ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रहिनन् दिग्गज गायिका आशा भोस्ले

२८ मिनेट अघि   सेतोपाटी

प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।  आशा भोस्ले केही समयदेखि अस्वस्थ थिइन्। मुटु र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार आइसीयूमा भर्ना गरिएको...

कर्मचारी ल्याउन महानगरले सुरू गर्‍यो 'कार पुलिङ'

३५ मिनेट अघि   सेतोपाटी

इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले ‘कार पुलिङ’ सुरू गरेको छ। एउटै क्षेत्रका कर्मचारीहरूले आलोपालो गरेर सवारी साधन चलाउन थालेका हुन्। उनीहरूले कार्यालय जाँदा आउँदा एउटै क्षेत्रका कर्मचारी साथीहरूलाई ल्याउने, लैजाने गर्नुपर्नेछ। इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने...

'मजाक' मा गरेको टिप्पणीले भोग्नुपर्‍यो प्रतिबन्ध

१ घण्टा अघि   सेतोपाटी

नेपाली अम्पायरले खेलका दौरान लिने निर्णयको विषयमा राष्ट्रिय खेलाडीले पटक पटक आलोचना गर्ने गरेका छन्। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अम्पायरको निर्णयलाई लिएर राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले सार्वजनिक रूपमै प्रश्न उठाएका थिए। त्यसमा कतिपय विदेशी खेलाडी समेत समर्थन जनाएका...

करण केसीलाई एक खेल प्रतिबन्ध

१ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र गतिका बलर करण केसीलाई एक खेलको प्रतिबन्ध गरेको छ। क्यानले अम्पयारको विषयमा सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावनाविपरित भएको भन्दै प्रतिबन्ध गर्नुका साथै खेलको शतप्रतिशत म्याच शूल्य जरिवाना गर्ने निर्णय...

दुबईमा नेपाली कामदारका समस्या समाधानमा केन्द्रित अन्तरक्रिया सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

नेपाली महावाणिज्यदूतावास दुबईले युएईस्थित नेपाली समुदायसँग श्रम, कानुनी र सेवा प्रवाहका विषयमा केन्द्रित अन्तरक्रिया गर्दै सुधारका लागि सुझाव संकलन गरेको छ। महावाणिज्यदूतावास दुबईको आयोजनामा तथा नेपाली समाज युएईको समन्वयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा युएईमा रहेका नेपाली कामदारका प्रमुख समस्या र सेवा...

भारतीय फिल्म सेन्सर निकायले भन्यो- 'जन नायकन' लिकसँग हाम्रो कुनै सम्बन्ध छैन

२ घण्टा अघि   सेतोपाटी

भारतीय चलचित्र सेन्सर निकाय केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी) ले फिल्म 'जन नायकन'  को अनलाइन लिक प्रकरणमा आफ्नो संलग्नता रहेको भन्ने दाबीलाई पूर्ण रूपमा आधारहीन र भ्रामक भनेको छ।  दक्षिण भारतीय सुपरस्टार थलापति विजय अभिनीत 'जन नायकन' हलमा रिलिजअघि नै अनलाइन...

पूर्ण शारीरिक अपांगता भएका व्यक्तिको हेरचाह गर्नेलाई मासिक २५ सय रूपैयाँ

२ घण्टा अघि   सेतोपाटी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले पूर्ण शारीरिक अपांगता भएका व्यक्तिको हेरचाह गर्नेलाई मासिक २५ सय रूपैयाँ दिने निर्णय गरेको छ। २०८३ वैशाख १ देखि लागू हुने गरी यस्तो निर्णय गरिएको हो। नगरपालिकाले यसका लागि घर–घर पुगेर अपांगता भएका व्यक्तिको अवस्था अध्ययन गरी...

डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न

२ घण्टा अघि   सेतोपाटी

डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (इएमबी) सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न गरेको छ। डोङफेङको जनरल अनुसन्धान तथा विकास केन्द्र र यिपाइ टेक्नोलोजीका विज्ञहरूद्वारा संयुक्त रूपमा गरिएको परीक्षणले कम घर्षण भएका सतहमा ब्रेकिङ गर्दा यो प्रणाली उत्पादनस्तरका मापदण्डहरू पूरा...

पूर्वप्रधानमन्त्री भट्टराई भारत प्रस्थान

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री भट्टराई तथा पूर्व मन्त्री हिसिला यमी आज भारत प्रस्थान गरेका हुन्। भट्टराई 'डा. राममनोहर लोहिया स्मृति व्याख्यान' कार्यक्रमको प्रमुख वक्ताका रूपमा भारत जान लागेको उनको सचिवालयले जनाएको छ। उनी वैशाख २ गते...

श्रवण मुकारूङको उपन्यास 'सलह' लोकार्पण

२ घण्टा अघि   सेतोपाटी

कवि तथा गीतकारका रूपमा परिचित श्रवण मुकारूङको उपन्यास 'सलह' सार्वजनिक भएको छ।  शनिबार नेपालयको आरशालामा आयोजित कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो। पहिलो आख्यानका रूपमा 'सलह' ल्याएका श्रवण मुकारूङले कार्यक्रममा बोल्दै सुरूमै हलको बाहिर बसेर सुनिरहेकाहरूलाई सम्बोधन गरे।  लेखक मुकारूङले भने, 'म...

