ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यी हुन् निद्रा नलाग्ने ४ कारण

५ मिनेट अघि   सेतोपाटी

विशेषतः मनमा धेरै कुरा खेलिरहँदा, घर–व्यवहारका कुराले हामीलाई निद्रा लाग्दैन। तनाव र एन्जाइटीका कारण पनि निद्रा नलाग्ने हुन्छ। निद्रा डिस्टर्ब गर्ने पहिलो र महत्त्वपूर्ण कारण यही हो। दोस्रो कारण, हाम्रो जीवनशैली हो। हामी कति बजे सुत्छौं र कति बजे उठ्छौं भन्ने कुराले अर्थ राख्छ। सकेसम्म...

एमालेले संसदीय दलको बैठक भोलि बस्ने

१६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले संसदीय दल बैठक बोलाएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको बैठकले बुधबार अपराह्न ३ बजे संसदीय दल बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। भोलि बस्ने सचिवालय बैठकले दल नेता चयन गर्ने छ।...

आरिफ र रशिदको अर्धशतकमा पुलिसले निकाल्यो तेस्रो जित, उक्लियो शीर्ष स्थानमा

१७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ।  पुलिसले मंगलबार तेस्रो जित निकाल्ने क्रममा वीरगञ्जमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई ६ विकेटले हरायो।  पुलिसले पाँच खेलमा तीन जित निकालेको छ भने एक खेल रद्द...

रूपन्देहीको डम्पिङ साइट हटाउन माग गर्दै सर्वोच्चमा दायर भएको रिटमा कारण देखाऊ आदेश

२५ मिनेट अघि   सेतोपाटी

रूपन्देहीको डन्डा खोला क्षेत्रमा रहेको डम्पिङ साइट हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।  मंगलबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले सुनुवाइ गर्दै यस रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।  अन्तरिम आदेश...

ओली पक्राउको विरोधमा एमालेले सर्वपक्षीय नागरिक संवाद गर्ने, तीन नेतालाई तोकियो जिम्मेवारी

२८ मिनेट अघि   सेतोपाटी

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सडक प्रदर्शनमा ओर्लिएको नेकपा एमालेले आन्दोलनको स्वरूप फेरेको छ। सचिवालयको मंगलबारको बैठकबाट आन्दोलनको स्वरूप फेरेको नेकपा एमालेले सर्वपक्षीय नागरिक संवाद चलाउने निर्णय गरेको छ। यसका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय...

विशेष महाधिवेशन पक्षले हाम्रा साथीहरूलाई अन्याय गरेका छन्- पूर्णबहादुर खड्का

३० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट आएको कार्यसमितिले आफूहरूनिकट केहीलाई अन्याय गरेको ब्रिफिङ गरेका छन्। खड्काकै अगुवाइमा आज काठमाडौंको धुम्बाराहीमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलामा बोल्दै उनले 'केही साथीहरूमाथि अन्याय भएको' बताएका हुन्। प्रतिनिधि सभा समानुपातिकतर्फ सांसदको नाम सूचीबाट...

ट्रम्पले खुट्टा कमाएपछि दुबईमा तेलले भरिएको कुवेती जहाजमा इरानले गर्‍यो आक्रमण

४२ मिनेट अघि   सेतोपाटी

इरानले दुबई नजिकै तेलले भरिएको कुवेती जहाजमा ड्रोन आक्रमण गरेको छ। कच्चा तेल बोक्ने 'अल-साल्मी' नामक ठूलो जहाजमा सोमबार बिहान इरानले प्रहार गरेको हो। दुबईका अधिकारीहरूका अनुसार जहाजमा लागेको आगो नियन्त्रणमा लिइएको छ र चालक दलका सबै २४ सदस्य सुरक्षित...

