ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने - राजनीति र कानुनी लडाइँ तयार छु

३७ सेकेन्ड अघि   सेतोपाटी

पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै त्यसको राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार विहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन्। 'राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरेको...

गुण्डुदेखि भद्रकाली, प्रहरीले यसरी ल्यायो ओलीलाई (तस्बिरहरू)

३३ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसर कार्यालयमा ल्याइएको छ।  शनिबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरी ओलीलाई परिसरको कार्यालयल ल्याइएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।  आज शनिबार परेकाले थप अनुसन्धानका लागि म्याद थप लगायतका प्रक्रिया...

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

४२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान निवासबाट पक्राउ गरिएपछि पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। बैठक शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको सचिव महेश बस्नेतले...

ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भनेर ओलीलाई थमाइएको थियो जरूरी पक्राउ पुर्जी

४८ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। पूर्व प्रधानमन्त्री रहेका ओलीलाई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न जरूरी पक्राउ पुर्जी दिएर प्रहरीले उनकै निवासबाट नियन्त्रणमा लिएको छ। अहिले उनलाई उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइँदै गरेको एसएसपी रमेश थापाले...

ओली–लेखक प्रक्राउपछि गृहमन्त्रीले भने– प्रतिशोध होइन न्यायको सुरूआत

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङले न्यायको सुरूआत भएको बताएका छन्। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले कसैप्रति प्रतिशोध नसाँधिएको बताएका हुन्। ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं।...

पक्राउ परे अध्यक्ष ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिस ल्याइँदै गरेको एक प्रहरी अधिकारीले जानकारी...

पक्राउ परेका रमेश लेखकलाई काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइँदै

१ घण्टा अघि   सेतोपाटी

पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परेका छन्। शनिबार बिहानै पक्राउ परेका उनलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिस ल्याइँदै गरेको एक अधिकृतले जानकारी दिए। गत भदौ २३ जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक मानिस मारेको भन्दै त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेकाले...

ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि ओलीले बोलाए दुई वरिष्ठ अधिवक्ता

१ घण्टा अघि   सेतोपाटी

ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई वरिष्ठ अधिवक्तालाई निवासमा बोलाएका छन्। वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई उनले बोलाएका हुन्। नेकपा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी अधिकारीहरू पुर्जीसहित आएको जानकारी दिइन्। अध्यक्ष ओलीले केही...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१ घण्टा अघि   सेतोपाटी

पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परेका छन्। गत भदौ २३ जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्व मानिस मारेको भन्दै त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेकाले जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सिफारिस गरेको थियो।  जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीले...

ठूलो संख्यामा प्रहरी गुण्डुमा, पक्राउ पर्दै ओली

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरीहरू भक्तपुरस्थित उनको निवास गुण्डुमा पुगेको छन्। गुण्डुमा प्रहरी रातभरि नै तैनाथ थियो। नेकपा एमालेका नेताहरू दिएको जानकारी अनुसार अहिले प्रहरीहरू ओली निवास प्रवेश गरिसकेका छन्। निवासभित्र प्रवेश गर्ने क्रममा...

इन्जिनियर्स एसोसिएसन चितवनमा दीपक खनालको नेतृत्व

९ घण्टा अघि   सेतोपाटी

नेपाल इन्जिनियर्स एसोसिएसन भरतपुर केन्द्र, चितवनको अध्यक्षमा दीपक खनाल चयन भएका छन्। शनिबार सम्पन्न १६ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले खनालको अधियक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा सूर्य प्रकाश लामा, सचिवमा अजय पोखरेल र कोषाध्यक्षमा सुशीला जमरकट्टेल...

अर्थमन्त्री वाग्लेले भने– दोस्रो चरणको आर्थिक सुधार अघि बढाइनेछ

१२ घण्टा अघि   सेतोपाटी

नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक क्षेत्र सुधारका लागि आवश्यक नीतिगत परिवर्तनलाई तीव्रतासाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शपथ ग्रहणपछि अर्थ मन्त्रालयमा पदबहाली गर्दै उनले आर्थिक क्षेत्र सुधारका लागि विक्रम सम्बत् २०५० को दशकमा सुरू भएको नीतिगत परिवर्तनलाई दोस्रो चरणमा...

रवि र बालेनबीच शक्ति सन्तुलनको चुनौती

१२ घण्टा अघि   सेतोपाटी

नेपालको लोकतान्त्रिक इतिहासमा दलहरूभित्रको शक्ति सन्तुलनको विषय अत्यन्त पेचिलो छ। यही कारण लगभग सबै प्रमुख दलहरू पिरोलिएका छन्, फुटेका छन्। झनै एउटा दलमा दुई जना नेता, एक जना प्रधानमन्त्री र अर्को पार्टी सभापति रहने त विगतमा दलहरूलाई फापेकै छैन। कांग्रेस,...

'एथर रिज्टा एस' सार्वजनिक, कति पर्छ मूल्य?

१२ घण्टा अघि   सेतोपाटी

वैद्य इनर्जी नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरकले एथर रिज्टा एस सार्वजनिक गरेको घोषणा गरेको छ। यो गत वर्ष नेपालमा सार्वजनिक भएको रिज्टा जेड को उत्कृष्ट परिष्कृत रूप हो। यस सार्वजनिकसँगै रिज्टा लाइन–अपलाई एथर एस्योरेन्स प्याकेजद्वारा समर्थन गरिएको छ, जसले ब्याट्रीको विश्वसनीयता, चार्जिङ...

