ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

माइक्रो र बस एकापसमा ठोक्किँदा १० जना घाइते

६ मिनेट अघि   सेतोपाटी

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन्। काठमाडौंबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना...

सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान?

१२ मिनेट अघि   सेतोपाटी

प्रणालीमा सुधारको अपेक्षा राख्नु र त्रुटिहरू औँल्याउनु सचेत नागरिकको जिम्मेवारी मात्र होइन, अधिकार पनि हो। तर जब रचनात्मक आलोचनाको सीमा नाघेर सतही गालीगलौजले प्रश्रय पाउँछ, तब त्यसले सुधार होइन, बरु सेवाको जगलाई नै कमजोर बनाउँदै लैजान्छ। विडम्बना त के छ...

४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

१८ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई ४० हजार घुस रकमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन्। अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा...

अमेरिकाको दोस्रो एफ-३५ लडाकू विमान खसालेको इरानको दाबी

२७ मिनेट अघि   सेतोपाटी

इरानले जारी युद्धमा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी गरेको छ। इरानले दोस्रो एफ-३५ लडाकू विमानलाई  'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजीसी) को ‘एयर डिफेन्स’ प्रणालीले मध्य इरानमा खसालेको दाबी गरेको छ। इरानको सरकारी समाचार एजेन्सीले सो विमानको पाइलट जीवित...

जीवनको हार!

३० मिनेट अघि   सेतोपाटी

हार केवल पतन होइन, यो त आत्माको गहिराइमा बज्ने समयको मौन घण्टी हो जसले मानिसलाई सन्देश दिइरहेको हुन्छ रोक, आफैलाई हेर, तिमी को हौ राम्रोसँग चिन। हार जीवनको बाटो हो जीवनको कथा हो यो एउटा इतिहास हो जसले मानिसलाई बुझ्न,...

एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठक जारी (तस्बिरहरू)

४० मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय सचिवालयको आकस्मिक बैठक जारी छ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो बैठक सुरू भएको हो। बैठकमा केन्द्रीय सचिवालय सदस्यहरू उपस्थित छन्।  बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले दल नेता एवम् कार्यवाहक अध्यक्ष राम बहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर...

सावित्रा दिदी!

१ घण्टा अघि   सेतोपाटी

म अहिले जीवनको उत्तरार्धमा आरामको जीवन व्यतीत गर्दैछु। मेरो मानसपटलमा अतीतका अनेकौँ घटनाहरूको स्मृतिहरू एकपछि अर्को गर्दै आउँछन्। कतिपय घटनाहरूको सम्झनाले म आफैँलाई लज्जित बनाउँछ; कतिपय सम्झनाले उत्तेजित बनाउँछ र कतिपय सम्झनाले निराश वा हतोत्साही पनि बनाउँछ। अहिले म मेरो...

प्रतिपक्षलाई दमन गर्न खोज्ने जस्तो व्यवहार सभामुखबाट हुँदैन- रवि लामिछाने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी संसदमा सभामुखबाट प्रतिपक्षीलाई दमन गर्ने किसिमका गतिविधि नहुने बताएका छन्।  सभामुखमा डिपी अर्यालको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँगको कुराकानीमा सभापति लामिछानेले अर्याल सभामुख बनेपछि उनी पार्टीको नरहने तर संसदमा प्रतिपक्षीलाई दमन गर्ने किसिमका गतिविधि...

संसदीय दल नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्ने प्रयोजनका लागि निर्वाचन समिति गठन गरेको छ। पार्टीले दिएको जिम्मेवारीअनुसार सभापति गगन थापाले निर्वाचन समिति बनाएका हुन्। निर्वाचन समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल छन्। महामन्त्री प्रदीप पौडेलले संसदीय दल...

अर्थले तोक्यो बजेट लेखनको टिम, को-को छन् समितिमा?

१ घण्टा अघि   सेतोपाटी

आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका लागि अर्थमन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी जेठ १५ गते प्र्स्तुत गर्ने बजेट भाषण लेखन समितिको संय‍ोजक रमजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचसव उत्तर खत्रीलाई तोकिएको छ। समितिले आगामी...

भ्रष्टाचार भए कार्यालय प्रमुख जिम्मेवार हुने भन्दै मुख्य सचिवले काटे पत्र

१ घण्टा अघि   सेतोपाटी

मुख्य सचिव सुमन अर्यालले अनियमितता वा भ्रष्टाचारजन्य कार्यको प्रारम्भिक जिम्मेवारी कार्यालय वा निकायको प्रमुखलाई बनाइने भन्दै सचिवहरूलाई पत्र काटेका छन्। ‘सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय/कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकाले सोही बमोजिम...

राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पदबाट ध्रुव आचार्यले दिए राजीनामा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले राजनीमा दिएका छन्।  उनले युवा तथा खेलकुद मन्त्रालयलाई बुधबार राजीनामा दिएका हुन्।  उनलाई तत्कालिन केपी ओली सरकारले २०८१ को पुसमा उपाध्यक्ष नियुक्त गरेको थियो।  रूपन्देहीका आचार्य नेकपा (एमाले) निकट हुन्। उनी मदन भण्डारी स्पोर्ट्स...

फाइटले मात्रै फिल्म चल्दैनः विराज भट्ट

१ घण्टा अघि   सेतोपाटी

अभिनेता विराज भट्टको मुख्य अभिनय रहेको फिल्म 'राम नाम सत्य' आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्मको बिहीबार एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको थियो। यद्यपि, फिल्ममा एक्सनमात्रै नभएको विराजले बताए।  आयोजित ट्रेलर रिलिज कार्यक्रममा बोल्दै विराजले एक्सनले मात्रै फिल्म नचल्ने धारणा राखे।...

संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छुः डिपी अर्याल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानूनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्यालले आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण...

न्यायको पहिलो हक सहिद परिवारलाई- रवि लामिछाने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा सहिद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।  उनले न्यायको हतारो सबभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको उल्लेख गरे। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध...

गोलकिपर अन्जिला भन्छिन्- राजनीतिको फोहोरी खेलले गर्दा हाम्रो अवसर खोसियो

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादका कारण नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिजको खेल गुमाएपछि गोलकिपर अन्जिला तुम्बापो सुब्बाले दु:ख व्यक्त गरेकी छन्।  विवादका कारण थाइल्यान्डमा हुने सिरिजबाट एन्फाले नेपालको नाम फिर्ता लिएको थियो।...

शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्ना सूचना निकाल्न सर्वोच्चको अन्तरिम आदेश

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरू भएपछि मात्रै भर्नाका लागि सूचना र कार्यक्रम प्रकाशन गर्न, गराउन भनेर अन्तरिम आदेश...

सर्वोच्चले सुरू गर्‍यो संवैधानिक इजलासको छुट्टै वेब पोर्टल

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धी छुट्टै वेबपोर्टल सार्वजनिक गरेको छ। शुक्रबार सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले वेब पोर्टल सार्वजनिक गरेकी हुन्। मुख्य रजिस्ट्रार विमल पौडेलले यस पोर्टलमार्फत संवैधानिक इजलाससँग सम्बन्धित पेसी, आदेश, फैसला लगायत विवरण लिन सकिने बताए। उनले...

रेस्टुरेन्टको मजदुरीबाट सभामुखसम्मको यात्रा तय गर्दै डिपी

२ घण्टा अघि   सेतोपाटी

२०४८ सालमा मजदुरी गर्न धादिङबाट काठमाडौं छिरेका डोलप्रसाद अर्याल (डिपी) निर्विरोध रूपमा सभामुख बन्ने निश्चित भएको छ। शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय दिइएकोमा रास्वपा उपसभापतिसमेत रहेका अर्यालको मात्रै उम्मेदवारी परेको हो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले...

फिल्म 'पाँच पाण्डव' बाट निकालिए बले

२ घण्टा अघि   सेतोपाटी

कलाकार सागर लम्साल 'बले' लाई छायांकनरत फिल्म 'पाँच पाण्डव' बाट निष्कासन गरिएको छ।  फिल्मको निर्माण ब्यानर कालारानी फिल्मस् प्रा.लि.ले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ।  शुक्रबार बिहान अमेरिकामा अध्ययनरत एक युवतिले सामाजिक सञ्जालमा पोस्ट लेख्दै सागरले आफूलाई एक...

कुमारी बैंकले मनायो २५औं वार्षिकोत्सव

२ घण्टा अघि   सेतोपाटी

कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ। यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले आफ्ना सम्पूर्ण ग्राहक, सेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरूको सहयोग तथा विश्वासप्रति आभार...

एमालेले सभामुखमा उम्मेदवारी नदिने

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। एमाले सचिव पद्मा अर्यालले सभामुख पदमा पार्टीबाट उम्मेदवारी नदिने बताएकी छन्। ‘सभामुख पदमा हामी उम्मेदवारी दर्ता गर्दैनौं,’ उनले भनिन्। आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख निर्वाचनका लागि मनोनयन दर्ताको समय...

नेताका हातहातमा फूल थमाउँदै पार्टी पुनर्गठनमा जनमत बनाउँदै एमाले युवा

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका युवाहरूले पार्टी पुनर्गठनका लागि रचनात्मक आन्दोलनको सुरूआत गरेका छन्। एमालेका युवाहरूले पार्टी केन्द्रीय कार्यालयको भित्री गेटमा बसेर नेताहरूको हातमा पुष्पगुच्छा थमाएका हुन्। उनीहरूले एमालेको वर्तमान कमिटी भंग गरी युवा सहभागितासहितको नयाँ कमिटी पुनर्गठनको माग गरेका छन्। अस्कल क्याम्पसका...

ऊर्जा मन्त्रालयले बनायो दुई समिति, के-के गर्छन् काम?

२ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराभक्त श्रेष्ठले दुई समिति बनाएका छन्।  बिहीबार उनले विद्युत प्राधिकरणबाट गरिएका विद्युत खरिद सम्झौताहरूको विस्तृत अध्ययन गर्न सहसचिव राजन भट्टराई र विद्युत विकास विभागबाट जारी भएका विभिन्न अनुमतिपत्रहरूको समीक्षा गर्न सहसचिव मोहन शाक्य संयोजकत्वको समिति गठन...