रवि र बालेनलाई र गाली गरेर भिडिओ बनाएका एक युट्युबर पक्राउ

२ घण्टा अघि   सेतोपाटी

पाँचथरमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायत अन्य नेताहरूमाथि अपमानजनक शब्दहरू प्रयोग गरेर समाजिक सञ्जालमा भिडिओहरू बनाएपछि एक युट्युबर पक्राउ परेका छन्। फाल्गुनन्द गाउँपालिका-७ का सामाजिक सञ्जालमा भिडिओ बनाउने युटयुबर रोशन पोखरेल पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार (चैत...

कर्बिर तामाङ बने कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ का विजेता

२ घण्टा अघि   सेतोपाटी

गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ अप्रिल १० र ११ मा रोयल नेपाल गल्फ कोर्समा सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी भएका थिए। प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड प्रणालीमा ¾...

सुन-चाँदीको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ।  शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार एक...

राप्रपाभित्र देखियो विवाद, बोलाइयो केन्द्रीय कार्यसम्पादन समिति बैठक

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद सिर्जना भएको छ। पार्टीको संस्थागत निर्णयबिना उपसभामुख पदमा उम्मेदवारी दिइएको भन्दै विवाद सिर्जना भएको हो। महामन्त्री धवलशम्शेर राणाले पार्टीको संस्थागत निर्णयबिना नै उपसभामुख पदको उम्मेदवारी दिइएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। ‘म...

परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

३ घण्टा अघि   सेतोपाटी

नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री एच।इ। धनञ्जय रामफल र सिंगापुरका...

पूर्वमन्त्री भट्टराई भन्छिन्– विद्यार्थीलाई प्रेरित र रोजगारीको ग्यारेन्टी गर्न सकिएको छैन

४ घण्टा अघि   सेतोपाटी

लर्निङ डिस्कोर्स नेपालबाट विदेश पलायन हुने विद्यार्थी संख्या बर्सेनि बढ्दो छ। एकातिर हाम्रा विश्वविद्यालयहरू आफैमा कमजोर हुनु, समय अनुसार परिस्कृत हुँदै नजानु र अर्कातिर दलीय हस्तक्षेपबाट ग्रसित हुँदा शिक्षाको गुणस्तरमा प्रभाव परेको छ। त्यसैले गुणस्तरीय शिक्षाको खोजीमा ठूलो संख्यामा विद्यार्थीहरू...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार  चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई  पक्राउ गरिको...

अमेरिकाले अत्यधिक र अव्यावहारिक माग राख्यो- इरान

४ घण्टा अघि   सेतोपाटी

इस्लामावाद वार्ता विना निष्कर्ष टुंगिएको छ। होटल सेरेनामा पाकिस्तानी मध्यस्थतामा भएको अमेरिका र इरानबीचको वार्ता कुनै सम्झौता नभई टुंगिएको हो। इरानले वार्ता विफल हुनुमा अमेरिका दोषी भएको बताएको छ। 'अमेरिकाको अत्यधिक र अव्यावहारिक मागका कारण वार्ता अगाडि बढ्न सकेन,' इरानको...

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे के भने परराष्ट्रमन्त्री शिशिर खनालले?

५ घण्टा अघि   सेतोपाटी

परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक सहमति भइसकेको बताएका छन्। नवौं हिन्द महासागर सम्मेलनका सन्दर्भमा हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्लुआइओएन) सँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउँदा नै भ्रमणको निम्ता...

सम्झौता नगरी इस्लामावादबाट फर्कियो अमेरिकी वार्ता टोली

५ घण्टा अघि   सेतोपाटी

इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ।  अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल सम्झौताबेगर नै फर्किन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमरिकी अखबार द न्युयोर्क टाइम्सले उपराष्ट्रपति भान्स चढ्ने एयरफोर्स टु इस्लामावादबाट उडान भर्ने क्रममा रहेको जनाएको...

इस्लामावादको वार्ता निष्कर्षविहीन, भान्सले भने- इरान हाम्रो सर्त मान्न तयार देखिएन

६ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन भएको छ। शनिबार दिउँसोदेखि बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्। वार्ता रोकिएपछि उनले होटल सेरेनामै संक्षिप्त पत्रकार सम्मेलनमा भान्सले अहिलेसम्म कुनै समझदारी नभएको बताएका हुन्। 'दुःखद पक्ष के...

मुटु तथा फोक्सो शल्यचिकित्सामा नयाँ प्रविधिबारे अन्तरक्रिया

६ घण्टा अघि   सेतोपाटी

मुटु, रक्तनली तथा फोक्सोसम्बन्धी शल्यचिकित्सामा हाल प्रयोग भइरहेको प्रविधिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यका साथ यसका विज्ञ चिकित्सकबिच एक दिवसीय अनुभव आदानप्रदान कन्टिनियस मेडिकल एजुकेसन (सिएमई) कार्यक्रम सम्पन्न भएको छ। कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभाग, मनमोहन कार्डियोथोरेसक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर,...

अमेरिका र इरानबीच रातभरि वार्ता

६ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा रातभरि वार्ता भएको छ। इस्लामावादको होटल सेरेनामा शनिबार दिउँसोदेखि सुरू भएको त्रिपक्षीय वार्ता आइतबार बिहान ५ बजेसम्म चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। वार्ता विभिन्न चरणमा भएका थिए। वार्तापछि दुवै पक्षले प्राविधिक टोलीमार्फत लिखित दस्तावेज...

अमेरिकी डलरको मूल्य स्थिर

७ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलरको आज घटबढ छैन। आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ। शनिबार पनि खरिद, बिक्री दर...