वार्ताका लागि ट्रम्पले ‘हिट लिस्ट’ बाट हटाए इरानका सभामुख र विदेशमन्त्री

१२ घण्टा अघि   सेतोपाटी

इरानसँग वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सभामुख र विदेश मन्त्रीलाई ‘हिट लिस्ट’ बाट हटाएका छन्। अमेरिका र इसराइलले संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीसहित कैयौं वरिष्ठ सैन्य र राजनीतिक अधिकारीको हत्या गरेका थिए।...

श्रीमती हत्या आरोपमा वन कार्यालयका अधिकृत पक्राउ

१३ घण्टा अघि   सेतोपाटी

दाङमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। वन कार्यालयका एक जना अधिकृत पक्राउ परेका छन् ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१९ मा बिहीबार बेलुका दाउरा र रड प्रहार गरी  २८ वर्षीया कमला वलीको वीभत्स हत्या भएको थियो।  हत्या आरोपमा उनका ३६ वर्षीय श्रीमान...

६ महिनापछि घर फर्किएकी सुशीला कार्कीलाई लिन दौडिँदै आयो पप्पी

१३ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनपछि अन्तरिम सरकार प्रमुख बनेको १९६औं दिनपछि थाप्लो हलुँगो पारेर सुशीला कार्की शुक्रबार घर फर्किइन्। काठमाडौंको धापासीस्थित घर फर्किएकी सुशीला कार्कीलाई स्वागत गर्न 'पप्पी' निकै तलसम्म आइपुगेको थियो। कार्की भदौ २७ गते मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त भएकी थिइन्। त्यति...

सेतो दूधको चिया!

१३ घण्टा अघि   सेतोपाटी

महासय! आउनुहोस्, देखिनुहोस् म तपाईंलाई मन नपरे पनि भेटम्, बोलम् धमिलो मुख लगाएर पनि सेतो दूधको चिया खाउँला बरु मै स्पोन्सर गरुँला बजार-बजार लुकेर कति दिन चल्छ र इमान बेच्ने तपाईंको अद्भुत खुबी मैले मात्रै हैन सबैले जानी सके। मेरो...

मन्त्रीहरूको औसत उमेर ४०, को कति वर्षका?

१३ घण्टा अघि   सेतोपाटी

जनताको अभूतपूर्व म्यान्डेटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह शुक्रबार प्रधानमन्त्री नियुक्त भएका छन्। ३६ वर्षीय बालेन शाह नेपालको लोकतान्त्रिक इतिहासकै सबभन्दा कान्छा प्रधानमन्त्री हुन्। उनको नेतृत्वमा बनेको मन्त्रिपरिषद पनि लोकतान्त्रिक इतिहासकै सबभन्दा युवा 'क्याबिनेट' हो।...

पूजापाठ गरेर सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री शाह (तस्बिरहरू)

१३ घण्टा अघि   सेतोपाटी

नवनियुक्त प्रधानमन्त्री बालेन शाह सरकारी निवास सरेका छन्। बालुवाटारस्थित सरकारी निवास प्रवेश गर्नुअघि पूजापाठ भएको थियो। प्रधानमन्त्री शाह पूजामा सहभागी भएका थिए। रास्वपा संसदीय दल नेता शाह आज प्रधानमन्त्री नियुक्त भएर पदभार ग्रहण गरेका थिए। लगत्तै मन्त्रिपरिषद बैठकसमेत बसेको थियो।...

पहिले क्लास रूममा भेट्थे, अब क्याबिनेटमा

१३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषदमा दुई जना मन्त्री यस्ता छन्, जो कुनै समय शिक्षक र विद्यार्थी थिए। पहिले शिक्षक-विद्यार्थी र अहिले सँगसँगै मन्त्री भएका यी दुई जना विक्रम तिमल्सिना र सस्मित पोखरेल हुन्। नुवाकोट-१ बाट निर्वाचित विक्रम तिमल्सिना सञ्चार तथा सूचना...

मलाई माफ गरिदिनु है हजुरआमा!

१४ घण्टा अघि   सेतोपाटी

असोज १५ गते मेरी साथी स्मारिकाको जन्मदिन थियो, त्यही दिन ज्येष्ठ नागरिक दिवस पनि पर्छ। मेरी साथीले जन्मदिन मनाएको मलाई कहिल्यै याद थिएन। मैले जिस्काउँदै भनेँ, ‘तँ त जन्मदिन पनि कहिल्यै मनाउँदिनस्। मिठाइ बाँड्नु, क्याफेमा लैजानु, केक काट्नु केही छैन...

खेलकुद निकायमा राजनीति गर्ने मान्छे होइन, खेल क्षेत्रकै विज्ञ पुग्नपर्छ : मन्त्री पोखरेल

१४ घण्टा अघि   सेतोपाटी

शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त  राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा भइरहेको राजनीतीकरणले काम गर्न कठिन बनाएको उल्लेख गर्दै यसलाई रोक्नु नै आफ्नो मुख्य प्राथमिकता...

चितवनमा अत्याधुनिक '१८ डी सिनेमा', प्रदीप खड्काले गरे उद्घाटन

१४ घण्टा अघि   सेतोपाटी

चितवनमा आधुनिक प्रविधियुक्त '१८ डी सिनेमा' संचालनमा आएको छ। रामनवमीको अवसर पारेर शुक्रबार सिनेमाको उद्घाटन गरिएको हो। उद्घाटन अभिनेता प्रदीप खड्काले गरेका हुन्। उद्घाटनका क्रममा १८ डीको अनुभव लिँदै अभिनेता खड्काले चितवनजस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक सिनेमा थपिनु सकारात्मक भएको...