धनुषा-१ बाट मातृका यादव विजयी, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साह 'कमल' को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। ...
