपसभामुख निर्वाचन भएको हो। उपसभामुख पदमा राप्रपाकी उम्मेदवार सरस्वती लामा र श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुर उम्मेदवार छन्। राप्रपाकी लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा जम्मा ५...

हाजिर जमानीमा छुटे कलाकार बले

१३ घण्टा अघि   सेतोपाटी

अभद्र व्यवहारको कसुरमा पक्राउ परेका बले भनिने कलाकार सागर लम्साल हाजिर जमानीमा छुटेका छन्। उनलाई शुक्रबार साँझ परिवारको जिम्मामा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ‘उहाँलाई आवश्यक परेको बेलामा उपस्थित हुने गरी हाजिर जमानीमा छाडिएको छ,’...

दार्चुलाबाट रोएर फर्किएँ– हर्क साम्पाङ

१३ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङ आफू दार्चुलाबाट रोएर फर्किएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै साम्पाङले गृहमन्त्री, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्रीलाई एकपटक दार्चुला जान आग्रह पनि गरे। ‘म त्यो दार्चुलामा जाँदाखेरी रोएर...