अम्पायरसँग विवाद गरेपछि डिमेरिट पाएका लुम्बिनीका कप्तान देव एक खेलका लागि निलम्बन
लुम्बिनी प्रदेशका कप्तान देव खनाल एक खेलका लागि निलम्बनमा परेका छन्। प्रधानमन्त्री कपअन्तर्गत देवले सोमबार भइहरेको सुदूरपश्चिमविरूद्धको खेल गुमाएका हुन्। उनको अनुपस्थितिमा लुम्बिनीको कप्तानी आकाश त्रिपाठीले गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार देवको २४...