एमालेले फेर्‍यो आन्दोलनको स्वरूप

४४ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सडकमा उत्रिएको नेकपा एमालेले आन्दोलनको स्वरूप फेरेको छ। अब कमिटी भेलामार्फत् जनपरिचालनमा जोड दिने तयारी गरेको हो। त्यसअनुसार एमालेले २५ गते जिल्ला भेला गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले वडा...

डलरसँग भारू १४ वर्षयताकै कमजोर, नेपालमा के पर्छ असर?

५५ मिनेट अघि   सेतोपाटी

भारतीय रूपैयाँ अमेरिकी डलरको तुलनामा सोमबार १४ वर्षयताकै कमजोर स्तरमा पुगेको छ। अन्तरदिवसीय कारोबारमा भारू ९५.२२ सम्म पुगेको थियो भने हाल एक डलर किन्न भारतीयहरूले करिब ९५ भारू तिर्नु परेको छ।  कच्चा तेलको मूल्य वृद्धि र लगानीकर्ताको दबाबका कारण भारतीय...

कोइराला दाजुभाइ नै देउवा समूहको छलफलमा

५८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइराला नेता पूर्णबहादुर खड्काको अगुवाइमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले राखेको छलफलमा सहभागी भएका छन्। देउवा पक्षले आज काठमाडौंको धुम्बाराहीमा छलफल राखेका छन्। त्यहाँ शेखर र शशांक पनि सहभागी छन्। २०७८ सालमा भएको...

दुई दिनमा ११८ अंक गुमाको नेप्सेले जोड्यो १९ अंक

१ घण्टा अघि   सेतोपाटी

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  आइतबार ७१.०५ र सोमबार ४७.७१ अंक दुई दिनमा सेयर बजार ११८.७६ अंकले घटेको थियो। मंगलबार भने नेप्से १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा बन्द भएको छ। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा...

रिलिजकै बीच युट्युबमा लिक भयो 'धुरन्धर २', फ्यानले भने- तुरून्त कारबाही गरियोस्

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता रणवीर सिंहको फिल्म 'धुरन्धर २' ले विश्वव्यापी बक्स अफिसमा १३०० करोड भारूभन्दा धेरै कमाइ गरिसकेको छ। फिल्मले बक्स अफिसमा धमाका मच्चाइरहेको बेला यसको पाइरेटेड (गैरकानुनी) संस्करण युट्युबमा लिक भएको छ।  भरतीय संचारमाध्यम एनडीटीभीले लेखेअनुसार मोबाइलबाट रेकर्ड गरिएको करिब...

सिनेमा क्षेत्रका असिमलाई संविधान संशोधन कार्यदलको नेतृत्व, उठ्यो प्रश्न

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्ना राजनीतिक सल्लाहकार असिम शाहलाई संविधान संशोधनको बहसपत्र तयार गर्ने जिम्मा दिएको विषयमा प्रश्न उठेको छ। मन्त्रिपरिषद बैठकले सोमबार शाहको नेतृत्वमा बहसपत्र तयार गर्न कार्यदल बनाउने निर्णय गरेको थियो। संवैधानिक र कानुनी पृष्ठभूमि नभएको व्यक्तिलाई संविधान...

एमाले सांसदहरूले प्रधानमन्त्रीसँग आज पनि भने– अध्यक्ष ओलीको रिहा गरियोस्

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका सांसदहरूले मंगलबार पनि प्रधानमन्त्री बालेन शाहसँग पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका छन्। प्रधानमन्त्री बालेनले मंगलबार सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। त्यस क्रममा आफूहरूले पूर्वप्रधानमन्त्री ओलीमाथि राजनीतिक प्रतिशोध नसाध्न आग्रह गरेको एमाले...

इरान युद्धको खर्च अरब मुलुकबाट भराउने ट्रम्पको इच्छा

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध युद्धको खर्च अरब मुलुकहरूबाट उठाउने इच्छा राखेको खुलेको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सोमबार पत्रकारहरूसँग कुराकानी क्रममा ट्रम्पले त्यसबारेमा चासो राखेको बताएकी छन्। पत्रकारहरूले अरबका अन्य मुलुकहरूले पनि अमेरिकालाई इरान विरूद्धको युद्ध खर्च...

