ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

छिमेकी देशमा आक्रमण नगर्न इरानलाई हमासको आग्रह

१५ मिनेट अघि   सेतोपाटी

प्यालेस्टिनी सशस्त्र समूह हमासले इरानलाई छिमेकी देशहरूहरूलाई निशाना नबनाउन आग्रह गरेको छ। शनिबार वक्तव्य जारी गरी हमासले छिमेकी देशहरूमा आक्रमण नगर्न आग्रह गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। 'इरानका दाजुभाइहरूलाई छिमेकी देशहरूलाई निशाना नबनाउन अनुरोध छ,' वक्तव्यमा हमासले...

एघार महिनामा ६ हजार विपद्का घटना, ४६४ को मृत्यु

२९ मिनेट अघि   सेतोपाटी

गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ। विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते...

समानुपातिक सांसद टुंगो लगाउन रास्वपा सचिवालय आज बस्दै

५१ मिनेट अघि   सेतोपाटी

समानुपातिक सांसदको टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आइतबार बिहान १० बजे बस्दैछ। पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय चःमतिमा बस्ने प्रवक्ता मनिष झाले बताए।  ‘पार्टी सभापतिको निर्देशानुसार पार्टी सचिवालयको बैठक आइतबार बस्ने तय भएको छ,’ झाले भने।  उनका...

आज कति पुग्यो अमेरिकी डलरको मूल्य?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८...

आज यी स्थानमा वर्षाको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन...

४०–५० हजारको मतान्तरलाई ‘फसाइएको‘ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो- पाण्डे

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आएको बताएका छन्। यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैलाई धोका दिनु भएको उनको ठहर छ।‘जब जनताले मतपत्रबाटै अस्वीकारको कठोर...

इरान युद्धको मारमा परेको युएई र दुबईमा कस्तो छ नेपालीहरूको अवस्था?

१ घण्टा अघि   सेतोपाटी

भक्तपुर चाँगुनारायणका ३५ वर्षीय युवक संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीमा पाँच वर्षदेखि सुरक्षा गार्डको काम गर्दै आएका छन्। गत फेब्रुअरी २८ तारिकदेखि जारी चर्किएको अमेरिका–इसराइल–इरान लडाइँका कारण भने उनी थोरै तनावमा छन्। नहुन् पनि किन — इरानले खाडी क्षेत्रमा...

गोरखामा गाडी दुर्घटना, ७ जनाको मृत्यु

९ घण्टा अघि   सेतोपाटी

गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित कन्टारमा गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ७:५५ बजे मनकामनाबाट दर्शनार्थी बोकेर आबुखैरेनीतर्फ आउँदै गरेको गाडी गति अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। सशस्त्र प्रहरी...

आउट भएपछि रिस पोखेका पाकिस्तानी ब्याटर सलमान आघालाई कारबाही

१० घण्टा अघि   सेतोपाटी

ढाकामा बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा आउट भएपछि आक्रोशित बनेका पाकिस्तानी ब्याटर सलमान आघालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सचेत गराएको छ। खेलको ३९ औं ओभरमा ३२ वर्षीय आघा विवादास्पद ढंगले रनआउट भएका थिए। पाकिस्तानका अर्का ब्याटर मोहम्मद रिजवानले प्रहार गरेको बल नन-स्ट्राइकर...

हिमालयन जाभा नेसनल बास्केटबल लिग : गोल्डेनगेटले हाउण्ड्सलाई हरायो

१० घण्टा अघि   सेतोपाटी

हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत शनिबार भएको पहिलो खेलमा गोल्डेनगेट ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले हाउण्ड्सलाई ९१-८७ ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा...

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

१० घण्टा अघि   सेतोपाटी

चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार प्रदान गरिएको हो । रोयल सिंगीहोटलमा आयोजित कार्यक्रममा २०४५ साल (सन् १९८८) को राष्ट्रिय...

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना

११ घण्टा अघि   सेतोपाटी

पोखरामा एलपी ग्यास लुकाइछिपाइ राखेको आरोपमा एक डिलरलाई जिल्ला प्रशासनले कारबाही गरको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले अनुगमनका क्रममा ग्यास लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेको भन्दै पोखरा– ६ जरेवरमा रहेको भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना लगाएको हो।  कास्कीका...

ढुंगा खस्ने जोखिम बढेपछि तुइन खोलामा जोडियो फ्लड लाइट

१२ घण्टा अघि   सेतोपाटी

नारायणघाट-मुग्लिन सडकको तुइन खोला क्षेत्रमा सडक छेउमा फ्लड लाइट जडान गरिएको छ।  रातको समयमा ढुंगा खस्ने जोखिम रहेकाले सतर्कताका लागि लाइट जोडिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी गराएको छ। बिहीबारको हिउँदे वर्षापछि तुइन खोलास्थित सडकमा भिरबाट ढुंगा खस्न थालेको थियो।...

