ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

५ मिनेट अघि   सेतोपाटी

मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।  सहायक निर्वाचन अधिकृत एवं जिल्ला अदालत सिरहाका स्रेस्तेदार भेषराज भट्टराईले तीन दिनभित्र जबाफ बुझाउने गरी स्पष्टीकरण सोधिएको जानकारी दिए। ‘निर्वाचन आयोगले...

काठमाडौंमा धमाधम बन्दैछ मतदानस्थल (तस्बिरहरू)

९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार मतदान हुँदैछ।  देशभरिका १० हजार ९६७ मतदानस्थलमा बिहीबार बिहान ७ बजेदेखि मतदान हुँदैछ।  निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। मतदान गर्न आवश्यक सामग्री यसअघि नै  जिल्ला जिल्लामा पठाइसकेको छ।  मतदानको अघिल्लो दिन देशभरि मतदान...

३ हजार ६ सय ८० वटा मतदान केन्द्र अति संवेदनशील

१५ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले ३ हजार ६ सय ८० वटा मतदान केन्द्र अति संवेदनशील रहेको जनाएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत आयोगका सचिव कृष्णबहादुर राउतले ३ हजार ६८० वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिएका छन्। उनले ४ हजार ४ सय ४२...

निर्वाचन केन्द्रमा खटिएका कर्मचारी र प्रहरी बिरामी, हेलिकप्टरबाट उद्धार

१७ मिनेट अघि   सेतोपाटी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका ६ फोतगाउँस्थित निर्वाचन केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन प्रहरी बिरामी परेका छन्। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी दुनै पुर्‍याइएको छ। निर्वाचन कर्मचारी र निर्वाचन प्रहरी लेक लागेर बिरामी परेका थिए। उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी आज दुनै पुर्‍याइएको र जिल्ला...

मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित

२६ मिनेट अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले नेपालमा तय भएको यो सिरिज स्थगित भएको जानकारी दिएका हुन्।  सिरिज कीर्तिपुरस्थित त्रिवि मैदानमा फागुन २६ देखि चैत...

युट्युबमा धेरै हेरिएका नेपाली गीत, कुन कति औं स्थानमा?

३६ मिनेट अघि   सेतोपाटी

युट्युबमा सबभन्दा धेरै हेरिएका नेपाली गीतहरूको सूचीमा 'कुटुमा कुटु' ले वर्षौदेखि पहिलो नम्बरमा स्थान बनाइरहेको छ। युट्युबमा २३ करोड ५८ लाखभन्दा बढीपटक हेरिएको यो फिल्म 'दुई रूपैयाँ' को गीत हो। राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको गीत ८...

सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा चितवनमा एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन्। निर्वाचन गतिविधिलाई असर पार्ने गरी अफवाह फैलाएको आरोपमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का नन्दप्रसाद भट्टलाई प्रहरीले पक्राउ गरेको हो। उनले भारतीय प्रधानमन्त्रीको डिप फेक भिडिओ पोस्ट गरी समाजमा...

निर्वाचनका कारण भन्सार नाकाहरू ७२ घण्टाका लागि बन्द, यी सामग्री भने नियमित आयात

१ घण्टा अघि   सेतोपाटी

सरकारले बिहीबार हुने निर्वाचनलाई मध्यनजर गर्दै बुधबारदेखि सम्पूर्ण भन्सार नाकाहरू ७२ घण्टाका लागि बन्द गरेको छ। भन्सार विभागका अनुसार निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै उत्तर र दक्षिण दुवैतर्फका सीमा नाका बन्द गरी नियमित आयात तथा आवागमन अस्थायी रूपमा रोक लगाइएको हो।...

बालाजुमा ढले उनी, चौथो दिन मात्र थाहा पायो परिवारले

१ घण्टा अघि   सेतोपाटी

सहिदको कथा लच्छुमान राई काठमाडौं, बालाजुमा भारी बोक्ने काम गर्थे। नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भएका ३६ वर्षीय लच्छुमानसँगै भारी बोक्ने साथीहरू नै उनका परिवार सरह थिए। उनी साथीहरूसँगै काम गर्थे, खान्थे, बस्थे। भदौ २३ गते साथीहरूसँगै जेनजी प्रदर्शनमा गए। लच्छुमानका...

घरजग्गा कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था हाललाई स्थगित

१ घण्टा अघि   सेतोपाटी

घरजग्गा कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था हाललाई स्थगित गरिएको छ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागले मंगलबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त कम्पनी तथा संस्थामार्फत हुने जग्गासम्बन्धी कारोबार अस्थायी रूपमा स्थगित गरेको हो।  सोअनुसार इजाजतपत्र प्राप्त कम्पनी वा संस्थामार्फत गरिने...

अत्यधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

१ घण्टा अघि   सेतोपाटी

आम निर्वाचनको आसपासमा करिब एक साता बिदा पर्‍यो। सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो। त्यसअघि  फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा भयो। यस्तै २३ गते...

निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ। बिहीबार हुने निर्वाचनमा देशभरि नै हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता एवं रमा आचार्यले जानकारी दिइन्। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो।...

ट्रान्क्युलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा

१ घण्टा अघि   सेतोपाटी

नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। द सोल्टी काठमाडौं, र्‍याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउन्टेन ग्लोरी पोखरा लगायत देशका...

निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौं- गृहमन्त्री

२ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको बताएका छन्।  निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताए। उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी...

मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाबाट गृह जिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारी साधन नपाएको गुनासो गरेका छन्।  बिहानैदेखि सवारी साधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ गाडीले सर्वसाधारण नबोकेको उनीहरूले गुनासो गरेका हुन्। ओखलढुंगाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत...

इरानले विश्वकप खेलोस् वा नखेलोस् मलाई मतलब छैन : डोनाल्ड ट्रम्प

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप फुटबल २०२६ मा इरानको सहभागितालाई लिएर आफूलाई कुनै चासो नभएको बताएका छन्। अहिले अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरिरहेका छन् भने इरानले पनि खाडी देशमाथि हमला गरेर जवाफ दिइरहेको छ। यसले गर्दा यी देशबीच...

'खेर जाने जालोबाट सामान बनाएँ, बिक्दा खुसीको सीमा रहेन'

३ घण्टा अघि   सेतोपाटी

रूपन्देहीको सैनामैना–११ का सुगम (तुलसीराम) रेग्मीलाई हजुरआमाले घिरौंलाको जालोले मिचिमिची खुट्टा धोएको याद थियो। त्यही हजुरआमाको अभ्यास अहिले सुगमको उद्यमशीलताको आधार बनेको छ। सुगम घिरौंलाको जालोबाट हातखुट्टा तथा शरीर माड्ने स्क्रबर, भाँडा माझ्ने जाली र होटल तथा घरका कोठा र अफिसमा पनि प्रयोग गर्न...

मध्यपूर्व तनावका कारण 'टक्सिक' को प्रदर्शन सर्‍यो

३ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता यश अभिनीत फिल्म 'टक्सिकः अ फेयरीटेल फर ग्रोन-अप्स' को प्रदर्शन मिति पछि सारिएको छ। यसअघि १९ मार्च २०२६ (चैत ५) मा प्रदर्शन तयारी गरिएको फिल्म अब ४ जुन २०२६ (जेठ २१) देखि विश्वभर एकसाथ प्रदर्शन गरिने भएको हो।...

गृह मन्त्रालयले भन्यो- ७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

४ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मन्त्रालयमा बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सँगको भर्चुअल बैठक (जुम मिटिङ) बसी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो। गृह मन्त्रालयका सचिव राजकुमार...

गोरखामा एउटै परिवारको पहलमा बनेको पदमार्ग (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

गोरखाको सिरानचोक गाउँपालिका १ डाँडागाउँमा बनेको स्वर्गीय खड्गसिंह गुरुङ पदमार्गको उद्घाटन गरिएको छ। यो पदमार्ग बेलायतमा बसोबास गर्ने खड्गसिंह गुरूङका सन्तान तथा परिवारले निर्माण गरी गाउँलेलाई हस्तान्तरण गरेका हुन्। पदमार्ग निर्माण सम्पन्न भएसँगै गाउँमै एक कार्यक्रमको आयोजना गर्दै पदमार्ग निर्माण गरेका...

एकैदिन तोलामा ११ हजार रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

४ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ११ हजार रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार ६ सय रूपैयाँमा...

वीरगञ्जमा सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

पर्साको वीरगञ्जमा तीन जना सुतली बम र सुँगुरको टाउको सहित पक्राउ परेका छन्। बुधबार बिहान पौने ३ बजेतिर वीरगञ्ज महानगरपालिका-१६ इनरवागाउँबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाबाट ९ वटा...

चुनावको दिन र भोलिपल्ट कस्तो रहला मौसम?

५ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी नपर्ने प्रक्षेपण गरेको छ। बुधबार निर्वाचन विशेष बुलेटिन अद्यावधिक गर्दै महाशाले निर्वाचनको दिन हिमाली, पहाडी तथा तराईका भूभागमा बादल लागे पनि पानी नपर्ने जनाएको हो। महाशाखाका अनुसार निर्वाचनका दिन...

नयाँ सरकारले बनाउने बजेटको सीमा १८ खर्ब ९० अर्बको

५ घण्टा अघि   सेतोपाटी

सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा छ। निर्वाचनपछि आउने सरकारले ल्याउने बजेटका लागि अहिले सरकारी संयन्त्रहरूले तयारी गरिरहेका छन्। चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब रूपैयाँको बजेट ल्याइए पनि १६ खर्ब ८८ अर्ब रूपैयाँ खर्च हुने आकलन गरिएको...