नवसांसदहरूलाई रास्वपाको अभिमुखीकरण आजबाट, यी हुन् प्रशिक्षक
राष्ट्रिय स्वतन्त्र पार्टीहरूले नवसांसदहरूलाई मंगलबारबाट अभिमुखीकरण गर्दैछ। दुई दिनसम्म ललितपुर, ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ल महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिनेछन्। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार...