माल्दिभ्समा रमाइरहेका नेपाली न्यूरो चिकित्सक डा.विवेक

१२ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली विराटनगरका डा.विवेक रौनियार डेढ वर्षदेखि माल्दिभ्समा छन्। माल्दिभ्सको राजधानी मालेमा रहेको अब्दुल रहमान धोन कलेयफानु (एडिके) हस्पिटलको डिपार्टमेन्ट अफ न्यूरोलोजीमा रौनियार कन्सल्ट्यान्ट न्यूरोलोजिष्टका रूपमा कार्यरत छन्। उनका अनुसार यो अस्पताल माल्दिभ्सको सबभन्दा पुरानो र प्रतिष्ठित निजी अस्पताल हो।...

यी हुन् हर्क साम्पाङको दलबाट सिफारिस भएका समानुपातिक सांसद

१२ घण्टा अघि   सेतोपाटी

यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट पाँचौं ठूलो दल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ।  पार्टीका केन्द्रीय सदस्य समीर तामाङले दिएको जानकारी अनुसार पार्टीले आदिवासी महिला क्लस्टरबाट हेटौंडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला,...

एनआरएनए युवा संयोजकमा नवीन निउरेको उम्मेदवारी

१२ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ(एनआरएनए)को युवा संयोजकमा नवीन निउरेले उम्मेदवारी दिएका छन्। एनआरएनए १२ औं महाधिवेशनमा निउरेले  युवा संयोजकका लागि उम्मेदवारी दिएकी हुन्। जापानमा बस्ने निउरे एनआरएनए जापानका निवर्तमान अध्यक्ष हुन्। विदेशमा रहेका युवाहरुको मुद्धाहरुमा आवाज उठाउने र एनआरएनए भित्र युवा सहभागिता...

ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्नेलाई महानगरले कारबाही गर्ने

१२ घण्टा अघि   सेतोपाटी

काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ। ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन...

सुरू भयो एनआरएनएको १२ औं महाधिवेशन

१२ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ। काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलित गरेर अधिवेशनको उद्घाटन गरेका हुन्। अधिवेशनको उद्घाटन गर्दै...

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

१३ घण्टा अघि   सेतोपाटी

खाना पकाउने एलपिजी ग्यास लिन लाइनमा उभिँदा उभिँदै एक वृद्धको ढलेर मृत्यु भएको छ। घटना भारत उत्तर प्रदेशस्थित फर्रूखावादको हो। बिबिसी हिन्दीका अनुसार फर्रूखावादको मनिहारी मोहल्लामा बस्दै आएका ७५ वर्षीय मुख्तार अन्सारी शुक्रबार बिहान एलपिजी सिलिण्डर लिन लाल सरायको ग्यास...

'कम्पनी'– साधारण जीवनमा लुकेको असाधारण कथा

१३ घण्टा अघि   सेतोपाटी

पुस्तक समीक्षा धेरै समयपछि कुनै उपन्यासले मलाई यति गहिरोसँग छोयो कि म केबल पाठकमा सीमित रहिनँ; मलाई यसबारे समीक्षा लेख्न पनि लाग्यो। प्रवासको व्यस्त जीवन, समयको अभाव र जिम्मेवारीको चापबीच लेखनलाई निरन्तरता दिनु आफैमा एउटा मौन संघर्ष हो। त्यसैले जब...

एनआरएनएलाई महासंघ अध्यक्ष चन्द्र ढकालको आग्रह- ढुक्क भएर लगानी गर्नुस्

१३ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम...

पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा

१३ घण्टा अघि   सेतोपाटी

पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ। साहित्यकार पारिजातको ९२औं जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजना गरिएको ‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा गरिएको केन्द्रका महासचिव दिलसुन्दर श्रेठले जानकारी दिए। आगामी वैशाख ५...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने कार्यसूची छ। निर्वाचन...

घ्याङ्स्वारामा बहकिएको मन

१४ घण्टा अघि   सेतोपाटी

नदीको गतिशील बहाबका कारण हिलो-लेदो पिँधमा थिग्रन्छ र सतहको पानी कञ्चन भएर सङ्लिन्छ। चलिरहने मेसिनको पुर्जामा खिया लाग्दैन। उफ्रने र दौडने अभ्यासले  नै खेलाडीको शरीरलाई सुडौल तुल्याउँछ। भिरालो-साँघुरो डुँड हुँदै बगाइएको पानीले घट्टको मदानी फनफनी नचाउँछ। दृष्टान्तहरू यो बोलिरहेका छन्-...