ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बसन्तपुर क्षेत्रमा एक वृद्धमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ

१ मिनेट अघि   सेतोपाटी

काठमाडौं बसन्तपुर क्षेत्रमा एक वृद्धमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा बसन्तपुर क्षेत्रमा एक वृद्धमाथि कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रकाश क्षेत्रीलाई मंगलबार नियन्त्रणमा...

पहिलो पाठशालाको पहिलो पाइला!

५ मिनेट अघि   सेतोपाटी

म सानी हुँदा आमाले हाम्रो घरमा आउने मभन्दा ठुला जोसुकैलाई नमस्कार गर्न सिकाउनु हुन्थ्यो। उमेरमा मभन्दा ठुला जोसुकैलाई हजुर तपाईं भनेर सम्बोधन गर्नु पर्थ्यो। गाउँका सबै बच्चाबच्चीहरू हामी जस्ता थिएनन्। सायद उनीहरूले आफ्नो परिवारबाट त्यस्तो सिकेका थिएनन्। हामीहरूको यस्तो व्यवहार देखेर...

राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

७ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,...

ग्रेटर लुम्बिनी परियोजनाका लागि विश्व बैंकको ८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

११ मिनेट अघि   सेतोपाटी

सरकारले विश्व बैंकसँग ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विश्व बैंकले ग्रेटर लुम्बिनी परियोजनाको लागि दिने ८५ मिलियन अमेरिकी...

किन गर्‍यो सरकारले एउटा मात्रै डेपुटी गभर्नर नियुक्त?

१२ मिनेट अघि   सेतोपाटी

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त गर्‍यो।  यसअघिका वर्षहरूमा एकैपटक दुई वटै डेपुटी गभर्नर नियुक्त गरिँदै आएकोमा यसपटक एक जना मात्रै नियुक्त भएपछि धेरैले यस विषयमा चासो व्यक्त गरेका छन्।  डेपुटी गभर्नर एकै पटक नियुक्त...

नेप्सेसँगै घट्यो कारोबार रकम

२१ मिनेट अघि   सेतोपाटी

मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से २.६१ अंकले घटेर २७५७.४० विन्दुमा बन्द भएको छ। यसदिन नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार १० अर्ब ९२ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ६ अर्ब ७३ करोड रूपैयाँको...

मोटरसाइकल दुर्घटनाको जलेर मृत्यु भएका तीन विद्यार्थीको खुल्यो पहिचान

३६ मिनेट अघि   सेतोपाटी

जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मंगलबार बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको घटनाको थप विवरण सार्वजनिक गरिएको छ। मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय शुभाष दास, २० वर्षीय रवि दास...

बाँदर आतंक रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्नेसम्म सांसदका माग

४९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले मनाङ–मुस्ताङ मुलुकका विभिन्न स्थानमा प्रतिबन्धित क्षेत्र घोषण गर्दा जनताको मौलिक हक हनन भएको भन्दै...

दैनिक ४० हजार लाइसेन्स छापिँदै, साउनदेखि २४ घन्टाभित्रै लाइसेन्स दिने तयारी

१ घण्टा अघि   सेतोपाटी

सरकारको १०० दिने शासकीय सुधार कार्यसूची सार्वजनिक भएपछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा अघि बढाइएको छ। विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार पछिल्लो एक सातादेखि दैनिक ४० हजार लाइसेन्स छाप्ने काम भइरहेको छ। यसअघि दैनिक...

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

१ घण्टा अघि   सेतोपाटी

मध्यपूर्वको तनावका कारण कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले स्थानीय उपभोक्तालाई राहत दिन पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषद मंगलबारको बैठकले यो निर्णय गरेको हो। मन्त्रिपरिषद निर्णय...

‘ओमोडा जेको’ र ‘आइकार’ मोडेलमा वारेन्टी विस्तार

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि ओमोडा जेको र आइकारका आधिकारिक विक्रेता एसपिजी अटोमोबाइल्स प्रालिले आफ्ना विद्युतीय सवारी (इभी) मोडेलहरूमा उद्योगकै अग्रणी ११ वर्षे वारेन्टी घोषणा गरेको छ। ब्याट्री र मोटर कम्पोनेन्टहरूमा उपलब्ध यो वारेन्टी नेपालकै सबैभन्दा लामो इभी वारेन्टी कार्यक्रमहरूमध्ये एक हो। हाल...