जेनजी रेड फोर्सकी संयोजक तिमल्सिनासँग प्रहरीले गर्‍यो सोधपुछ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी निकट जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनासँग प्रहरीले सोधपुछ गरेको छ। मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा लेखेको विषयवस्तुबारे बुझ्न तिमिल्सिनालाई बोलाएको एसपी पवनकुमार भट्टराईले जानकारी दिए। आम मानिसमा अफवाह फैलिने र छिमेकी राष्ट्रसँगको सम्बन्धमा खलल पुग्ने किसिमका अभिव्यक्ति सामाजिक...

खेलकुदलाई विद्यालयको पाठ्यक्रममै राखेर विकास गर्छौं : मन्त्री पोखरेल

१ घण्टा अघि   सेतोपाटी

युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको निरीक्षण भ्रमण गरेका छन्।  शिक्षा मन्त्री समेत रहेका पोखरेलले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद र सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरको निरिक्षण गरेका हुन्।  खेलकुद परिषदका सदस्यसचिव र बोर्ड सदस्यले स्वागत गरेपछि...

सशस्त्र प्रहरी हेडक्वार्टरमा गृहमन्त्री गुरूङले भने- सीमा गस्ती कडा पार्नू

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा निरीक्षण गर्दै सीमा क्षेत्रमा गस्ती कडा पार्न निर्देशन दिएका छन्।  मंगलबार गृहमन्त्री गुरूङले प्रधान कार्यालयको निरीक्षण गरेका हुन्। आइजिपी राजु अर्यालसहित उच्च अधिकृतहरूलाई मन्त्री गुरूङले सीमा क्षेत्रमा हुन अवैध गतिविधि नियन्त्रण गर्न...

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

दार्चुलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास...

अहिले यी स्थानमा भइरहेछ वर्षा

१ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा मेघगर्जन/चट्याङ सहित पानी पार्ने बादल विकास भएको बताएको छ। त्यसका कारणले अहिले पश्चिम नेपालमा वर्षा भइरहेको छ। केही बेरअघि काठमाडौं उपत्यकामा...

'पहाड' को गीत 'ओम नम शिवाय' मा पञ्चमी

२ घण्टा अघि   सेतोपाटी

तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म 'पहाड' मा समावेश गीत 'ओम नम शिवाय' सार्वजनिक गरिएको छ।  सार्वजनिक गीतमा रञ्जित सिंह गजमेरको संगीत, भारती घिमिरे र शिव परियारको स्वर छ। गीतका शब्द निर्देशक तुलसी घिमिरेको हो। गीतको भिडिओमा फिल्मका सबैजसो कलाकारहरू फिचर्ड...

देउवा पक्षको भेलालाई लक्ष्य गर्दै कांग्रेस प्रवक्ताले भने- समानान्तर गतिविधिले पार्टीलाई न्याय गर्दैन

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको धुम्बाराहीमा आज राखेको भेलालाई लक्ष्य गर्दै समानान्तर गतिविधिले पार्टीलाई न्याय नगर्ने बताएका छन्। आज नेता पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा पक्षको भेला भएको छ। देउवा भने विदेशमा छन्। उक्त भेलामा नेता...

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा मंगलबार बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का...

एमालेको प्रदर्शनमा गएकी अमिशालाई लगातार धम्कीपूर्ण कमेन्ट, साइबर ब्युरोमा उजुरी दिँदै

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा सडक प्रदर्शनमा आएकी एक युवती अहिले सामाजिक सञ्जालमा डिजिटल हिंसाको सिकार भइरहेकी छन्। २० वर्षीया अमिशा पराजुलीले ओली पक्राउविरूद्ध एमालेले आयोजना गरेको सडक प्रदर्शनमा भाग लिएर आफ्नो धारणा व्यक्त...