एसइई दिएर फर्कंदै थिए, दुर्घटनामा बिते तीन विद्यार्थी

१ घण्टा अघि   सेतोपाटी

महोत्तरीस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ। सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन्। उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

'वर्क फर्म होम' र विद्युतीय साधनको प्रयोग बढाउन सरकारको आह्वान

१ घण्टा अघि   सेतोपाटी

सरकारले विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विद्युतीय सवारीको प्रयोग बढाउन सरकारले आह्वान गरेको बताइन्। ‘विद्युतीय सवारीको प्रयोग बढाउन र वर्क फर्म होमका लागि...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित ३ जनाको राजीनामा स्वीकृत

१ घण्टा अघि   सेतोपाटी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आज राजीनामा पेस गरेका थिए।  मंगलबार बसेको मन्त्रिपरिषद्...

आठ पटकको जिल्ला लिग विजेता सम्राट पहिलोपटक विराट गोल्डकप खेल्दै

१ घण्टा अघि   सेतोपाटी

चैत २८ बाट विराटनगरस्थित सहिद रंगशालामा सुरू हुने विराट गोल्डकप फुटबलको ३८ औं संस्करणमा घरेलु टोलीको रूपमा सम्राट स्पोर्टिङ क्लब पहिलोपटक सहभागी बन्दैछ।  मोरङ जिल्लाको ए डिभिजन लिग आठपटक बितेको सम्राट स्पोर्टिङ क्लबका अध्यक्ष किरण गिरीले दिएको जानकारी अनुसार यसपटक क्लबले...

राष्ट्रिय युवा परिषदबाट एलिजा ढकालले दिइन् राजीनामा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय युवा परिषद्को सदस्यबाट एलिजा ढकालले राजीनामा दिएकी छन्। उनले मंगलबार परिषदको प्रशासकीय प्रमुख गेहनाथ गौतमलाई राजीनामा बुझाएकी हुन्।  उनी २०८२ वैशाख ११ गते नियुक्ति लिएकी थिइन्। ‘अघिल्लो सरकारबाट मनोनीत भएको कारण नैतिकताको आधारमा राजीनामा बुझाएको उनले बताएकी छन्।  'विशाल जनमत...

सेयर बजार बन्द भएपछि पनि अर्डर हाल्न मिल्ने

२ घण्टा अघि   सेतोपाटी

अब सेयर बजार बन्द भएपछि पनि किनबेच आदेश (अर्डर) हाल्न मिल्ने भएको छ। धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले धितोपत्र कारोबारसम्बन्धी विनियमावली संशोधन स्वीकृत गरेसँगै यस्तो व्यवस्था कार्यान्वयनमा आउने भएको हो।  धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रस्ताव...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कांग्रेस संसदीय दल नेतामा को हुन् गगन र देउवा पक्षका उम्मेदवार?

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन सकिएको एक महिना भइसक्यो। ३८ सांसद रहेको नेपाली कांग्रेसले अझै संसदीय दल नेता चयन गर्न सकेको छैन। कांग्रेस नेताहरूका अनुसार संसदीय दल नेता चयन प्रक्रिया सुरू गर्न अझै तीन-चार दिन लाग्न सक्छ। सरकारले केही दिनभित्रै यो अधिवेशन...

मन्त्रिपरिषद् बैठक जारी

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरू भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ। प्राय: सोमबार र शुक्रबार मन्त्रिपरिषद बैठक बस्छ। अरू दिन बैठक आह्वान...

मन्त्रिपरिषद् हेरफेर

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका हुन्। यसअघि तेस्रो वरीयता रहेका गृहमन्त्री सुधन गुरूङ अहिले पाँचौं नम्बरमा छन्। यस्तो छन् मन्त्रीहरू मर्यादाक्रम-  

भ्यासलिनको 'ग्लुटा–ह्या' नेपाली बजारमा, गुलाबी कार्पेटसहित सडक अभियान

३ घण्टा अघि   सेतोपाटी

युनिलिभर नेपालअन्तर्गतको ब्रान्ड भ्यासलिनले आफ्नो उत्पादन भ्यासलिन ग्लुटा–ह्या लाई नेपाली बजारमा 'शोस्टपर स्किन' नामक कार्यक्रममार्फत सार्वजनिक गरेको छ। सामान्य ढाँचालाई तोड्न र जिज्ञासा जगाउन तयार गरिएको यो शोस्टपर स्किन कार्यक्रमले परिचित सार्वजनिक स्थानहरूलाई दृश्यात्मक अचम्मको नजारामा परिणत गर्‍यो। कुनै पूर्व...

पशुपंक्षी र वातावरण स्वस्थ नभई हामी पूर्ण स्वस्थ हुन सक्दैनौं- स्वास्थ्य मन्त्री

३ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ को अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्। विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी...